समाज

राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीय भाउजूबाट दशैंकाे टीका जमरा र आशिर्वाद ग्रहण

राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीय भाउजूबाट दशैंकाे टीका जमरा र आशिर्वाद ग्रहण

७ कार्तिक,काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीय भाउजू विष्णु माया पौडेलबाट मंगलबार  बडादशैंको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गर्नुभएकाे छ। साथै उहाँले गुरु पुरोहितबाट पनि दशैंको दीका, जमरा, प्रसाद ग्रहण गर्नुभएकाे हाे। शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा  मंगलबार राष्ट्रपति पौडेलले दशैंको शुभ साइत ११ बजेर २ मिनेटमा टीका प्रसाद ग्रहण गर्नुभएकाे हाे। आफूले टीका ग्रहण गरेपछि उहाँले परिवारका सदस्यलाई टीका लगाइदिनुभएकाे हाे। विजया दशमीको अवसरमा मंगलबार राष्ट्रपति पौडेलले अतिविशिष्ट व्यक्तित्वहरुलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधरणका लागि ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने कार्यक्रम समेत रहेकाे छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा…
Read More
देशभरकाे माैसम आज कस्ताे रहला…

देशभरकाे माैसम आज कस्ताे रहला…

७ कार्तिक,काठमाडौं । हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको र पूर्वी भूभागमा बंगालको खाडीमा बनेको “हामून” नामक चक्रवातको आंशिक प्रभाव रहेको छ। मंगलबार बिहान कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ। साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे । मंगलबार दिउँसो भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ।  त्यस्तै, बाँकी भू-भागमा भने  मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भने  हल्का…
Read More
विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले आज बंगलादेशको सामना गर्दै

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले आज बंगलादेशको सामना गर्दै

७ कार्तिक,काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटमा मंगलबार दक्षिण अफ्रिकाले बंगलादेशको सामना गर्ने भएकाे छ। खेल मुम्बईको वानखेडे स्टेडियममा हुने भएकाे हाे। विश्वकपमा दुवै टोलीको यो पाँचौं खेल हो । दक्षिण अफ्रिकाले चारमध्ये तीन जित र एउटा मात्र हारेको छ । अर्कोतर्फ, बंगलादेशले चारमध्ये तीन हारेको र एउटा मात्र जितेको छ । दुई टोलीबीच हालसम्म कुल २४ ओडिआई खेलिएको छ । दक्षिण अफ्रिकाले १८ खेल जितेको छ भने बंगलादेशले ६ खेल जितेको छ । एक दिवसीय विश्वकपमा दुवै टोली बराबरीमा छन् । प्रतियोगितामा यी दुवैबीच ४ वटा खेल भएका थिए । दक्षिण अफ्रिकाले २ खेल जित्यो भने २ खेल बंगलादेशले जितेको…
Read More
नेपाल प्रहरीद्वारा दशैंकाे अवसरमा आज निःशुल्क बस सेवा ञ्चालन

नेपाल प्रहरीद्वारा दशैंकाे अवसरमा आज निःशुल्क बस सेवा ञ्चालन

७ कार्तिक,काठमाडौं । नेपाल प्रहरीले विजया दशमीका दिन मंगलबार काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेकाे छ। दशैंको टीका ग्रहण गर्न आवातजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यकाका दुई वटा मार्गमा निःशुल्क बस सेवा दिइने केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभएकाे हाे। मंगलबार बिहान साढे ८ बजेदेखि बेलुकी ४ बजेसम्म एउटा बस नक्सालदेखि टिचिङ चक्रपथ हुँदै जावलाखेल र लगनखेल भएर फेरी नक्साल आउनेछ भने अर्को बस नक्साल हुँदै एयरपोर्ट, भक्तपुर, सल्लाघारी, सूर्यविनायक हुँदै पुनः नक्साल आउने उहाँकाे भनाइ छ ।
Read More
पूर्वराजा शाहले सर्वसाधारणलाई दशैंकाे टीका लगाइदिने

पूर्वराजा शाहले सर्वसाधारणलाई दशैंकाे टीका लगाइदिने

७ कार्तिक,काठमाडौं । विजया दशमीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले आज (मंगलबार)  सर्वसाधारणलाई टीका लगाइदिने हुनुभएको छ । पूर्वराजा शाह र पूर्वरानी शाहले सर्वसाधारणलाई निर्मल निवासमा मंगलबारअपराह्न ४ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने हुनुभएको हो । नेपालीहरूकाे महान पर्व विजया दशमी मंगलबार मान्यजनकाे  हातबाट राताे टीका र जमरा लगाएर आशिर्वाद लिने चलन रहेकाे छ । दशैंकाे टीका लगाउने शुभ साहित ११ बजेर २ मिनेटमा रहेकाे छ।    
Read More
मकवानपुरमा जीप दुर्घटना हुँदा १३ जना घाइते

