Uncategorized

च्याम्पियन्स लिगमा न्युकासल, म्यान्चेस्टर र बार्सिलोना विजयी

च्याम्पियन्स लिगमा न्युकासल, म्यान्चेस्टर र बार्सिलोना विजयी

१८ असाेज,काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबलमा न्युकासल युनाइटेडले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ४–१ ले पराजित गरेकाे छ। २० वर्षपछि युरोपियन च्याम्पियन्स लिगमा फर्किएको इंग्लिस टोली न्युकासलले आफ्नै मैदानमा भएको खेलमा पिएसजीमाथि ४–१ गोलको फराकिलो जित निकालेको हो । यहि समूहको अर्को खेलमा बुधबार राति जर्मनीको बोरुसिया डर्टमण्ड र इटालीको एसी मिलानले गोलरहित बराबरी खेलेका छन् । कठिन समुहमा दोस्रो चरणका खेलहरुपछि ४ अंकसहित न्युकासल शीर्ष स्थानमा उक्लेको छ । ३ अंक जोडेको पिएसजी दोस्रो स्थानमा छ भने एसी मिलानकाम दुई तथा डर्टमण्डको एक अंक छ । च्याम्पियन्स लिगकै समुह ‘ई’ का खेलमा गएराति इटालीको लाजियोले स्कटल्याण्डको सेल्टीकलाई २–१…
Read More
दिउँसाे र राति देशका ४ प्रदेशमा वर्षा हुने

दिउँसाे र राति देशका ४ प्रदेशमा वर्षा हुने

१८ असाेज, काठमाडाैं । नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। बिहीबार बिहान कोशी र मधेश प्रदेशमाआंशिकदेखि सामान्य बदली रहेकाे छ। साथै बाँकी भू-भागमा भने आंशिक बदलीदेखि सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । बिहीबार दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। त्यस्तै, कोशी, बागमती, गण्डकी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बिहीबार राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेकाे छ। त्यस्तै, बाँकी प्रदेशमा आंशिक…
Read More
दशैं-तिहारपछि विकास निर्माणका काम सुरू हुनेः अध्यक्ष खड्का

दशैं-तिहारपछि विकास निर्माणका काम सुरू हुनेः अध्यक्ष खड्का

१६ असाेज, काठमाडाैं । राप्ती सोनारी गाउँपलिकाकाे जनसंख्याको हिसाबले नेपालकै सबै भन्दा ठूलो गाउँपालिका हो । साेही गाउँपालिकाकाे जनसंख्या– ५९ हजार ९ सय ४६ रहेकाे छ । कुल क्षेत्रफल १०४१.७३ वर्ग किलाेमिटर रहेको यो गाउँपालिकाकोे अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर भावर क्षेत्रलाई समेटेको छ । पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर न.पा र डुडुवा गा.पा.,उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गा.पा र भारतीय सीमानाको चौघेरामा यो गाउँपालिका रहेको छ । साविकका ६ वटा गाविसहरु खासकुश्मा,कचनापुर,बैजापुर,बिनौना,फत्तेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिकामा ९ वडामा विभाजित छ । गा.पा मा समावेश भएका साविक गा.वि.स. हरुः–खासकुश्मा,कचनापुर,बैजापुर,बिनौना,फत्तेपुर र महादेवपुरी रहेका छन् ।…
Read More
एशियाली खेलकुदको क्रिकेटमा नेपाल पराजित

एशियाली खेलकुदको क्रिकेटमा नेपाल पराजित

१६ असाेज,काठमाडौं । चीनमा जारी १९औं एशियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाली टोली क्वाटरफाइलमा पराजित भएको छ । मंगलबार बिहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा भएको खेलमा भारतले दिएको २ सय ३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ रनले पराजित भएको हो । नेपालले ९ विकेट गुमाएर १ सय ७० रन मात्रै बनाएकाे हाे । नेपाली ब्याटरले उत्कृष्ट प्रदर्शन गरे पनि जित निकाल्न सकेनन् । नेपाल र भारतबीचको याे पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल हो। यसअघि नेपालले एशिया कपमा भारतसँग पहिलो एकदिवसीय खेल खेलेको थियो।  
Read More
पशुपति मन्दिर जलहरी प्रकरण: १ किलो ४ सय ९१ ग्राम सुन हिनामिना

पशुपति मन्दिर जलहरी प्रकरण: १ किलो ४ सय ९१ ग्राम सुन हिनामिना

काठमाडौं । पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा १ करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँ बराबर एक किलो ४ सय ९१ ग्राम र ७ सय १८ मिलिग्राम सुन हिनामिना भएको पाइएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सो सम्बन्धमा गरेको प्रारम्भिक अनुसन्धानबाट सो स्थिति पाइएको हो । सुन हिनामिना गरेको आरोपमा पशुपति विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । त्यसै गरी कोषका तत्कालीन स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । कोषका पदाधिकारीहरूले मन्दिरमा सुनको जलहरी निर्माण गर्दा प्रयोग भएको सुनलगायतका धातुहरूको…
Read More
सुन तस्करी काण्ड: उच्चस्तरीय जाँचबुझ आयोग गठन

सुन तस्करी काण्ड: उच्चस्तरीय जाँचबुझ आयोग गठन

काठमाडौं । नेपाललाई मुख्य ट्रान्जिट बनाएर नेपालसहित विभिन्न मुलुकमा अवैध सुन कारोबार गर्ने तस्करहरूको छानबिन र कारबाहीका लागि सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगलाई सुन तस्करीको छानबिन तथा जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभयो । आचार्य नेतृत्वको समितिमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देक किशोरजंग कार्की, पूर्व सहसचिव प्रेमराज जोशी र नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक सहकुल थापा सदस्य रहेका छन् । गत साउन २ मा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार…
Read More
आत्महत्यामा सामाजिक संरचनाको प्रभाव

