गुमनाम सुनकाण्ड, जाँचबुझ आयोग अन्योलमा

Share Icon

काठमाडौं । ६१ किलो सुन तस्करीका मुख्य लगानीकर्ता को–को हुन् भन्ने बारे सरकारी अनुसन्धानकर्ताले अझै पत्ता लगाउन नसक्दा यो विषय गुमनाम बन्दै गएको छ ।

सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेका ३२ अभियोगीमध्ये सबैजसो भरिया र सहयोगी मात्रै रहेका छन् । साउन २ मा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको ६१ किलोसहित यसअघिका सुन प्रकरणसमेतको अध्ययनका लागि सरकारले बनाउने भनेको उच्चस्तरीय जाँचबुझ आयोगसमेत बनाउन सकेको छैन ।

भदौ ६ गते संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त दलहरूबीच भएको सहमतिअनुसार असोज ५ मा उक्त आयोग बनाएर सुन तस्करी सम्बन्धी अहिलेसम्मका सबै प्रकरणको अध्ययन अनुसन्धान गर्ने भनिएको उधारो सहमति कार्यान्वयन गर्न दलहरूबीच पुनः सकस देखिएको छ ।

आइतबार गृह मन्त्रालयमा बसेको दलीय संयन्त्रको बैठकमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानलाई मान्यता दिएर अध्ययन गर्ने कि सुन तस्करीको आफैं अनुसन्धान गर्ने भन्नेमा सत्तारुढ र विपक्षी दलहरूबीच विवाद हुँदा उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेशबारे भएको छलफल बिना निष्कर्ष टुंगिएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.