बारागढी गाउँपालिकाद्वारा अनुदानमा धानकाे बिउ वितरण
काठमाडाैं । स्थानीय सरकारले कृषिसँग सम्बन्धित काम सुचारू गरेकाे छ । बाराकाे बारागढी गाउँपालिकाले गाउँ क्षेत्रका किसानलाई धानको बिउ वितरण गरेको छ । देशको अर्थतन्त्रमै असर परिरहेका बेला कृषिमासमेत अवरोध आउँदा खाद्य संकट निम्तिन सक्नेतर्फ सचेत हुँदै गाउँपालिकाले बिउ वितरण गरेको हो । धान खेतीको समय सुरू भएसँगै गाउँ क्षेत्रका किसानहरूलाई उन्नत धानको धानको बिउ वितरण गरिएकाे गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवालले बताउनु भयाे। उहाँले हरेक वर्ष ठूलो परिमाणमा धान आयात गरिरहनु परेको समयमा कृषि क्षेत्रलाई अझ चलायमान बनाउन आवश्यक रहेकोमा जोड दिनुभयाे । कृषकलाई ५० प्रतिशत अनुदानमा ६ जातका धानको बीउ वितरण गरिएकाे पालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलेश कुमार…