मकवानपुरमा जीप दुर्घटना हुँदा १३ जना घाइते

७ कार्तिक,काठमाडौं । मकवानपुरमा  मंगलबार बिहान जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-५ मकैबारीस्थित कुलेखानी भएर मातातीर्थ हुँदै काठमाडौं जाने सडकखण्डमा वीरगञ्जबाट काठमाडौं जाँदै गरेको टाटा सुमो जीप मंगलबार बिहान दुर्घटना भएकाे हाे । साेही दुर्घटनामा परी ३ नाबालकसहित १३ जना घाइते भएका छन् । जीप सडकबाट करिब २० मिटर तल खोल्सामा खसेको थियो । दुर्घटनामा घाइते हुनेहरुलाई उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । घाइतेहरु सबै भारतको छतिसगढका रहेको जनाइएको छ । दुर्घटना भएको जीप चालक बारा जिल्ला कलैयाका अनिलकुमार शाह प्रहरी नियन्त्रणमा रहेका छन् ।
Read More
त्रिदेशीय टी–२० क्रिकेटमा नेपालको अपराजित यात्रा कायमै

त्रिदेशीय टी–२० क्रिकेटमा नेपालको अपराजित यात्रा कायमै

७ कार्तिक,काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट सिरिजमा नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा यूएईलाई ५ विकेटले पराजित गरेकाे छ। यूएईले दिएको १ सय ६५ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गरेको हो ।नेपालका लागि आसिफ शेखले अर्धशतक महत्वपूर्ण रह्यो । खेलमा कप्तान रोहित पौडेलले ४७ र दीपेन्द्रसिंह ऐरीले नटआउट ४० रन बनाए । बलिङतर्फ यूएईका मुहम्मद जवदुल्लाहले २ विकेट लिएका थिए। यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । यूएईका बसिर अहमद र वृत्य अरविन्दले समान ४५ रन बनाएका थिए…
Read More
विजया दशमीको अवसरमा प्रधानमन्त्री दाहालले दिए शुभकामना

विजया दशमीको अवसरमा प्रधानमन्त्री दाहालले दिए शुभकामना

७ कार्तिक,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विजया दशमीको अवसरमा मंगलबार शुभकामना व्यक्त गर्नुभएको छ । मंगलबार शुभकामना सन्देश जारी गर्दै दिंदै उहाँले  सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको बताउनुभएको छ।  सरकारको यस प्रयासमा सम्पूर्ण जनसमुदायले व्यक्त गरेको ऐक्यवद्धता समुन्नत राष्ट्र निर्माणका निम्ति महत्वपूर्ण रहेको समेत उहाँले बताउनुभयो । जात, वर्ग, धर्म लिङ्ग, वर्ण, भूगोल, आस्था र सम्प्रदायको सोचबाट माथि उठेर मुलुकको विकासमा लाग्न उहाँले सबैसँग आग्रह गर्नुभएको छ । विकास निर्माणमा देखा पर्ने परम्परागत शैली, संरचना ,प्रणालीको अवरोधलाई दृढ अठोटका साथ राष्ट्र, राष्ट्रियता र जनताको हितलाई केन्द्रमा राखेर छिचोल्न सकिने जारी शुभकामना सन्देशमा…
Read More
राष्ट्रपति पौडेलले आज विशिष्ट व्यक्ति र सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

राष्ट्रपति पौडेलले आज विशिष्ट व्यक्ति र सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

७कार्तिक,काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आज (मंगलबार) विशिष्ट व्यक्ति र सर्वसाधारणलाई दशैंको टीका लगाइदिनु हुने भएको छ । मंगलबार विजया दशमीका दिन राष्ट्रपति पौडेलले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने राष्ट्रपति कार्यालयले जनाएको हाे ।राष्ट्रपति कार्यालयका अनुसार मंगलबार दिउँसो २ बजेदेखि अपराह्न ३ बजेसम्म उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, मन्त्रीहरू, सांसद, सरकारी कर्मचारी, प्रहरी र सेनाका अधिकारीलाई राष्ट्रपति पौडेलले टीका लगाइदिनुहुने भएको छ । त्यसैगरी राष्ट्रपति पौडेलले अपराह्न ३ बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने समय निर्धारण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
Read More
बडादशैंको मुख्य दिन आज मान्यजनबाट राताे टीका र जमरा लगाइँदै

बडादशैंको मुख्य दिन आज मान्यजनबाट राताे टीका र जमरा लगाइँदै

७ कार्तिक,काठमाडौं । नेपालीहरूकाे महान पर्व विजया दशमी अर्थात दुर्गापक्षको मुख्य दिन आज (मंगलबार) नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट रातो टीका एवं समृद्धिको प्रतिक जमरा लगाएर आशिर्वाद लिएर मनाइँदैछ। टीका–जमरा ग्रहण गर्ने शुभ साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले मंगलबार बिहान ११ बजेर २ मिनेटमा उत्तम साइत रहेको जनाएको हाे । मंगलबार टीका लगाउनु भन्दा पहिले दुर्गा विसर्जन गरिन्छ । दुर्गा विसर्जन गर्नका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १० बजेर ३७ मिनेटको साइत तोकिदिएको छ । विजया दशमी आफैंमा शुभ दिन भएकाले मंगलबार टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यता समेत रहेकाे छ । मंगलबार टीकाको दिन कसैलाई…
Read More
Page 82 of 452
1 … 80 81 82 83 84 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.