वडाकाे समग्र विकास गर्ने अध्यक्ष गुरुङ
९ माघ, काठमाडाैं । गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पुर्ण ब. गुरुङ स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । पछिल्लो समय वडा नम्बर २ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष गुरुङले जानकारी दिनुभयो । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,कृषि,बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट सम्झौता गरेको जानकारी दिनुभयो । स्थानिय तहको निर्वाचन भएर आए पश्चात खैरीडाडाँ पंग भन्ने नयाँ गोरेटो बाटोको काम सम्पन्न गरेको उहाँले बताउनुभयो । कृषि…
