सिटिइभिटीको गाडी सुनकोसीमा खस्यो, तीन कर्मचारी बेपत्ता

Share Icon

काठमाडाैं । मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट सिटिइभिटीको गाडी सुनकोसी नदीमा खसेको छ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बिएबी ७४६७ नम्बरको स्कारपियो गोलन्जोर गाउँपालिका– ७ को लौकुनबाट सुनकोसीमा खस्दा तीन कर्मचारी बेपत्ता भएका प्रहरीले जनाएको छ।

गाडीचालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए। गाडी पूरै डुबेको र निकाल्न नसकिएको सिलवालले बताए।

उनका अनुसार गाडीमा सिटिइभिटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमबहादुर भुजेल र प्राविधिक अधिकृत भानु पौडेल सवार रहेको खुलेको छ। स्थानीय र प्रहरी टोलीले उनीहरूको खोजी गरिरहेको छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.