मनोरञ्जन

अभिनेता करण देवलले गरे इन्गेजमेन्ट

अभिनेता करण देवलले गरे इन्गेजमेन्ट

एजेन्सी । भारतीय अभिनेता सन्नी देवलका छोरा अभिनेता करण देवलले प्रेमिकासँग इन्गेजमेन्ट गरेका छन् । भारतीय सञ्चार माध्यमहरका अनुसार करणले हजुरबुबा धर्मेन्द्र देवल र हजुरआमा प्रकाश कौरको विवाह वार्षिकोत्सव पारेर इन्गेजमेन्ट गरेका हुन् । करण देवल जुनमा आफ्नी प्रेमिकासँग विवाह गर्दैछन् । करणको प्रेमिकाको बारेमा धेरै जानकारी बाहिर आएको छैन । करणको विवाहमा नजिकका साथीभाइ र परिवारका सदस्यहरू मात्र सहभागी हुनेछन् । करणकी प्रेमिका भने फिल्म उद्योग भन्दा बाहिरकी हुन् । करणले सन् २०१९ मा सन्नी देओल निर्देशित फिल्म ‘पल पल दिल के पास’ बाट आफ्नो अभिनयको सुरुवात गरेका थिए । करणले फिल्म ‘यमला पगला दिवाना’ मा सहायक निर्देशकको रुपमा…
Read More
‘द कपिल शर्मा शो’ मा फेरि फर्कने भए कृष्णा

‘द कपिल शर्मा शो’ मा फेरि फर्कने भए कृष्णा

एजेन्सी । भारतीय कमेडियन कृष्णा अभिषेक चाँडै ‘द कपिल शर्मा शो’ मा फर्किने भएका छन् । ‘द कपिल शर्मा शो’ को यही सिजनमा आफू फेरि एकपटक देखिने कुरा कृष्णा आफैंले भारतीय सञ्चार माध्यमहरुसँगको अन्तर्वार्तामा पुष्टि गरेका छन् । वास्तवमा च्यानलसँगको सम्झौताको विवादका कारण उनले शो छोडेका थिए । अन्तर्वार्तामा कृष्णाले सम्झौतामा रहेको समस्या अहिले समाधान भएको बताएका छन् । उनले पैसाको विषयमा पनि विवाद समाधान भइसकेको र अब आफूलाई काम गर्न कुनै आपत्ति नरहेको बताएका छन् । कृष्णाको ‘द कपिल शर्मा शो’ छोड्ने कुनै मनसाय नभएको तर, पैसा र सहकार्यमा केही समस्या भएकाले शाे छाेडेकाे र अहिले सम्झौता परिवर्तनका कारण…
Read More
सेक्स र्‍याकेट चलाएको आरोपमा अभिनेत्री आरती मित्तल पक्राउ

सेक्स र्‍याकेट चलाएको आरोपमा अभिनेत्री आरती मित्तल पक्राउ

एजेन्सी । मुम्बई प्रहरीको अपराध शाखाले भारतीय कास्टिङ निर्देशक तथा टिभी अभिनेत्री आरती मित्तललाई यौन कार्यमा संलग्न भन्दै सोमबार पक्राउ गरेको छ । आरतीमाथि फिल्म उद्योगमा यौन धन्दा चलाउने, ग्राहकलाई मोडल आपूर्ति गराउने आरोप लागेको छ । मुम्बई क्राइम ब्रान्च युनिट ११, डिन्डोशी प्रहरीले भारतको गोरेगाउँ क्षेत्रमा चलिरहेको यौन कार्यको पर्दाफास गरेको छ । प्रारम्भिक अनुसन्धानपछि, आरती मित्तल विरुद्ध आईपीसी धारा ३०७ र अवैध ओसारपसार र यौनकार्यको अन्य धाराहरु अन्तर्गत मुद्दा दर्ता गरिएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार प्रहरी अधिकारीले आफैंले उक्त क्षेत्रमा एक कर्मचारीलाई नक्कली ग्राहक बनाएर पठाएका थिए जसले सम्पूर्ण घटना रेकर्ड गरेको थियो । त्यसपछि प्रमाणसहित…
Read More
मलाई अगाडि बढ्नै दिइएन: समीक्षा अधिकारी

