शिक्षालाई पहिलो प्रथामिकतामा राखेर काम गर्दै वडा अध्यक्ष बुढा
११माघ, काठमाडाैं । नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने भूमे गाउँपालिकामा साविकका महत, काँक्री, मोराबाङ, काँडा, चुनबाङ गरी ५ गा.वि.स.हरु र साविकको रुकुमकोट गा.वि.स.को वडा नं. ४ समेत समावेश भएका छन्। यस गाउँपालिकाको पूर्वमा बागलुङ जिल्ला, पश्चिममा सिस्ने गाउँपालिका र मुसिकोट नगरपालिका, उत्तरमा पुथा उत्तरगंगा गाउँपालिका तथा दक्षिणमा रोल्पा जिल्ला रहेका छन्। ५ वटा वडा कार्यालयहरु रहेको यस भूमे गाउँपालिकाको केन्द्र भूमे गाउँपालिका वडा नं. २ खाबाङबगरमा रहेको छ । नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लास्थर्त भूमे गाउँपालिका वडा नम्बर ५ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको…
