नेपाल प्रहरीद्वारा दशैंकाे अवसरमा आज निःशुल्क बस सेवा ञ्चालन

Share Icon

७ कार्तिक,काठमाडौं । नेपाल प्रहरीले विजया दशमीका दिन मंगलबार काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेकाे छ।

दशैंको टीका ग्रहण गर्न आवातजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यकाका दुई वटा मार्गमा निःशुल्क बस सेवा दिइने केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभएकाे हाे।

मंगलबार बिहान साढे ८ बजेदेखि बेलुकी ४ बजेसम्म एउटा बस नक्सालदेखि टिचिङ चक्रपथ हुँदै जावलाखेल र लगनखेल भएर फेरी नक्साल आउनेछ भने अर्को बस नक्साल हुँदै एयरपोर्ट, भक्तपुर, सल्लाघारी, सूर्यविनायक हुँदै पुनः नक्साल आउने उहाँकाे भनाइ छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.