सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाई स्थगित
१ असाेज, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको साेमबार हुने भनिएको सुनुवाई स्थगित भएको छ ।
जिल्ला अदालत काठमाडौंका केही न्यायाधीशहरु तीज पर्वका कारण बिदामा बसेका, कसैको बढुवा भएर अन्तै जान लागेका र कसैको सरुवा भएकाले सुनुवाई स्थगित भएको हो ।
२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछाने विरुद्धको जबरजस्ती करणीकाे मुद्दा हालसम्म २७ पटक पेशीमा चढिसकेको छ । सोमबारको सुनुवाई स्थगित हुँदा अर्को सुनुवाईको मिति भने तोकिएको छैन ।
Facebook Comments Box