Share Icon

७ कार्तिक,काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट सिरिजमा नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा यूएईलाई ५ विकेटले पराजित गरेकाे छ।

यूएईले दिएको १ सय ६५ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गरेको हो ।नेपालका लागि आसिफ शेखले अर्धशतक महत्वपूर्ण रह्यो । खेलमा कप्तान रोहित पौडेलले ४७ र दीपेन्द्रसिंह ऐरीले नटआउट ४० रन बनाए । बलिङतर्फ यूएईका मुहम्मद जवदुल्लाहले २ विकेट लिएका थिए।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । यूएईका बसिर अहमद र वृत्य अरविन्दले समान ४५ रन बनाएका थिए । बलिङतर्फ नेपालका सोमपाल कामी र अविनाश बोहोराले २-२ तथा गुलसन झा र करण केसीले १-१ विकेट लिएका थिए ।

नेपाल यसअघि नै समूह चरणको ३ खेल जित्दै फाइनलमा प्रवेश गरिसकेको छ । नेपालले पहिलो खेलमा यूएईलाई ७ विकेटले पराजित गरेकाे थियो । त्यस्तै, नेपालले हङकङलाई दुवै खेलमा पराजित गरेकाे थियो । अब नेपालले यूएई र हङकङबीच यहि कार्तिक ८ गते हुने खेलको विजेतासँग फाइनल खेल्ने भएकाे छ ।

कार्तिक १० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल खेल हुने भएकाे छ ।

Facebook Comments Box

Share Icon