Share Icon

२८ पाैष, काठमाडाैं । सुमुदायले माघीको पर्वमा मनाउने माघे संक्रान्तिलाई थारु समुदायले नयाँ बर्षका रुपमा पनि मनाउने गर्दछन् । थारु समुदायको मौलिक संस्कृति र भेषभुषको आफ्नै विशेषता छ । जसमा उनीहरु भरपुर आनन्द लिने गर्दछन् ।

थारु समुदायमा माघी पर्वलाई नयाँ बर्षका रुपमा मनाउने प्रचलन रहेकोले पनि यसको बिशेष महत्व रहेको छ । माघी सुरु भएदेखि १० र १५ दिनसम्म घरघरमा गएर मघौटा, धमार, झुमा नाच प्रदशीनी गर्ने परम्परा रहेको छ ।

थप उत्साह र पोत्साहन गर्न बढैयाताल गाउँपालिकाले माघि नाचको आयोजना गरेर सहज बनाएको र माघी पर्व र थारुको सम्बन्ध गहिराे रहेकाे वडा नम्बर ५का वडा अध्यक्ष तुलाराम थारुले  बताउनुभयाे ।  साथै थारु समुदायमा उत्साह र हौसला र माघिको नाचलाई प्रभाव पार्ने गरी थारु परम्पराको जोगाउन र प्रत्सान गर्न सहज हुने अध्यक्ष तुलाराम थारुले बिश्वास व्यक्त गर्नुभयो । मघौटा, धमार, झुमा नाचलाई घरघरमा गएर प्रदर्शन गर्ने परम्परा भने बुढापाकामा मात्रै सीमित हुन थालेको छ । मघौटा नाच थारु समुदायमा बिशेष महत्व र परम्परालाई झल्काउने नाच हो ।

 बर्दियाको बढैयातालस्थित वडा नम्बर ५ मा अहिले विकासले मुहार फेरिरहेको छ । यस वडाका वडाबासीहरुलाई लक्षित गर्दै वडामा योजना तथा कार्यक्रमहरु ल्याएको छ ।

माघीलाई लक्षित गरेर वडामै बडघर तथा अगुवाहरुलाई राखेर पुसको अन्तीम दिन ३० गते माघी शुभकामना आदनप्रदान कार्यक्रम   वडा नम्बर ५ ले राखेको वडा अध्यक्ष तुलाराम थारूले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘थारु सास्कृति बचाउने मुख्य उदेश्य बाेकेर बढैयाताल गाउँपालिकाले माघीका अवसरमा सास्कृतिक कार्यक्रम आयोजना गरेको गर्दै छ ।’

सो कार्यक्रममा वडा नम्बर ५ ले पनि भाग लिने वडा नम्बर ५का वडा अध्यक्षले अध्यक्ष तुलाराम थारुले बताउनुभयाे ।

Facebook Comments Box

Share Icon