Share Icon

९ माघ, काठमाडाैं ।   सिन्धुली जिल्ला दुधौली नगरपालिका वडा नं.११, का वडा अध्यक्ष पवन कार्कीले स्थानीय तहको निर्वाचन भएर आएपछी वडामा धेरै काम गरेको र जनताको समस्या, र वडा विकासको लागी सधैँ तत्पर रहेको बताउनुभएको छ ।

उहाँले निर्वाचीत पश्चात विकासको हकमा चुरेसगँ समन्वय गरेर खहरे तटबन्धन, कमला तटबन्धन ,खानेपानी , नयाँ सडकको ट्रयाक निमार्ण , बिजुली बत्तीको पोल नभएको ठाउँमा पोल गाड्ने, बाढी पहीरोबाट जोखीम बस्तीहरुको न्युनीकरण, जस्ता धेरै काम गरेको अध्यक्ष कार्कीले बताउनुभयो।

अध्यक्ष पवन कार्कीले आउदो दिनहरुलाई लक्षीत गर्दै कमी भएका शिक्षा ,स्वास्थ्य ,सडक ,खानेपानी, जस्ता समस्याको परीर्पुती गर्ने , महिलाको लागी महिला उद्यमी तालिमहरु ,

युवाहरुको लागी स्वरोजगार तालिमहरु प्रदान गर्ने योजनाहरु कार्यक्रममा समेटन सफल भएको समेत बताउनुभयो र समेटेका योजनाहरुलाई सफल बनाउदैै आफ्नो वडालाई सुन्दर समृद्धि विकास तर्फ लैजाने याेजना रहेकाे त्यसमा काम पनि गर्दै गरेकाे अध्यक्ष पवन कार्कीले जानकारी दिनुभएको छ्।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।”

Facebook Comments Box

Share Icon