Uncategorized

गुमनाम सुनकाण्ड, जाँचबुझ आयोग अन्योलमा

गुमनाम सुनकाण्ड, जाँचबुझ आयोग अन्योलमा

काठमाडौं । ६१ किलो सुन तस्करीका मुख्य लगानीकर्ता को–को हुन् भन्ने बारे सरकारी अनुसन्धानकर्ताले अझै पत्ता लगाउन नसक्दा यो विषय गुमनाम बन्दै गएको छ । सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेका ३२ अभियोगीमध्ये सबैजसो भरिया र सहयोगी मात्रै रहेका छन् । साउन २ मा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको ६१ किलोसहित यसअघिका सुन प्रकरणसमेतको अध्ययनका लागि सरकारले बनाउने भनेको उच्चस्तरीय जाँचबुझ आयोगसमेत बनाउन सकेको छैन । भदौ ६ गते संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त दलहरूबीच भएको सहमतिअनुसार असोज ५ मा उक्त आयोग बनाएर सुन तस्करी सम्बन्धी अहिलेसम्मका सबै प्रकरणको अध्ययन अनुसन्धान गर्ने भनिएको उधारो सहमति…
Read More
प्रिमियर लिगमा सिटी र युनाइटेड विजयी

प्रिमियर लिगमा सिटी र युनाइटेड विजयी

७ असाेज,काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेड विजयी भएका छन् । लिग तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले शनिबार रातिको खेलमा नटिङ्घम फरेष्टलाई २–० ले पराजित गरेकाे हाे। सिटीको लागि फिल फोडेन र अर्लिङ ब्रट हाल्याण्डले एक-एक गोल गरेका थिए । शनिबार राति भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले बर्नेलेमाथि १–० को जित निकाल्यो । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेजले निर्णायक गोल गरेका हुन् । प्रिमियर लिगका अन्य खेलहरुमा एभर्टनले ब्रेन्टफोर्डलाई ३–१ ले हराउँदा लुटन टाउन र वुल्भरह्याम्पटन वान्डरर्सले १–१ गोलको तथा क्रिष्टल प्यालेस र फुल्हमले गोलरहित बराबरी खेलेका छन् । प्रिमियर लिगमा शनिबार रातिको खेलपछि ६…
Read More
क्रिकेटर सन्दीप विरूद्धको मुद्दामा आज सुनुवाई हुने

क्रिकेटर सन्दीप विरूद्धको मुद्दामा आज सुनुवाई हुने

७ असाेज, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने  विरुद्धको जबरजस्ती करणीको मुद्दामा आइतबार सुनुवाई हुने भएकाे छ। आइतबार जिल्ला अदालत काठमाडौंमा सुनुवाईका लागि  सो मुद्दाको पेशी तोकिएको हो । गत साता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दाको सुनुवाई आइतबारका लागि सारिएको हो । गत कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २८ पटक पेशीमा चढिसकेको छ । जिल्ला अदालतले यो मुद्दामा मगाएका सबै कागजात प्राप्त भइसकेको जनाएकाे छ।
Read More
तेस्रो विवाहका लागि छोरी उखुबारीमा बाँधेर फरार आमा पक्राउ

तेस्रो विवाहका लागि छोरी उखुबारीमा बाँधेर फरार आमा पक्राउ

महेन्द्रनगर । आफ्नै कोखबाट जमाएको सन्तान सबैलाई प्यारो हुन्छ । तर आफैंले जन्माएको एक सन्तानलाइ आफैंले राती एक अन्जान ठाउँ त्यो पनि सुनसान उखुबारीमा एक हातमा दुप्पटाले हात बाधेर उखुको बोटमा बाँधेर आउँदा त्यो आमाको मन कस्तो भयो होला ? आफैंले जन्म दिएकी आमा कति निर्दयी बन्न सकिन होला ? ९ महिने दुधे शिशु छोरीलाई उखुबारीमा बाँधेर परपुरुषसँग भागेकी एक महिला कञ्चनपुरको बेलडाडी गाउँ पालिकाबाट पक्राउ परेकी छिन । शुक्रबार बिहानै ९ महिने शिशुलाई बेलौरी नगरपालिका ७ बैरैया हातिबोझाको उखुबारीमा हात बाँधेर परपुरुषसंग भाग्न लागेकी महिला पक्राउ परेकी हुन । पुनर्वास नगरपालिका २ अमरैया माईती घरमै बस्दै आएकी सर्मिला चौधरी…
Read More
राहत शिक्षक संघले जारी राख्यो आन्दोलन

