Share Icon

७ कार्तिक,काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटमा मंगलबार दक्षिण अफ्रिकाले बंगलादेशको सामना गर्ने भएकाे छ।

खेल मुम्बईको वानखेडे स्टेडियममा हुने भएकाे हाे। विश्वकपमा दुवै टोलीको यो पाँचौं खेल हो । दक्षिण अफ्रिकाले चारमध्ये तीन जित र एउटा मात्र हारेको छ ।

अर्कोतर्फ, बंगलादेशले चारमध्ये तीन हारेको र एउटा मात्र जितेको छ । दुई टोलीबीच हालसम्म कुल २४ ओडिआई खेलिएको छ । दक्षिण अफ्रिकाले १८ खेल जितेको छ भने बंगलादेशले ६ खेल जितेको छ । एक दिवसीय विश्वकपमा दुवै टोली बराबरीमा छन् ।

प्रतियोगितामा यी दुवैबीच ४ वटा खेल भएका थिए । दक्षिण अफ्रिकाले २ खेल जित्यो भने २ खेल बंगलादेशले जितेको छ । दक्षिण अफ्रिकाले पछिल्ला ५ ओडीआईमध्ये ४ खेलमा जीत र १ खेलमा हार बेहोरेको छ ।

यता बंगलादेशले पछिल्ला ५ मध्ये ४ खेलामा पराजित हुँदा १ खेल मात्र जितेको छ ।

Facebook Comments Box

Share Icon