इजरायलमा बन्धक बनाएका थप दुई जना महिला रिहा
एजेन्सी । प्यालेस्टाइन विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरी बन्धक बनाएका २ सय भन्दा ढी नागरिक मध्ये साेमबार थप दुई जना महिलालाई रिहा गरेको छ ।
रिहा भएका दुवै जना इजरायली वृद्धा महिलाहरु हुन् । दुवै जनाको स्वास्थ्य स्थिति कमजोर भएपछि उनीहरुलाई रिहा गरिएको हमासले जनाएको हाे । हमासका सैन्य इकाई प्रवक्ता अबु उबैदाका अनुसार गत सातानै उनीहरुलाई रिहा गर्ने निर्णय गरिएपनि इजरायल सरकारले बन्धक बनाएका सम्पुर्णलाई एकसाथ रिहा गर्नुपर्ने शर्त अघि सारेपछि हमासपछि हटेको हो ।
यसअघि हमासको कब्जामा रहेका दुई अमेरिकी महिलालाई रिहा गरेको थियो । गत असोज २० गते हमासले इजरायलमाथि आक्रमण गरी स्वदेशी र विदेशी गरी २ सय २० नागरिकको अपहरण गरेकोमा इजरायलले हमास समक्ष उनीहरुलाई अपहरण मुक्त गर्न बारम्बार गरेको प्रयासलाई भने हमासले अस्वीकार गर्दै आएको छ ।
पछिल्लो समय इजरायले गाजापट्टीमा पूरै घेराबन्दी गरेपनि स्थलगत आक्रमण भने गरेका छैन । इजरायलले हमासमाथि स्थलगत रुपमा आक्रमण गरेमा बन्धक बनाएकाहरुको हत्या गर्ने धम्की दिएपछि इजरायल पर्ख र हेरको अवस्थामा रहेको छ ।