समाज

बाँकेमा मदिरा बिक्री र सेवन गर्न आज निषेध

बाँकेमा मदिरा बिक्री र सेवन गर्न आज निषेध

८ कार्तिक,काठमाडौं।  बाँकेमा आज (बुधबार) मदिरा बिक्री र सेवन गर्न निषेध गरिएको छ । स्थानीय प्रशासन कार्यालय बाँकले एक सूचना जारी गर्दै बुधबार बिहानदेखि राति १२ बजेसम्मका लागि मदिरा र मदिराजन्य वस्तुको बिक्री र सेवनमा रोक लगाएको हो । विजया दशमीको भोलिपल्ट अर्थात एकादशीका दिन दुर्गा मूर्ति विसर्जन गर्न विभिन्न स्थानमा गरिने र्यालीलाई सभ्य, शान्त, अनुशासित एवं मर्यादित बनाउन बुधबार बिहान ८ बजेदेखि मध्यरात १२ बजेसम्म मदिरा तथा मदिराजन्य वस्तु ओसारपसार, बिक्री–वितरण एवं उपभोग गर्न निषेध गरिएको जारी सूचनामा उल्लेख गरिएकाे छ । जिल्लाको समग्र शान्ति, सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाई ध्यानमा राखी जारी गरिएको सूचनाको प्रभावकारी कार्यान्वयनका लागि समेत…
Read More
मेनुका पौडेल इण्डियन आइडलको उत्कृष्ट १५ मा छनोट

मेनुका पौडेल इण्डियन आइडलको उत्कृष्ट १५ मा छनोट

काठमाडौं । नेपाली गायिका मेनुका पौडेल इण्डियन आइडल सिजन १४ को अन्तिम १५ मा छनोट भएकी छन् । सोमबार रातीको एपिसोडमा राउण्ड फिफ्टिनका प्रतिस्पर्धी घोषणा गरियो । अडिसन चरणबाटै मेनुका नेपाली र भारतीय मिडियामा भाइरल समेत भएकी थिइन् । ‘छनोट भएका अन्तिम १५ जना प्रतिस्पर्धीलाई लिएर म खुशि छु’ शोका होस्ट हुसेन केजरीवालले टाइम्स अफ इण्डियासँग भने, ‘छनोट भएका सबै प्रतिस्पर्धी एकसे एक छन् ।’ पछिल्लो एपिसोडमा समेत दमदार प्रस्तुति दिएकी मेनुकाको गायकीलाई जजले रुचाएका थिए । उनीहरुले यो प्रस्तुतिमा स्ट्यान्डिङ ओभेसन पनि दिए । मेनुकाले यो एपिसोडमा जजलाई उपहार समेत प्रदान गरेकी थिइन् । अडिसन चरणमा मेनुकाले ‘तुम्हारे बिना हमारे…
Read More
अहिलेको व्यवस्थालाई पुरानै संसदीय व्यवस्था भएको भाष्य स्थापित गर्न खोजिँदैछ : सांसद कार्की

अहिलेको व्यवस्थालाई पुरानै संसदीय व्यवस्था भएको भाष्य स्थापित गर्न खोजिँदैछ : सांसद कार्की

अशोक घिमिरे ८ कात्तिक,काठमाडौँ। निर्वाचनमार्फत वर्तमान संसद् गठन भएको पनि करिब एक वर्ष पुग्न लागेको छ । संसद्को एकवर्षे अवधिमा भइरहेका अस्वभाविक परिघटनाका कारण संसद् र सांसदको भूमिका माथि नै प्रश्न उठाउने गरिएको छ । संसद्को प्रमुख जिम्मेवारी कानुन निर्माण नै हो । संविधानसभाबाट संविधान जारी भइसकेपछि संविधान कार्यान्वयनसँग अत्यावश्यक मानिएका कानुन अझै निर्माण हुन सकिरहेका छैनन् । नेकपा (माओवादी केन्द्र)का सांसद गङ्गा कार्की संविधान र सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित कानुन निर्माण र त्यसलाई इमान्दारितापूर्वक लागू गर्नेमा समस्या देखिएको बताउनुहुन्छ । “संविधान जारी भएको लामो समय भइसक्दा पनि संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन निर्माण हुन नसक्नु कमजोरी हो”, उहाँ भन्नुहुन्छ, “अहिलेको व्यवस्थाले…
Read More
देशका केही भागमा वर्षा हुने

