दोषी गृह प्रशासन!

Share Icon

काठमाडौं । चिकित्सकहरूको आन्दोलन स्थगित भएको भोलिपल्टै काठमाडौं मेडिकल कलेज सिनामंगलमा अध्ययनरत इन्टर्न डाक्टर मनीष खड्का कुटिएका छन्।

उनलाई आइतबार दिउँसो अस्पतालकै नेफ्रोलोजी युनिटमा बिरामीका आफन्तले कुटेका हुन्।चिकित्सकको पर्खाइमा रहेका बिरामीका आफन्तले छिट्टो र उपचार सेवा दिन अनुरोध गर्दा खड्काले भिड नगर्न र पालो पर्खिन भनेपछि आक्रोशित आफन्तले उनलाई कुटेको अस्पतालका जनरल प्रबन्धक नारायण दाहालले बताए।

गुल्मीका २२ वर्षीय रूपक गौतम र सोही जिल्ला घर भई सिनामंगल बस्ने सरोज गौतमले चिकित्सक खड्कामाथि हातपात गरेका थिए। घटनालगत्तै प्रहरीले सिसिटिभी फुटेज हेरेर दुई जनालाई पक्राउ गरेको हो।

अरू दिनका तुलनामा आइतबार चाप बढी हुँदा बिरामीले भनेकै समयमा पालो पाएका थिएनन्। इन्टर्न डाक्टरले आफ्नो पालोमा जँचाउन सुझाएपछि एक बिरामीका आफन्तले एक्कासि आएर समातेर भित्तामा लगेर ठोक्काएको प्रबन्धक दाहालले बताए।

याे समाचार आजकाे नागरिक दैनिकमा प्रकाशित छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.