Share Icon

१ असाेज,काठमाडौं । हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । साथै बाँकी भू–भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले  जनाएको हाे ।

साेमबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा  मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साेमबार राति देशभर आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागको केही स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।

Facebook Comments Box

Share Icon