समाज

त्रिकोणात्मक टी-२० क्रिकेटमा नेपाललाई जितका लागि १६५ रनको लक्ष्य

त्रिकोणात्मक टी-२० क्रिकेटमा नेपाललाई जितका लागि १६५ रनको लक्ष्य

६ कार्तिक,काठमाडौं। काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई जितका लागि १ सय ६५ रनको लक्ष्य दिएको छ । मूलपानीकाे क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रन बनाएकाे हाे । उसका लागि बसिल हमिद र वृत्य अरविन्दले समान ४५-४५ रनको योगदान दिएका हुन् । त्यस्तै, आसिफ खानले १८ रन बनाएका थिए। बलिङतर्फ नेपालका सोमपाल कामी र अभिनास बोहोराले समान दुई-दुई विकेट लिए भने करण केसी र गुल्सन झाले समान एकरएक विकेट लिएका थिए । नेपाल अहिले जवाफी…
Read More
राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा अर्चना

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा अर्चना

६ कार्तिक,काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंको अवसरमा नवदुर्गाको अवतार स्वरुप महानवमीको दिन सोमबार नवकन्याको पूजा अर्चना गर्नुभएकाे छ। विशेष समारोहकाबीच राष्ट्रपति पौडेलले शीतल निवासमा नवकन्याको पूजा गर्नुभएकाे हाे। सोही अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाई, उपहार समेत प्रदान गर्नुभएकाे छ। दशैंकाे अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले प्रत्येक वर्ष नवकन्याको पूजा गर्ने प्रचलन रहेकाे छ। दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको पूजा गर्ने गरिन्छ ।
Read More
गृहमन्त्री श्रेष्ठ डिस्चार्ज, कार्तिक ८ गते स्वदेश फर्किने

गृहमन्त्री श्रेष्ठ डिस्चार्ज, कार्तिक ८ गते स्वदेश फर्किने

६ कार्तिक,काठमाडौं। चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ यहि कार्तिक ८ गते बुधबार स्वदेश फर्किने हुनुभएकाे छ। चीन भ्रमणमा रहनुभएका मन्त्री श्रेष्ठ हृदयाघात भएपछि अस्पतालमा भर्ना हुनुभएकाे थियाे । मन्त्री श्रेष्ठ साेमबार डिस्चार्ज हुनुभएकाे हाे । पाँच दिनकाे उपचार पश्चात स्वास्थ्य लाभ गरी डिस्चार्ज भएको उहाँको सचिवालयले जनाएको छ । मन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमका अनुसार  उहाँ कार्तिक ८ गते बिहान स्वदेश फर्किनु हुने भएकाे छ। बीआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला उहाँलाई हृदयाघात भएको थियो । लगत्तै उहाँलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा अस्पतालमा भर्ना गरिएको थियो । त्यसअघि उहाँ कार्तिक ३…
Read More
पाल्पा जीप दुर्घटना अपडेटः मृतक ६ जना नै एकै परिवारका

पाल्पा जीप दुर्घटना अपडेटः मृतक ६ जना नै एकै परिवारका

६ कार्तिक, काठमाडौं। पाल्पाको रानीमहलनजिकै आइतबार भएको जीप दुर्घटनाका मृतक ६ जना नै एकै परिवारको भएको खुलेको छ । आइतबार साँझ ५ बजेतिर भएको दुर्घटनामा परेर मृत्यु हुनेहरु सबै एकै परिवारका रहेको खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हाे । जीप दुर्घटनामा नवलपरासीका देवचुली नगरपालिका–१६ का रजघराका कृष्णबहादुर लोहनी, सविना धिताल, पार्वती लोहनी, सविस लोहनी, इशव लोहनी र लम्जुङको बेसीशहर नगरपालिका–२ का चुना धितालको मृत्यु भएको पुष्टि भएको प्रहरीकाे भनाइ छ। घटनामा परी गम्भीर घाइते भएका चालक ईश्वर लोहनी पनि देवचुलीकै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । घाइते लोहनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा…
Read More
कार्तिक १७ देखि १८ गतेसम्म बालबालिकालाई ‘भिटामिन ए’ खुवाइने

कार्तिक १७ देखि १८ गतेसम्म बालबालिकालाई ‘भिटामिन ए’ खुवाइने

६ कार्तिक, काठमाडौं। यहि कार्तिक १७ देखि १८ गतेसम्म बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय 'भिटामिन ए' कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाउन लागिएकाे हाे । साेही  दिन नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत ६ देखि ५९ महिनासम्मका बालबालिकाहरुलाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षका बालबालिकालाई जुकाको औषधी खुवाउने मन्त्रालयले जनाएको हाे। मन्त्रालयका अनुसार यहि कार्तिक २ देखि ३ गतेसम्म कार्यक्रम सञ्चालन गरिने भनिए पनि दशैं परेकाले कार्तिक १७ देखि १८ गतेसम्म देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने मन्त्रालयले जनाइएको छ ।  
Read More
त्रिदेशीय टी–२० क्रिकेटमा आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै

त्रिदेशीय टी–२० क्रिकेटमा आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै

