प्रधानमन्त्री दाहालको चीन भ्रमण औपचारिकतामा सीमित
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको उधारा प्रतिबद्धता गरे पनि चीन भ्रमण औपचारिकतामा मात्रै सीमित भएको छ । एजेन्डाविहीन बनेर चीन भ्रमणमा गएका प्रधानमन्त्री दाहालले पुराना सम्झौताको विषयमा कुनै छलफल हुन सकेन । आठदिने भ्रमणका क्रममा महत्वपूर्ण राजनीतिक भेटवार्ता र बैठक पूरा भइसकेको छ । अब आउँदो १३ असोजसम्म भ्रमण र निरीक्षण गरेर दिन बित्ने छ । तीन दिनबीच प्रधानमन्त्री दाहालले अमेरिकाबाट चीन पुगेकै दिन चिनियाँ राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गरे । सोही दिन १९औं एसियन गेममा सहभागिता जनाए । दोस्रो दिन प्रधानमन्त्री दाहालले चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गरेका थिए । साथै प्रधानमन्त्री पुष्पकमल…
