Share Icon

७ कार्तिक,काठमाडौं । हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको र पूर्वी भूभागमा बंगालको खाडीमा बनेको “हामून” नामक चक्रवातको आंशिक प्रभाव रहेको छ।

मंगलबार बिहान कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ। साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।

मंगलबार दिउँसो भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ।  त्यस्तै, बाँकी भू-भागमा भने  मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भने  हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलबार राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै,  कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

Facebook Comments Box

Share Icon