जीप दुर्घटना

मकवानपुरमा जीप दुर्घटना हुँदा १३ जना घाइते

मकवानपुरमा जीप दुर्घटना हुँदा १३ जना घाइते

७ कार्तिक,काठमाडौं । मकवानपुरमा  मंगलबार बिहान जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-५ मकैबारीस्थित कुलेखानी भएर मातातीर्थ हुँदै काठमाडौं जाने सडकखण्डमा वीरगञ्जबाट काठमाडौं जाँदै गरेको टाटा सुमो जीप मंगलबार बिहान दुर्घटना भएकाे हाे । साेही दुर्घटनामा परी ३ नाबालकसहित १३ जना घाइते भएका छन् । जीप सडकबाट करिब २० मिटर तल खोल्सामा खसेको थियो । दुर्घटनामा घाइते हुनेहरुलाई उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । घाइतेहरु सबै भारतको छतिसगढका रहेको जनाइएको छ । दुर्घटना भएको जीप चालक बारा जिल्ला कलैयाका अनिलकुमार शाह प्रहरी नियन्त्रणमा रहेका छन् ।
Read More
पाल्पा जीप दुर्घटना अपडेटः मृतक ६ जना नै एकै परिवारका

पाल्पा जीप दुर्घटना अपडेटः मृतक ६ जना नै एकै परिवारका

६ कार्तिक, काठमाडौं। पाल्पाको रानीमहलनजिकै आइतबार भएको जीप दुर्घटनाका मृतक ६ जना नै एकै परिवारको भएको खुलेको छ । आइतबार साँझ ५ बजेतिर भएको दुर्घटनामा परेर मृत्यु हुनेहरु सबै एकै परिवारका रहेको खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हाे । जीप दुर्घटनामा नवलपरासीका देवचुली नगरपालिका–१६ का रजघराका कृष्णबहादुर लोहनी, सविना धिताल, पार्वती लोहनी, सविस लोहनी, इशव लोहनी र लम्जुङको बेसीशहर नगरपालिका–२ का चुना धितालको मृत्यु भएको पुष्टि भएको प्रहरीकाे भनाइ छ। घटनामा परी गम्भीर घाइते भएका चालक ईश्वर लोहनी पनि देवचुलीकै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । घाइते लोहनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.