Share Icon

काठमाडौं । नेपाली समाजमा दिनरप्रतिदिन आत्माहत्या बढ्दै गएको छ ।

यो अहिलेको जल्दोबल्दो समस्या हो । यसको दर बढेको बढ्यै छ तर राज्यको निकायले यो क्षेत्रलाई कसरी निराकरण गर्न सकिन्छ भनेर त्यति ध्यान दिएको पाइँदैन । समाजमा आत्महत्या हुन्छ, केही दिन यसबारे हो-हल्ला हुन्छ, त्यत्तिकै हराएर जान्छ । कुनै पनि मानिसले त्यत्तिकै आत्महत्या गर्दैन । उसले जीवन जिउनका लागि धेरै संघर्ष गरेको हुन्छ ।

समाजमा जिउन हरप्रयास गरेको हुन्छ । धेरै संघर्षपश्चात पनि उसले जीवन जिउने आधार पाएन भने उसको अन्तिम उपाय आत्महत्या हो । मनोचिकित्सक भन्छन्–आत्महत्या तनावपूर्ण जीवन परिस्थितिहरूको प्रतिक्रिया हो । यो मानसिक स्वास्थ्य समस्याहरूमा विशेषगरी डिप्रेसनको चरम अभिव्यक्ति हो ।

विभिन्न मनोविद्का अनुसार आत्महत्या भनेको एक जेनेटिक आधार हो, आफ्नै मनोविज्ञान र भावनात्मका कारणले गर्दा नै मानिसले आत्महत्या गर्ने निर्णय गर्छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

Facebook Comments Box

Share Icon