Share Icon

२५ असाेज, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको  बिहीबार सुनुवाई हुँदैछ ।

असोजमा दुई पटक पेशी चढे पनि स्थगित हुँदै आएको थियो । सर्वोच्च अदालतले यस मुद्दामा गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो ।

न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतलाई शिघ्र सुनुवाई (फास्ट ट्रयाक) तथा निरन्तर सुनुवाई (कन्टिनियस हेयरिङ) का प्रक्रिया अवलम्बन गरी छिट्टो कारबाही किनारा गर्नु भनि आदेश दिएको थियो ।

उक्त आदेश दिएको ७ महिना पूरा हुँदा समेत जिल्ला अदालतले फाइनल बहस गराउन सकेको छैन ।

Facebook Comments Box

Share Icon