महाधिवेशनमा पराजितलाई उपहारमा केन्द्रीय सदस्य

Share Icon

काठमाडौं । मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपालीकांग्रेसमा गत १४औं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिएर पराजित भएकालाई नै केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।

सभापति शेरबहादुर देउवाले मनोनीत गर्नुभएका अधिकांश केन्द्रीय सदस्यहरू पार्टीको महाधिवेशन प्रतिनिधिदेखि केन्द्रीय सभापतिको प्रत्यासी बनेर पराजित भएकाहरू रहेका छन् । सभापति देउवाले महाधिवेशन भएको २१ महिनामा पटकपटक गरी ३२ केन्द्रीय सदस्य मनोनीत गर्नुभएको छ ।

उनीहरू सबैजसो कुनै न कुनै पदमा उम्मेदवारी दिएर पराजित भएकाहरू छन् । सभापतिमा निकटतम प्रत्यासी स्वतः केन्द्रीय सदस्य हुने व्यवस्थाअनुसार १४औं महाधिवेशनमा प्रमुख प्रत्यासी डा। शेखर कोइराला स्वतः केन्द्रीय सदस्य हुनुभएको छ । उहाँबाहेक सभापति देउवाले आफूसँग प्रतिस्पर्धा गरेका सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्य बनाउनुभएको छ ।

त्यस्तै, उपसभापतिमा पराजित विजय गच्छदार, चन्द्र भण्डारी, सुजाता कोइराला, महामन्त्रीमा पराजित प्रकाशशरण महत र प्रदीप पौडेललाई केन्द्रीय सदस्य मनोनीत गरिएको छ । सहमहामन्त्रीमा पराजित जीवनबहादुर शाही हुम्ला, मानबहादुर विश्वकर्मा अर्घाखाँचीलाई पनि सभापति देउवाले केन्द्रीय सदस्यमा ल्याउनुभएको छ । केन्द्रीय सदस्यमा मनोनीत अन्य नेताहरू महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका, प्रदेशसभापति, क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिमा समेत पराजित भएकाहरूलाई ल्याइएको भन्दै पार्टीभित्र चर्को विरोध भइरहेको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.