समाज

बारा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १६ पुग्यो

बारा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १६ पुग्यो

बारा । बारामा आज बिहान बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ । चुरेहिल अस्पतालमा २ जना, मकवानपुर सहकारी अस्पतालमा एक र चितवनमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा २० बढी जना घाइते भएका छन् । घाइते दुई जनाको अवस्था गम्भीर छ । घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ । नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र ०६-००१ ख ०११० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको थियो । प्रारम्भिक निरिक्षणमा गाडी…
Read More
नातिनीको स्याहारले बौरिए १०१ वर्षीय हजुरबुवा

नातिनीको स्याहारले बौरिए १०१ वर्षीय हजुरबुवा

गलेश्वर । बूढेसकालमा छोरो नै बाबुआमाको सहारा हुन्छ भन्ने नेपालीहरुको मानसिकता र सोचाइमा पछिल्लो समय धेरै परिवर्तन आएको छ । छोरा–बुहारीकै कारण कैयौँ वृद्ध बुबाआमाहरू घरमा बस्न सक्ने वातावरण नभएर वृद्धाश्रम वा मन्दिरमा सहारा लिई आफ्नो अन्तिम दिनको प्रतीक्षा गरिरहेका छन् । तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश (इजरायल) मा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाएका छन् । रुमको बेली गाउँका १०१ वर्षीय शिवलाल पुन थोरै भाग्यमानी व्यक्तिमा पर्छन् । उनलाई परिवारका सदस्यहरूले गरेको स्याहार सुसारदेखेर बेली गाउँ नै दङ्ग पर्ने गरेको छ ।हजुरबुवा (बाजे) को…
Read More
दशैं र चुनावको मुखमा जाली नोटको त्रास, कसरी चिन्ने सक्कली ?

दशैं र चुनावको मुखमा जाली नोटको त्रास, कसरी चिन्ने सक्कली ?

काठमाडौं । दशैं पैसाको धेरै कारोबार हुने चाड हो । यो समयमा नगद कारोबार र दान दक्षिणाका लागि नगदको प्रवाह धेरै हुन्छ । दशैंमा दान दक्षिणा र पूजाआजाका लागि नयाँ नोटको प्रचलन छ । बजारमा भिडभाड हुन्छ र नगद कारोबार पनि बाक्लो मात्रामा हुन्छ । दशैं खर्च गर्न वा दक्षिणा दिन तयार पारिएका नयाँ नोटहरुबारे उपभोक्ता सचेत हुनुपर्छ । तर, नयाँ नोट बजारमा आएका बेला नै जाली नोट कारोबारीहरु सक्रिय हुन्छन् । दशैंको टीकापछि पसलहरुमा नयाँ नोट आउँछन् भने उपभोक्ताले फिर्ता पाउने नोट पनि धेरै नयाँ नै हुन्छन् । राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालका अनुसार २२ अर्बभन्दा…
Read More
प्यूठान, दाङ, बाँकेलगायतका जिल्लामा महाशाखाको अलर्ट, यी स्थानमा बाढीको सम्भावना

प्यूठान, दाङ, बाँकेलगायतका जिल्लामा महाशाखाको अलर्ट, यी स्थानमा बाढीको सम्भावना

काठमाडाैं । विभिन्न स्थानमा बुधवार बिहानैबाट वर्षा जारी रहेको छ। केही स्थानमा भने भारी वर्षाको सम्भावना भएकाले जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले पश्चिम राप्ती जलाधारको धेरै स्थानमा पछिल्लो ६ घन्टा अति भारी वर्षा मापन भएको र थप वर्षा हुने, पश्चिम राप्ती भालुबाङ र कुसुम जलमापन केन्द्रमा जलसतह एक्कासी बढ्ने जनाएको छ। त्यसैले ती क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। प्यूठान, दाङ, बाँकेलगायतका जिल्लामा बाढीको सम्भावना रहेको भन्दै अलर्ट जारी गरिएको छ । यी जिल्लाका धेरैजसो साना खहरे खोलामा आकस्मिक बाढीको सम्भावना रहेकाले आज दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन…
Read More
एमाले अध्यक्ष ओलीले लगाए सर्वसाधारणलाई दसैंकाे टीका

