शिक्षालाई पहिलो प्राथमिकता दिएर अघि बढ्दै वडा अध्यक्ष घले

Share Icon

१६ माघ , काठमाडाैँ । गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर १ मा स्थानीय चुनावमा भारी बहुमत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित गजे घले हुनुहुन्छ । पछिल्लो समय वडा नम्बर १ मा विकास निमार्णका कामहरु तीव्र गतिमा भइरहेको  छन्।

यस वडामा मुख्य रुपमा रहेका योजना भनेको शिक्षा, स्वास्थ्य, बाटो सडक, खानेपानी, कृषि तथा भौतिक पुर्वाधार विकास निमार्णका योजनाहरु रहेको वडा अध्यक्ष घलेले बताउनुभयाे ।

उहाँका अनुसार याे वडामा मुख्य रुपमा रहेको समस्या भनेको सडक रहेको छ । त्यसै बाटो सडकको स्तरउन्नति गर्दै मर्मत सम्भारका काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी स्वास्थ्यको क्षेत्रलाई मध्यनजर गर्दै सम्पुर्ण सेवा सुविधा उपलब्ध गराउन वडामै अस्पतालको स्थापना गर्नको लागि बजेट विनियोजन गरिएकाे वडा अध्यक्ष घलेले बताउनुभयो ।

उहाँले शिक्षाको क्षेत्रमा जोड दिँदै कक्षा १० सम्म पढाई हुने विद्यालयमा आफ्नो कार्यकालमा कक्षा १२ सम्म पढाई हुने विद्यालयको स्थापना गर्ने योजना रहेकाे जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयाे, ‘ कृषि क्षेत्रलाई व्यावसायमुखीकरण गर्नको लागि विउँ विजन वितरण गर्ने, हिउँदे बाली तरकारीको तालिम सञ्चालन गर्ने, कुन खेती गर्दा राम्रो उत्पादन हुन्छ, त्यसबारे जानकरी दिन विभिन्न तालिमकाे आयाेजना गरिनेछ।’

उहाँ गोरखा जिल्लाकै कान्छो वडा अध्यक्ष पनि हुनुहुन्छ । वडामा रहेको विकास निमार्णका कामहरु निरन्तर भइरहेको उहाँले बताउनुभयो ।

त्यस्तै वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन् । ती योजनाहरु सम्पन्न गर्नको लागि वडामा हामी अहोरात्र खटिरहेका उहाँकाे भनाइ छ ।

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराशामा परिणत हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु।

अन्त्यमा वडा नम्बर १ का स्थानीय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।

जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ, जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.