चुल्हाेसहितकाे ग्यास सिलिण्डर बारागढी गाउँपालिकावासी पाएपछि भए हर्षित

Share Icon

बारा । बाराको बारागढी गाउँपालिकाले चुल्हाेसहितकाे ग्यास सिलिण्डर वितरण गर्ने क्रम जारी राखेकाे छ ।

गाउँघरका वृद्धवृद्धा महिलाहरु दाउराबाट खाना पकाउँदा दम, खोकी जस्ता रोगको समस्या विकराल बन्दै गएको अवस्थामा गाउँपालिकाले दाउराको सट्टा ग्यास बाल्न ग्यास सिलिण्डर तथा चुल्हो सेट वितरण सुरु गरेको हाे ।

चालु आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत कार्यक्रम अन्तरगत चुल्हाेसहितकाे ग्यास सिलिण्डर वितरण गर्ने क्रम जारी रहेकाे गाउँपालिकाका अध्यक्ष अशाेक कुमार जयसवालले बताउनु भयाे ।

वडा नम्बर १ र २ मा चुल्हाेसहितकाे ग्यास सिलिण्डर वितरण कार्यक्रम सकिएपछि गाउँपालिकाले तीन दिनदेखि वडा नम्बर ३ मा चुल्हाेसहितकाे ग्यास सिलिण्डर गरिरहेकाे छ । गाउँपालिका अध्यक्ष जयसवालले वडा नम्बर ३ मा अहिले ८ सय १ घरधुरीलाई चुल्हाेसहितकाे ग्यास सिलिण्डर वितरण गरिएकाे जानकारी दिनुभयाे ।

बाँकी रहेका घरधुरीलाई आज एक औपचारिक कार्यक्रमकाे आयाेजना गरी चुल्हाेसहित ग्यास सिलिण्डर वितरण गर्ने याेजना रहेकाे गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी रायले बताइन् ।

अधिकांश परिवारले गुईठा र दाउराको प्रयोग गरी खाना पकाउदा स्वास्थ्यमा समस्या हुने गरेकाले चुल्हाेसहित ग्यास सिलिण्डर वितरण गरिएको गाँउपालिकाका प्रमुख प्रशाकीय अधिकृत कमलेश कुमार मिश्र जानकारी दिनुभयाे ।

उहाँले यस्ताे सहयाेगले गाउँपालिकालाई धुवाँरहित बनाउनको लागि ठूलो सहयोग पुग्ने बताउनु भयाे । सित्तैमा एउटा ग्याँस चुलो र भरिएको ग्यास सिलन्डर पाएपछि गाउँलेहरु हर्षित भएका छन्।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.