एमाले अध्यक्ष ओलीले लगाए सर्वसाधारणलाई दसैंकाे टीका

झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विजया दशमीका दिन सर्वसाधारणलाई दसैंको टीका लगाइदिएका छन् । विजया दशमीको अवसरमा ओलीले बिहान ९ देखि १० बजेसम्म गृहजिल्ला झापा दमक–९,शान्तिमार्ग निजी निवासमा परिवार तथा आफन्त र इच्छुकलाई टीका लगाइदिएका हुन् । अध्यक्ष ओलीले बडादसैं २०७९ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामनासमेत दिएका छन् । अध्यक्ष ओली दम्पत्ती दशैं मनाउन तीन दिनदेखि दमकस्थित आफ्नै निवासमा छन् । ओलीले आफ्नो निर्वाचन क्षेत्रसहित अन्यत्रबाट आउनेहरुलाई एक घण्टा टीका लगाइदिने कार्यक्रम छ । अध्यक्ष ओलीले ९१ वर्षीय पिता मोहनप्रसाद ओलीबाट टीका लगाउनेछन् । ओलीले आफ्नो निवासमा बालवालिकालाई टीका लगाएर विजया दशमीको आशिर्वाद…
Read More
दसैंको टीका लगाउँदा कता फर्किने ?

दसैंको टीका लगाउँदा कता फर्किने ?

काठमाडौं । आज दशैंको मुख्य दिन, मान्यजनबाट टीका र जमरा लगाएर मनाइँदै छ । तर टीका लगाउँदा कुन दिशामा फर्किएर बस्ने भन्ने चाहिँ धेरैलाई थाहा नहुन सक्छ । भनिन्छ, टीका लगाउँदा चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुन्छ । त्यसैले आज विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ र टीका लगाइदिने व्यक्ति पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । यसो गर्दा टीका लगाइदिने व्यक्तिको दायाँतर्फ चन्द्रमा पर्छ भने टीका लगाइमाग्ने व्यक्तिको सम्मुख पर्छ । यसरी बसेर टीका लगाउँदा शुभ हुने धार्मिक विश्वास छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले…
Read More
आज दसैंको टीका, उत्तम साइत बिहान ११:५१ बजे

आज दसैंको टीका, उत्तम साइत बिहान ११:५१ बजे

काठमाडौं । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः५१ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पञ्चाङ्ग समितिले जनाएको छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका…
Read More
आज असोज १९ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

आज असोज १९ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

आज २०७९ साल असोज १९ गते बुधबारको राशिफल।। मेष : आम्दानी हुनेछ। साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ। वृष : आफन्तको सहयोग मिल्नेछ। विद्याको क्षेत्रमा सफलता मिल्नेछ। मिथुन : आम्दानी र खर्च बराबर हुने देखिन्छ। रोग बढ्नेछ। कर्कट : प्रतिस्पर्धी सक्रिय छन्। सचेत भएर दैनिकी चलाउनुपर्नेछ। परिवारको साथ पाइनेछ। सिंह : रोगबाट मुक्त हुने योग छ। परिवार सुख हुनेछ। आफन्तसँग सतर्क रहेर प्रतिस्पर्धामा अगाडि बढ्नुहोला। कन्या : अधुरा काम पूरा हुनेछन्। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ। तुला : पारिवारिक सुख मिल्नेछ। अध्ययन अध्यापनमा बाधा हुने देखिन्छ। स्वास्थ्यमा समस्या छ। वृश्चिक : आफ्नै बोलीका कारण अफ्ठ्यारोमा पर्ने देखिन्छ। परिवार सुख प्राप्त…
Read More
Page 452 of 452
1 … 450 451 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.