आत्महत्यामा सामाजिक संरचनाको प्रभाव

काठमाडौं । नेपाली समाजमा दिनरप्रतिदिन आत्माहत्या बढ्दै गएको छ । यो अहिलेको जल्दोबल्दो समस्या हो । यसको दर बढेको बढ्यै छ तर राज्यको निकायले यो क्षेत्रलाई कसरी निराकरण गर्न सकिन्छ भनेर त्यति ध्यान दिएको पाइँदैन । समाजमा आत्महत्या हुन्छ, केही दिन यसबारे हो-हल्ला हुन्छ, त्यत्तिकै हराएर जान्छ । कुनै पनि मानिसले त्यत्तिकै आत्महत्या गर्दैन । उसले जीवन जिउनका लागि धेरै संघर्ष गरेको हुन्छ । समाजमा जिउन हरप्रयास गरेको हुन्छ । धेरै संघर्षपश्चात पनि उसले जीवन जिउने आधार पाएन भने उसको अन्तिम उपाय आत्महत्या हो । मनोचिकित्सक भन्छन्–आत्महत्या तनावपूर्ण जीवन परिस्थितिहरूको प्रतिक्रिया हो । यो मानसिक स्वास्थ्य समस्याहरूमा विशेषगरी डिप्रेसनको चरम अभिव्यक्ति हो । विभिन्न मनोविद्का अनुसार आत्महत्या भनेको एक जेनेटिक…
Read More
दोषी गृह प्रशासन!

दोषी गृह प्रशासन!

काठमाडौं । चिकित्सकहरूको आन्दोलन स्थगित भएको भोलिपल्टै काठमाडौं मेडिकल कलेज सिनामंगलमा अध्ययनरत इन्टर्न डाक्टर मनीष खड्का कुटिएका छन्। उनलाई आइतबार दिउँसो अस्पतालकै नेफ्रोलोजी युनिटमा बिरामीका आफन्तले कुटेका हुन्।चिकित्सकको पर्खाइमा रहेका बिरामीका आफन्तले छिट्टो र उपचार सेवा दिन अनुरोध गर्दा खड्काले भिड नगर्न र पालो पर्खिन भनेपछि आक्रोशित आफन्तले उनलाई कुटेको अस्पतालका जनरल प्रबन्धक नारायण दाहालले बताए। गुल्मीका २२ वर्षीय रूपक गौतम र सोही जिल्ला घर भई सिनामंगल बस्ने सरोज गौतमले चिकित्सक खड्कामाथि हातपात गरेका थिए। घटनालगत्तै प्रहरीले सिसिटिभी फुटेज हेरेर दुई जनालाई पक्राउ गरेको हो। अरू दिनका तुलनामा आइतबार चाप बढी हुँदा बिरामीले भनेकै समयमा पालो पाएका थिएनन्। इन्टर्न डाक्टरले…
Read More
अभिनाशको कीर्तिमानी ६ विकेटसँगै नेपाल क्वाटरफाइनलमा

अभिनाशको कीर्तिमानी ६ विकेटसँगै नेपाल क्वाटरफाइनलमा

१४ असोज,काठमाडौँ । तीव्र गतिका बलर अभिनाश बोहराले कीर्तिमानी ६ विकेट लिएसँगै नेपाल १९औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपालले माल्दिभ्सलाई एक सय ३८ रनले पराजित गरेको हो । नेपालले अब समूह ‘ए’ को विजेताका रुपमा क्वाटरफाइनलमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीङ्लका र अफगानिस्तानमध्ये एउटासँग खेल्ने छ । चीनको हाङ्झाउमा आज टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय १२ रन बनाएको थियो । दुई सय १३ रनको विजय लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सको पारी १९ दशमलव चार ओभरमा मात्र ७४ रनमा समेटियो । यस क्रममा नेपालका तीव्र गतिका…
Read More
जर्मन विदेशमन्त्रीले चिनियाँ राष्ट्रपतिलाई ‘तानाशाह’ भनेपछि सम्बन्ध चिसियो

जर्मन विदेशमन्त्रीले चिनियाँ राष्ट्रपतिलाई ‘तानाशाह’ भनेपछि सम्बन्ध चिसियो

एजेन्सी । जर्मन विदेशमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई ‘तानाशाह’ भनेपछि दुई मुलकबीचको सम्बन्धमा पुनः तनाव पैदा भएको छ । जर्मन विदेशमन्त्री एन्नालेना बाएरबकले अमेरिकी टेलिभिजनसँगको साक्षात्कारमा चिनियाँ राष्ट्रपति सीलाई तानाशाहको संज्ञा दिएकी थिइन् । अमेरिका भ्रमणका क्रममा फक्स न्यूज टेलिभिजन च्यानलसँगको साक्षात्कारमा विदेशमन्त्री बाएरबकले राष्ट्रपति सीलाई तानाशाह भनेपछि चीनले जर्मन राजदूतसँग स्पष्टीकरण सोधेको छ । अमेरिकाको टेक्सस राज्यमा फक्स न्यूजलाई दिएको अन्तरवार्तामा उनले युक्रेनमा जारी आक्रमणमा रुसी भूमिकाको निन्दासमेत गरेकी थिइन् । उक्त अन्तरवार्तामा उनले ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस युद्धमा विजयी हासिल गरेको खण्डमा चिनियाँ राष्ट्रपति सीजस्ता तानाशाहलाई कस्तो सन्देश जाला ?’ भन्ने प्रश्न गरेकी थिइन् । त्यसैले स्वतन्त्रता,…
Read More
Page 10 of 40
1 … 8 9 10 11 12 … 40
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.