मलाई अगाडि बढ्नै दिइएन: समीक्षा अधिकारी

काठमाडौं । गायिका समीक्षा अधिकारीमाथि अझै पनि निरन्तर रूपमा अमानवीय व्यवहार रोकिएको छैन। कुनै एक मुद्दाको विषयलाई लिएर एक वर्ष भन्दा लामो समयदेखि अधिकारीमाथि गाली गलौज र चरित्र हत्या भइरहेको हाे । अधिकारीले बारम्बार आफ्ना पोस्टमा नकारात्मक कमेन्ट नगर्न अनुराेध गर्दै आएकी छन् । तर हरेक पोस्टमुनि कतिपयले गालीयुक्त कमेन्ट गर्ने गर्न छाडेका छैनन् । सामाजिक सञ्जालमा निरन्तरको गाली गलौज नरोकिएपछि गायिका अधिकारीले फेरी याचना गरेकी छन् । आफ्नो हकमा बाहिर देखाइएको भन्दा वास्तविक कथा फरक रहेको उनको तर्क छ । आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत अधिकारीले फरक ढंगबाट देखाइएको कथामा विश्वास गरेर आफूलाई अगाडि बढ्नै अवरोध गरिएको गुनासाे गरेकी…
Read More
यो वर्ष विवाह गर्छु : पूजा शर्मा

यो वर्ष विवाह गर्छु : पूजा शर्मा

काठमाडौं । अभिनेत्री पूजा शर्माले आफूले यो वर्ष विवाह गर्ने बताएकी छन् । नयाँ वर्षको अवसरमा काठमाडौं मलमा अवस्थित फेसियल हाउसले तयार पारेको वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै पूजाले विवाहको बारेमा खुलासा गरेकी हुन् । विवाह मिति भने उनले बताएकी छैनन् । पूजा केही समयदेखि युद्ध बानियाँको प्रेममा छिन् । उनले यो वर्ष आफूले केही नयाँ कुरा सोचेको र त्यसलाई पूरा गर्न तल्लीन रहने समेत बताइन् । पूजा र उनका प्रेमी युद्ध बानियाँले ललितपुरको झम्सिखेलमा रेस्टुरेन्ट सञ्चालन गर्दैछन् । यही महिनाको अन्तिममा रेस्टुरेन्ट उद्घाटन गर्ने पूजाको तयारी छ । फेसियल हाउसकी संचालिक सुष्मा महराले नेपाली कला संस्कृति झल्काउने उद्देश्यले क्यालेन्डर निर्माण…
Read More
निकिताविरुद्धको पोष्ट नहटाए कानुनी प्रक्रियामा जाने रविको चेतावनी

निकिताविरुद्धको पोष्ट नहटाए कानुनी प्रक्रियामा जाने रविको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेलबारे नकारात्मक प्रचार भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । गएराति सामाजिक सञ्जालमा उनले पार्टीको पछिल्लो राजनीतिक घटनाक्रममा आफ्नो पत्नी निकितालाई ‘अनावश्यक’ जोडिएकोप्रति आक्रोश पोखेका हुन् । ‘एक आफैँमा योग्य , सक्षम महिला जसलाई आफ्नो श्रीमानको प्रगति बाहेक राजनीतिमा केही लिनु दिनु छैन, कायरहरू उसमाथि खनिएका छन्’, लामिछानेले लेखेका छन्, ‘बिना आधार, बिना प्रमाण कायरतापूर्वक गरिएको आक्रमणको हिसाब राखेका छौं।’ उनले निकिताविरुद्धको पोस्ट नहटाए कानूनी प्रक्रियामा जाने चेतावनी समेत दिएका छन् । ‘निराधार राखिएका समाचार र पोस्टहरू नहटाए कडा कानुनी प्रक्रियामा जान्छौँ,’ पत्नी पौडेललाई मेन्सन गर्दै उनले लेखेका छन्, ‘बिना…
Read More
सलमान खानलाई फेरि कसले दियाे ज्यान मार्ने धम्की ?

सलमान खानलाई फेरि कसले दियाे ज्यान मार्ने धम्की ?

एजेन्सी । भारतीय अभिनेता सलमान खानलाई पुनः मितिसहित ज्यान मार्ने धम्की आएको छ । यतिबेला सलमान आफ्नो आगामी फिल्म ‘किसी का भाई किसी की जान’ लाई लिएर चर्चामा छन् । हालै उक्त फिल्मको ट्रेलर सार्वजनिक भएको छ, जसलाई प्रसंशकहरूले रुचाइरहेका छन् । तर, यही बीचमा सलमानलाई पुनः एकपटक ज्यान मार्ने धम्की आएको छ । भारतीय सञ्चार माध्यमका अनुसार एक अज्ञात व्यक्तिले प्रहरी कन्ट्रोल रुममा फोन गरेर सलमानलाई मार्ने बताएका छन् । यससँगै ती व्यक्तिले प्रहरीलाई सलमानको हत्याको मिति पनि बताएका छन् । अज्ञात व्यक्तिले सोमबार राति ९ बजे मुम्बई प्रहरी कन्ट्रोल रुममा फोन गरेर ३० अप्रिलमा सलमानलाई मार्ने बताएका छन्…
Read More
अभिनेत्री प्रियंका चोपडा जोन सीनासँग फिल्म खेल्दै

