बाँकेमा मदिरा बिक्री र सेवन गर्न आज निषेध
८ कार्तिक,काठमाडौं। बाँकेमा आज (बुधबार) मदिरा बिक्री र सेवन गर्न निषेध गरिएको छ । स्थानीय प्रशासन कार्यालय बाँकले एक सूचना जारी गर्दै बुधबार बिहानदेखि राति १२ बजेसम्मका लागि मदिरा र मदिराजन्य वस्तुको बिक्री र सेवनमा रोक लगाएको हो । विजया दशमीको भोलिपल्ट अर्थात एकादशीका दिन दुर्गा मूर्ति विसर्जन गर्न विभिन्न स्थानमा गरिने र्यालीलाई सभ्य, शान्त, अनुशासित एवं मर्यादित बनाउन बुधबार बिहान ८ बजेदेखि मध्यरात १२ बजेसम्म मदिरा तथा मदिराजन्य वस्तु ओसारपसार, बिक्री–वितरण एवं उपभोग गर्न निषेध गरिएको जारी सूचनामा उल्लेख गरिएकाे छ । जिल्लाको समग्र शान्ति, सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाई ध्यानमा राखी जारी गरिएको सूचनाको प्रभावकारी कार्यान्वयनका लागि समेत…
