Share Icon

७ असाेज, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने  विरुद्धको जबरजस्ती करणीको मुद्दामा आइतबार सुनुवाई हुने भएकाे छ।

आइतबार जिल्ला अदालत काठमाडौंमा सुनुवाईका लागि  सो मुद्दाको पेशी तोकिएको हो । गत साता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दाको सुनुवाई आइतबारका लागि सारिएको हो ।

गत कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २८ पटक पेशीमा चढिसकेको छ ।

जिल्ला अदालतले यो मुद्दामा मगाएका सबै कागजात प्राप्त भइसकेको जनाएकाे छ।

Facebook Comments Box

Share Icon