Share Icon

८ कार्तिक,काठमाडौं। हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

बुधबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ। साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।

बुधबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ। त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबार राति भने देशको पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ। त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ।

Facebook Comments Box

Share Icon