विकास निमार्णका कार्यहरु तिब्ब्र गतिमा अगाडी बढाई रहेको छौं: अध्यक्ष वली
२ माघ, काठमाडाैं । सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नंं.२ मा अहिले विकास निमार्णका कार्यहरु तिब्ब्र गतिमा अगाडी बढाई रहेको छ । वडा नंं.२ का वडा अध्यक्ष नोख बहादुर वलीले जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको बताउनुभयो । उहाँ जनताले अत्यन्त रुचाएका एक अब्बल र दोस्रो पटक निर्वाचित वडा अध्यक्ष हुन् नोख बहादुर वली । स्वास्थ्य,शिक्षा,खानेपानि,सरसफाई, बाटो सडक,सिचाई,कृषि तथा बिजुल्लि बत्तिको क्षेत्रमा राम्रो काम गरेको उहाँले बताउनुभयो । त्यस्तै स्थानिय तहको निर्वाचन पछि वडामा धार्मिक तथा सांस्कृतिक क्षेत्रमा पनि विकास भएको उहाँले बताउनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्नलाई कुनै कठिनाई नभएको वडा अध्यक्ष वलीले बताउनुभयो…