राहत शिक्षक संघले जारी राख्यो आन्दोलन

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग गरेको ६ बुँदे सहमति सेलाउन नपाउँदै सहमतिलाई धोका भएको भन्दै असन्तुष्ट राहत शिक्षक संघले आन्दोलन यथावत रहेको जनाएको छ । महासंघ र सरकारले एकलौटी ढंगबाट सहमति गरेको आरोप लगाउँदै राहत शिक्षक संघले आन्दोलनको कार्यक्रमलाई यथावत् राखेको हो ।राहत शिक्षक संघका महासचिव कुमार बजगाईंले आन्दोलनरत घटकको पूर्ण सहमति बेगर भएको सहमतिलाई मान्य नहुने टिप्पणी गर्दै भन्नुभयो–‘शुक्रबार भएको ६ बुँदे सहमति विभिन्न शिक्षक र कर्मचारीको हितविपरीत छ, त्यसलाई मान्न सक्दैनाैं । हामीले शनिबारबाट आन्दोलन सुरू गरेका छौं, सबै निकायको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ ।’ उहाँले संघको नेतृत्वमा भएको आन्दोलनलाई विद्यालय कर्मचारी, साबिकको उच्च माध्यमिक…
Read More
एमालेमा लोकतान्त्रिक अभ्यासको पुनरागमन

एमालेमा लोकतान्त्रिक अभ्यासको पुनरागमन

काठमाडौं । संसद्को दोस्रो ठूलो दल नेकपा कम्युनिस्ट पार्टी (एमाले) पुनः लोकतान्त्रिक अभ्यासको चरणमा प्रवेश गरेको छ । लामो समय केन्द्रीय नेतृत्वले तल्लो तहको नेतृत्व चयनमा हस्तक्षेप गर्दै आएको एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा पहिलोपटक मतदानबाट नेतृत्व चयन भएसँगै एमालेमा लोकतान्त्रिक अभ्यासको पुनरागमन भएको हो । करिब एक साताको रस्साकस्सीकाबीच गत भदौ १९ मा सम्पन्न प्रथम प्रदेश अधिवेशनमा १ हजार ५ प्रतिनिधिको मतदानबाट नेताहरू निर्वाचित भए । प्रदेशसभाको प्रथम अधिवेशनमा ४ सय ७९ मतका साथ राधाकृष्ण कँडेल प्रदेश अध्यक्षमा निर्वाचित हुँदा ४ सय ७७ मत ल्याएर हरि रिजाल उपविजेता हुनुभयो । माओवादीसँग एकतासँगै प्रतिनिधिहरूको मतका आधारमा नेतृत्व चयन प्रक्रिया बन्द भएको…
Read More
सोसल मिडियाको कुलत

सोसल मिडियाको कुलत

काठमाडौं । सोसल मिडिया समाजको एक अभिन्न र महत्त्वपूर्ण अंग बनेको छ। सोसल मिडियाका कारण नै सारा संसार मानिसको घर–घरमा, हात–हातमा पुगेको छ। सूचना आदान–प्रदान गर्न, मनोरञ्नात्मक कार्यक्रम हेर्न तथा खेल्न, ज्ञानगुन र सिपका कुरा प्रस्तुत गर्न तथा सिक्न सोसल मिडिया वरदान साबित भएको छ। सोसल मिडियाका कारण नै आफन्त तथा साथीसंगीसँग सिधा सम्पर्क गर्न सजिलो भएको छ। सोसल मिडियामार्फत निःशुल्क र तुरुन्त सन्देश, फोटो तथा भिडियो आदान–प्रदान गर्न सकिन्छ। ‘फेस टु फेस’ कुराकानी गर्न सकिन्छ। सोसल मिडिया अभिव्यक्तिको सशक्त माध्यम पनि हो। त्यसैले हिजो आज सोसल मिडिया अन्याय, अत्याचार र भ्रष्टचारका विरुद्ध आवाज उठाउने सशक्त साधन पनि भएको छ।…
Read More
सरकार आफैं सुन तस्कर होः अध्यक्ष ओली

