Share Icon

६ असाेज, काठमाडाैं । नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनका कारण छुटेको दुई दिनको पढाइका लागि अनुकूलताअनुसार सट्टा पठनपाठन गराउने जनाएकाे छ ।

महासंघ अध्यक्ष कमला तुलाधर र उपाध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शनिबार जारी गरेको विज्ञप्तिमा छुटेको कक्षा बिदाका समयमा सञ्चालन गर्न सामुदायिक विद्यालयका शिक्षकलाई आग्रह गरिएको छ ।

नेपाल सरकारसँग शुक्रबार भएको ६ बुँदे सहमति महत्वपूर्ण भएकाले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाउँदै महासंघले आन्दोलनमा सहभागी सम्पूर्ण शिक्षक तथा कर्मचारीमा धन्यवाद दिएको छ । आन्दोलनका कार्यक्रम फिर्ता भएसँगै काठमाडौं बाहिरबाट आएका शिक्षक घर फर्कन थालेका छन् ।

विद्यालय शिक्षासम्बन्धी संसदमा दर्ता भएको विधेयकमा असन्तुष्ट जनाउँदै महासंघले यहि असोज ३, ४ र ५ गते काठमाडौंमा आन्दोलन गरेको थियो ।

Facebook Comments Box

Share Icon