६ कार्तिक, काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजमा साेमबार नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) भिड्ने भएका छन्। प्रतियोगितामा लगातार तीन खेल जितेर फाइनलमा पुगिसकेको नेपाल साेमबार चौथो जित निकाल्ने योजनामा रहेकाे हाे । आइतबार भएको खेलमा हङकङलाई पराजित गरेको यूएई पनि साेमबार नेपाललाई पराजित गर्दै फाइनलमा स्थान पक्का गर्न चाहन्छ । साेमबार नेपाल विजयी भएको खण्डमा यूएई र हङकङबीच कार्तिक ८ गते हुने खेलले फाइनलमा पुग्ने अर्को टोलीको टुंगो लगाउनेछ । मुलपानी मैदानमा आइतबार भएको खेलमा हङकङले जितका लागि दिएको १ सय ५० रनको लक्ष्य यूएईले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गरेकाे थियाे । डबल राउन्ड रोविनको आधारमा भइरहेको…
Read More
देशका केही भागमा दिउँसाे वर्षाकाे सम्भावना

देशका केही भागमा दिउँसाे वर्षाकाे सम्भावना

६ कार्तिक, काठमाडाैं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साेमबार बिहान देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ।  साथै हाे। सोमबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ। साथै बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ । साेमबार राति भने देशको पहाडी भू-भागमा भने आंशिक बदली हुनेछ। त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएकाे छ।
Read More
बडादशैंकाे नवौं दिन आज दुर्गा भवानीको पूजा गरिंदै

बडादशैंकाे नवौं दिन आज दुर्गा भवानीको पूजा गरिंदै

६ कार्तिक,काठमाडौं। बडादशैंकाे नवौं दिन महानवमी पर्व साेमबार भगवती दुर्गाको नवौँ रूप सिद्धीदात्रीको पूजा गरिंदैछ। महानवमीमा दुर्गाको पूजा गरेपछि घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । यस दिन पनि शक्तिपीठ तथा दशैंघरमा पशुबली दिने गरिन्छ । महाअष्टमीको राति गरिएको कालरात्रिको पूजा पूर्ण गर्नका लागि महानवमीमा हवन गर्ने विधि छ । खिर, तिल र घिउ मिश्रित चरु देवीलाई हवन गरिन्छ । आजको दिनसम्म शक्तिपीठहरुको दर्शन गर्ने गरिन्छ । महानवमीमा तलेजुको मन्दिर सर्वसाधारणका लागि खुला गरिन्छ । नवरात्रमा दुर्गाका नौ स्वरूपका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरिन्छ । देवीका तीन रूपमध्ये महाकालीलाई शक्ति, महालक्ष्मीलाई श्री र महासरस्वतीलाई विद्याकी देवी…
Read More
धादिङको ज्वालमुखीमा भूकम्पका कारण २० घर भत्किंए, ७५ घरमा आंशिक क्षति

धादिङको ज्वालमुखीमा भूकम्पका कारण २० घर भत्किंए, ७५ घरमा आंशिक क्षति

५ कार्तिक,काठमाडौं। धादिङको ज्वालमुखी गाउँपालिका-५ काे कुमालटारीमा आइतबार बिहान गएको भूकम्पका कारण २० वटा घर भत्किएका छन् । साथै  ७५ वटा घरमा भने आंशिक रूपमा क्षति भएकाे हाे। भूकम्पबाट भएको क्षतिको विवरण आउने क्रम जारी रहेको ज्वालमुखी गाउँपालिकाले जनाएकाे हाे । ४ रेक्टर स्केल भन्दा माथिका भूकम्पका परकम्पहरू पटक-पटक गएका कारण मानिसहरू घरबाहीर बसेको स्थानीय राजेश अधिकारीले बताउनुभयाे। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवालले चर्किएका घरहरूको विस्तृत विवरण सङ्कलन जारी रहेको बताउनुभयाे। धादिङको साविक खरी गाविस केन्द्रबिन्दु भएर आइतबार बिहान ७ बजेर ३९ मिनेट जाँदा ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।…
Read More
इजरायलमा हमासकाे आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण

इजरायलमा हमासकाे आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण

५ कार्तिक,काठमाडौं।  इजरायलमा हमासकाे आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थी मध्ये तीन जनाको शव आइतबार काठमाडौं आइपुगेको छ । इजरायलको सरकारले पहिलाे चरणमा पहिचान खुलेका ४ जना विद्यार्थीको शव कानूनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासमा बुझाएसँगै ती शवलाई शनिबार नेपाल पठाइएको थियो । नारायणप्रसाद न्यौपानेको शव शनिबार राति नै नेपाल आइपुगेको थियो । आइतबार बिहान लोकेन्द्रसिंह धामी र दिपेशराज विष्टको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । आशिष चौधरीको शव भने आइतबार दिउँसो आइपुग्ने जनाइएको छ । साेही शव नेपाल आइपुगेसँगै परराष्ट्रमन्त्री नारायण प्रसाद साउद र नेपालका लागि इजरायली राजदूत हाना गोडरलगायत अधिकारीहरू विमानस्थलमा पुगेर हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्…
Read More
Page 83 of 452
1 … 81 82 83 84 85 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.