सन्दीप लामिछाने

क्रिकेट सन्दीपले त्रिदेशीय टी-२० श्रृंखला नखेल्ने

क्रिकेट सन्दीपले त्रिदेशीय टी-२० श्रृंखला नखेल्ने

२६ असाेज, काठामाडौं । क्रिकेट सन्दीप लामिछानेले त्रिदेशीय टी-२० शृंखला नखेल्ने निर्णय गरेका छन् । बिहीबार राति लामिछानेले सामाजिक सञ्जाल फेसबुकबाट कार्तिक १ गतेदेखि हुने शृंखलामा आफू सहभागी नहुने जानकारी गराएका हुन् । लामिछानेले आफू कठिन परिस्थितिबाट गुज्रिरहेको समेत बताएका छन् । घरेलु मैदानमा हुने त्रिदेशीय अन्तर्राष्ट्रिय क्रिकेट शंखलाको पहिलो खेलमा कार्तिक १ गते नेपालले यूएईसँग खेल्ने तय भएको छ । क्रिकेट लामिछानेले  विरुद्धको बलात्कार मुद्दा लामो समयदेखि अदालतमा विचाराधिन अवस्थामा रहेकाे छ ।
Read More
क्रिकेटर सन्दीप विरूद्धको मुद्दाको आज सुनुवाई हुँदै

क्रिकेटर सन्दीप विरूद्धको मुद्दाको आज सुनुवाई हुँदै

२५ असाेज, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको  बिहीबार सुनुवाई हुँदैछ । असोजमा दुई पटक पेशी चढे पनि स्थगित हुँदै आएको थियो । सर्वोच्च अदालतले यस मुद्दामा गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतलाई शिघ्र सुनुवाई (फास्ट ट्रयाक) तथा निरन्तर सुनुवाई (कन्टिनियस हेयरिङ) का प्रक्रिया अवलम्बन गरी छिट्टो कारबाही किनारा गर्नु भनि आदेश दिएको थियो । उक्त आदेश दिएको ७ महिना पूरा हुँदा समेत जिल्ला अदालतले फाइनल बहस गराउन सकेको छैन ।
Read More
क्रिकेटर सन्दीप विरूद्धको मुद्दामा आज सुनुवाई हुने

क्रिकेटर सन्दीप विरूद्धको मुद्दामा आज सुनुवाई हुने

७ असाेज, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने  विरुद्धको जबरजस्ती करणीको मुद्दामा आइतबार सुनुवाई हुने भएकाे छ। आइतबार जिल्ला अदालत काठमाडौंमा सुनुवाईका लागि  सो मुद्दाको पेशी तोकिएको हो । गत साता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दाको सुनुवाई आइतबारका लागि सारिएको हो । गत कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २८ पटक पेशीमा चढिसकेको छ । जिल्ला अदालतले यो मुद्दामा मगाएका सबै कागजात प्राप्त भइसकेको जनाएकाे छ।
Read More
सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाई स्थगित

सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाई स्थगित

१ असाेज, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको साेमबार हुने भनिएको सुनुवाई स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंका केही न्यायाधीशहरु तीज पर्वका कारण बिदामा बसेका, कसैको बढुवा भएर अन्तै जान लागेका र कसैको सरुवा भएकाले सुनुवाई स्थगित भएको हो । २०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछाने विरुद्धको जबरजस्ती करणीकाे मुद्दा हालसम्म २७ पटक पेशीमा चढिसकेको छ । सोमबारको सुनुवाई स्थगित हुँदा अर्को सुनुवाईको मिति भने तोकिएको छैन ।  
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.