बेल्ट एन्ड रोडले २० खर्ब डलरभन्दा बढीको सम्झौता गरेको छ– बेइजिङ

Share Icon

२३ असोज,एजेन्सी । चीनले उसको बेल्ट एन्ड रोड इनिसिएटिभ पूर्वाधार परियोजनाले विश्वभर २० खर्ब अमेरिकी डलरको सम्झौता गरेको मङ्गलबार घोषणा गरेको छ । उक्त रकम विश्वका केही ठूला अर्थतन्त्रको आकार बराबर हो ।

चीनको स्टेट काउन्सिलको श्वेतपत्रमा उक्त परियोजनामा सहभागी मुलुकहरूमाथि एक्सपोर्ट–इम्पोर्ट बैंक अफ चाइना (एक्जिमबैंक) को तीन खर्ब डलरभन्दा बढी ऋण रहेको बताइएको छ । एक विज्ञका अनुसार उक्त आँकडा कम हुने बताइएको थियो तर यसले विश्वव्यापी पूर्वाधारमा भएको ठूलो ऋणलाई नजरअन्दाज गर्छ ।

चीनले यसै महिना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को १०औँ वार्षिकोत्सव मनाउँदै छ । यसलाई बेइजिङले राष्ट्रपति सि जिनपिङका लागि परिभाषित भूराजनीतिक परियोजनाका सन्दर्भमा विश्वभरका परियोजनाहरूमा खर्बौँ डलर खर्च गरेको रूपमा हेरिएको छ ।

तर आलोचकहरूले चीनले न्यून आम्दानी भएका मुलुकहरूलाई विशाल र बहन गर्न नसकिने ऋण प्रस्ताव गरेर ऋणको पासोमा फसाउन खोजेको आरोप लगाएका छन् ।

बेइजिङले मङ्गलबार साझेदारहरूसँग निर्माण सम्झौताहरूमा गरिएको रकम अहिले २० खर्ब अमेरिकी डलर पुगेको बताएको छ । उक्त रकम रुस र क्यानाडाको अर्थतन्त्रको आकार हाराहारी हो ।

साथै उसले चिनियाँ निर्माण व्यवसायीहरूको लगानी वास्तविक रूपमा १३ खर्ब डलर पुगेको बताएको छ । बेइजिङले एक्जिमबैंकबाट बीआरआई परियोजनाहरू लागि ऋणको सन्तुलन कूल २२ खर्ब युआन (तीन खर्ब ७४ करोड डलर) पुगेको जनाएको छ ।

“यसले एक सय ३० भन्दा बढी सहभागी मुलुक, चार खर्ब डलर लगानी र २० खर्ब डलरभन्दा बढीको व्यापारलाई समेट्छ”, ऋणमा प्रतिमुलुक औसत दुई अर्ब ४० करोड डलर रहने उल्लेख गर्दै श्वेतपत्रमा भनिएको छ । तर श्वेतपत्रमा कुन मुलुकलाई ऋणको भार धेरै छ भन्नेबारे केही उल्लेख गरिएको छैन । साथै ऋणमा लाग्ने ब्याज दर पनि उल्लेख गरिएको छैन ।

एक विज्ञका अनुसार उक्त आँकडा ठूलो हुँदाहुँदै पनि सम्भवतः धेरै कम आकलन गरिएको थियो । “अर्को एउटा शैक्षिक अनुसन्धान पत्र पनि छ जसमा लुकाइएका ऋणका बारेमा लेखिएको छ र यसले आठ खर्ब डलरसम्म ऋण थप्न सक्छ”, एटलान्टिक ग्लोबल चाइनना हबका गरआवासीय अधिकारी निभा याउले भन्नुभयो, “हामीसँग सामान्य अवस्थामा ती परियोजना र यो आँकडा कसरी थपिए भन्नेबारेमा केही जानकारी छैन ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.