देशभरकाे माैसम आज कस्ताे रहला…

Share Icon

७ कार्तिक,काठमाडौं । हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको र पूर्वी भूभागमा बंगालको खाडीमा बनेको “हामून” नामक चक्रवातको आंशिक प्रभाव रहेको छ।

मंगलबार बिहान कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ। साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।

मंगलबार दिउँसो भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ।  त्यस्तै, बाँकी भू-भागमा भने  मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भने  हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलबार राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै,  कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.