देशका केही भागमा वर्षा हुने

८ कार्तिक,काठमाडौं। हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। बुधबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ। साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे । बुधबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ। त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बुधबार राति भने देशको पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ। त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने…
Read More
भत्ता दिन लाभग्राहीको घरमै जनप्रतिनिधि

भत्ता दिन लाभग्राहीको घरमै जनप्रतिनिधि

८ कात्तिक, भरतपुर । चितवनको इच्छाकामना गाउँपालिकामा घरघरमै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीसहितको जनप्रतिनिधि र कर्मचारीको टोलीले आफ्नो वडाका सम्पूर्ण लाभग्राहीको घरघरमै पुगेर सामाजिक सुरक्षा वितरण गरेको हो । दसैँको समयमा सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले घरघरमै पुगेर सेवा प्रदान गरेको वडाध्यक्ष उप्रेतीले बताउनुभयो । वडा कार्यालयले चालु आर्थिक वर्ष २०८०÷८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा घरमै पुगेर लाभग्राहीलाई प्रदान गरिएको उहाँले जानकारी दिनुभयोे । भूगोलका कारण वृद्ध बाआमालाई हिँडेर बैंकसम्म पुग्न समस्या हुने भएका कारण वडा कार्यालयले सहजीकरण गर्दै वडाको माथिल्लो क्षेत्र स्याक्लाङ, पातिघारी, बाझगाउँ, कमलाबारी, कुरनभित्ता, बेलडाँडा, सोतागाउँलगायत…
Read More
तलेजुको वाहन सेतो घोडा जात्रा सम्पन्न

तलेजुको वाहन सेतो घोडा जात्रा सम्पन्न

८ कात्तिक,भादगाउँ । तलेजु भवानीका वाहनको प्रतीक सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ । ऐतिहासिक तथा सांस्कृतिक महत्वको घोडाजात्रा प्रत्येक वर्ष विजयादशमी र एकादशीको रात्रिकालीन समयमा गर्ने परम्परा रहेको छ । जात्रा अगाडि तलेजुका चार मूल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप तलेजु भवानीलाई कालरात्रि पूजा, टीका साइत पूजा गरी विर्सजन पूजा सम्पन्न गरिन्छ । पूजा सम्पन्न भएपछि घोडालाई विधिवत्रुपमा पूजा गरी भेडा बलि दिइसकेपछि भक्तपुर नगरमा डुलाइ घोडा जात्रा सुरु गरिने तलेजुका आचाजु सिद्धिविर कर्माचार्यले जानकारी दिनुभयो । घोडालाई तलेजुको मूलचोकबाट बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरबार क्षेत्रबाट खौमा, इटाछें, भार्वाचो, वंशगोपाल, भुजीकोखा, नारायणचोक र माथिल्लो दरबार…
Read More
रसुवागढी भन्सारको भवन निर्माण अन्तिम चरणमा

रसुवागढी भन्सारको भवन निर्माण अन्तिम चरणमा

८ कात्तिक,रसुवा । नेपालको उत्तरीनाका रसुवागढीस्थित सीमा क्षेत्रमा निर्माणाधीन भन्सार कार्यालय भवन अन्तिम चरणमा पुगेको छ । एकै स्थानबाट भन्सार बैंक तथा अध्यागमन समेतको सेवा दिन छ वर्ष अघि निर्माण सुरू भएको एकीकृत भन्सारको सो भवनमा ढलान गरिएको र पलाष्टरलगायत काम अगाडि बढी रहेको छ । सीमा एवं भन्सार कार्यालयको लागि सुरक्षा टोली बस्ने भवन भने रसुवागढी क्षेत्रमै छुट्टै निर्माण भइसकेको छ । भौगोलिक विकटताका कारण वर्षायाममा दैनिकजसो सडक अवरुद्ध भइरहँदा निर्माण सामग्री ढुवानीमा असहज र कार्यप्रगतिको अनुपातमा समयसापेक्ष रकम भुक्तानी नहुनुजस्ता कारणले निर्माणमा केही ढिलाइ हुँदै गएको निर्माणसँग सम्बन्धित व्यक्तिले बताएका छन् । एकीकृत भन्सार तथा सुरक्षा पोष्ट निर्माण,…
Read More
पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला आजदेखि

पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला आजदेखि

८ कात्तिक, दमौली । तनहुँको भिमाद नगरपालिका–५ स्थित मिर्छुलुङमा पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला हुने भएको छ । मिछुर्लुङको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित हरेक वर्षझै यस वर्ष पनि दसैँको अवसर पारेर मेला आयोजना गर्न लागिएको हो । तेस्रो नेत्र युवा संस्थाको आयोजनामा आजदेखि ११ गतेसम्म आयोजना हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । मेलाकै अवसरमा जुनियर पुरुष भलिबल प्रतियोगितासमेत आयोजना गरिएको छ । मगर जातिको बाहुल्य रहेको मिछुर्लुङको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको संस्थाका सचिव अमृत थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दसैँका बेला गाउँमा रमाइलो वातावरण हुन्छ, विभिन्न ठाउँबाट दसैँ मनाउन गाउँ फर्किएकाको उत्साह छ, प्रत्येक…
Read More
च्याम्पियन्स लिगमा बायर्न म्युनिख र रियाल मड्रिड विजयी

च्याम्पियन्स लिगमा बायर्न म्युनिख र रियाल मड्रिड विजयी

८ कार्तिक,काठमाडौं। युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा इंग्लीश क्लबहरु आर्सनल र म्यान्चेस्टर युनाइटेड विजयी भएका छन् । समूह ‘बी’ को खेलमा आर्सनलले स्पेनको सेभियालाई उसैको मैदानमा २–१ ले पराजित गर्दा     फ्रान्सको लेन्स र नेदरल्याण्ड्सको आइन्डोभनले एक-एक गोलको बराबरी खेलेका हुन्। समूह ‘ए’ को खेलमा जर्मनीको बायर्न म्युनिखले टर्कीको गालातासारेलाई उसैको मैदानमा ३–१ ले पराजित गर्दा इंग्ल्याण्डको म्यान्चेस्टर युनाइटेडले डेनमार्कको एफसी कोपनहेगनमाथि १–० को जित निकाल्यो । समूह ‘सी’ मा स्पेनको रियाल मड्रिडले पोर्चुगलको स्पोर्टीङ ब्रागालाई २–१ ले पराजित गर्दा इटालीको नापोलीले जर्मनीको युनियन बर्लीनलाई १–० ले स्तब्ध पारेकाे हाे। यसैगरी समूह ‘डी’ मा इटालीको इन्टर मिलानले अष्ट्रियाको साल्जबर्गलाई २–१ ले…
Read More
बडादशैंको दोस्राे दिन आज पनि टीका लगाइँदै

बडादशैंको दोस्राे दिन आज पनि टीका लगाइँदै

८ कार्तिक,काठमाडौं। बडादशैँको टीकाको दोश्रो दिन बुधबार पनि मान्यजनको हातबा टीका लगाउने क्रम जारी रहेकाे छ। नवरात्रभरी नवदुर्गा भवानीको पूजा गरेर विजयादशमीको दिन देवीको प्रसाद लगाउने गरिन्छ । आफ्नो घर तथा नजिकका आफन्तसँग दशैंको दिन मान्यजनको हातबाट टीका लगाइन्छ भने टाढा रहेका मामाघर, ससुराली तथा अन्यको हातबाट पूर्णिमासम्म टीका लगाउने परम्परा रहेको छ । कोजाग्रत पूर्णिमाका दिन जमरालाई विसर्जन गरेपछि दशैंकाे टीका सम्पन्न हुन्छ।
Read More
Page 81 of 452
1 … 79 80 81 82 83 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.