अभिनेत्री प्रियंका चोपडा जोन सीनासँग फिल्म खेल्दै

एजेन्सी । भारतीय अभिनेत्री प्रियंका चोपडाले रुसो ब्रदर्सको वेब सिरिज ‘सिटाडेल’ रिलिजअघि अमेजन स्टुडियोबीच पुनः सहकार्य गरेकी छन्। यस पटक प्रियंकाले अमेजनको आगामी फिल्म ‘हेड्स अफ स्टेट’मा डब्लुडब्लुई च्याम्पियन जोन सीनासँग काम गर्दैछिन् । उक्त फिलमको छायांकन आगामी मे महिनादेखि सुरु हुने छ । प्रियंकाले यस फिलमको घोषणा सामाजिक सञ्जालबाट गरेकी हुन् । प्रियंकाले जोन सिना र इद्रिस एल्बासँग काम गर्न लागेको उल्लेख गर्दै सामाजिक सञ्जाल मार्फत तस्वीरपनि सार्वजनिक गरेकी छन् कथा वस्तुबारे नखुलाइएको यस फिल्ममा सफारान कम्पनीका पिटर सफ्रान र जोन रिकार्ड निर्माता रहेका छन् । प्रियंका अहिले आफ्नो आगामी वेब सिरिज ‘सिटाडेल’ को प्रमोशनमा व्यस्त छिन् । यसको…
Read More
फिल्म फ्लप हुँदा आत्महत्या गर्न खोजेको भारतीय कमेडियन कपिलको खुलासा

फिल्म फ्लप हुँदा आत्महत्या गर्न खोजेको भारतीय कमेडियन कपिलको खुलासा

एजेन्सी । भारतीय कमेडियन एवं अभिनेता कपिल शर्मा आइतबार ४२ औं जन्मदिन मनाइरहेका छन् । कपिलले आफ्नो रियालिटी शो ‘द कपिल शर्मा शो’ मार्फत मानिसहरूलाई मनोरञ्जन गर्ने गरेका छन् । भारतका साथै अन्य देशमा पनि उनको ठूलो फ्यान फलोइङ छ । ५ सय भारतीय रुपैयाँबाट आफ्नो करियर सुरु गरेका कपिलको कुल सम्पत्ति आज करिब ३सय करोड भारतीय रुपैयाँ रहेको छ । कपिल कमेडि उद्योगको एउटा यस्तो व्यक्ति हुन्, जो लोकप्रियता र स्टारडममा धेरै ठूला सेलिब्रेटीभन्दा अगाडि छन् । तर उनको अहिलेसम्मको यात्रा उतारचढावले भरिएको छ । बाबुको निधनपछि परिवारको जिम्मेवारी कपिलको काँधमा आयो । उनी पहिलो कमेडी शोको अडिसनबाट अस्वीकृत…
Read More
रिहा भए नवजोत रिहा भए नवजोत सिंह सिद्धू

रिहा भए नवजोत रिहा भए नवजोत सिंह सिद्धू

एजेन्सी । पूर्व क्रिकेट खेलाडी तथा भारतीय कंग्रेसका नेता नवजोत सिंह सिद्धू जेलमुक्त भएका छन् । १० महिनाको करागार बसाइपछि शनिबार उनी पटियाला जेलबाट रिहा भएका हुन् । सन् १९८८ मै सडकमा पार्किङका क्रममा भएको विवाद र झडपको घटनाका कारण उनी जेल परेका थिए । झडपमा चोट लागेका गुरनाम सिंहको निधन भएको थियो । त्यही मुद्दामा गत वर्ष सर्वोच्च अदालतले सिद्धूलाई एक वर्षको जेल र एक हजार जरिवानाको सजाय सुनाएको थियो । उनलाई सर्वोच्चले जेल सजाय सुनाएपछि उनले आत्मसमर्पण गरेका थिए । जेलबाट रिहा भएपछि उनले राहुल गान्धीको विषयमा टिप्पणी गरेका थिए ।
Read More
Page 2 of 4
1 2 3 4
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.