सरकार आफैं सुन तस्कर होः अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैंले सुन तस्करी गरिरहेको आरोप लगाएका छन्। स्वर्ण युगको झल्को दिनेगरी सरकार आफैँ सुन तस्करीमा संलग्न रहेको ओलीको जिकिर थियो। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सुन तस्करी प्रकरण चलाउनेहरु आफैँले स्वर्ण युग आयो भनेर भनिरहेको भन्दै सरकारको कटाक्ष पनि गरे।चिल आयो, चिल आयो भनेर देखाउने अनि कुखुरा आफू बोकेर कुद्ने शैली सरकारले अपनाएको ओलीको भनाइ थियो। उनले देशको अवस्था नाजुक भएको उल्लेख गर्दै यस्तो अवस्थामा परिवर्तन ल्याउनैपर्ने बताए। ओलीले भने, ‘प्रश्न के हो भने अगाडि बढने हो भने देशलाई शिरमा राख्न सक्नुपर्दछ। सब भन्दा…
Read More
प्रचण्डको चीन भ्रमणमा एक दर्जन बढी एजेण्डा

प्रचण्डको चीन भ्रमणमा एक दर्जन बढी एजेण्डा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको महासभाको बैठक सकेर चीन पुगेका छन् । आठदिने चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनपिङ र चिनियाँ प्रधानमन्त्री ली छ्याङलगायत अन्य उच्च अधिकारीसँग भेट्ने कार्यक्रम रहेकोमा पहिलो दिन नै राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गरेका छन् । बीआरआई कार्यान्वयनमा चीनले प्रस्ताव गर्दैशनिबार साँझ नै प्रधानमन्त्री दाहाल एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी भएका छन् । साथै चिनियाँ अरबपति ज्याक माको स्वामित्वमा रहेको अलिबाबा समूहको मुख्यालय भ्रमण गरेका छन् । माले असारको अन्त्यमा नेपाल भ्रमण गरे पनि प्रधानमन्त्री दाहाललाई भेटेका थिएनन् । ‘नेपाल र चीन असल मित्र, नजिकका छिमेकी र भरपर्दो…
Read More
शिक्षकहरू घर फर्किंदै

शिक्षकहरू घर फर्किंदै

६ असाेज, काठमाडाैं । नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनका कारण छुटेको दुई दिनको पढाइका लागि अनुकूलताअनुसार सट्टा पठनपाठन गराउने जनाएकाे छ । महासंघ अध्यक्ष कमला तुलाधर र उपाध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शनिबार जारी गरेको विज्ञप्तिमा छुटेको कक्षा बिदाका समयमा सञ्चालन गर्न सामुदायिक विद्यालयका शिक्षकलाई आग्रह गरिएको छ । नेपाल सरकारसँग शुक्रबार भएको ६ बुँदे सहमति महत्वपूर्ण भएकाले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाउँदै महासंघले आन्दोलनमा सहभागी सम्पूर्ण शिक्षक तथा कर्मचारीमा धन्यवाद दिएको छ । आन्दोलनका कार्यक्रम फिर्ता भएसँगै काठमाडौं बाहिरबाट आएका शिक्षक घर फर्कन थालेका छन् । विद्यालय शिक्षासम्बन्धी संसदमा दर्ता भएको विधेयकमा असन्तुष्ट जनाउँदै महासंघले यहि असोज ३, ४…
Read More
Page 13 of 40
1 … 11 12 13 14 15 … 40
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.