Share Icon

२५ असाेज, काठमाडौं । सरकारले इजरायलमा हमासले गरेको आक्रमणका कारण  २ सय ५४ जना नेपाली विद्यार्थीलाई बिहीबार राति नेपाल ल्याउने भएकाे छ।

इजरायलमा हमासले गरेको आक्रमणका कारण स्वदेश फर्कन चाहेका  पहिलाे चरणमा २ सय ५४ जना नेपाली विद्यार्थीलाई सरकारले नेपाल ल्याउने भएकाे हाे । विद्यार्थीलाई लिएर जहाज बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ ।

स्वदेश फर्किन चाहनेको संख्या  धेरै भएपछि पहिलो चरणमा विद्यार्थी मात्रै फर्काइने र त्यसपछि क्रमशः श्रमिकलाई फर्काइने इरानस्थित नेपाली दूतावासले जानकारी दिएको छ । इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गरेको हाे ।

नेपाली विद्यार्थीको उद्धारका लागि निगमको जहाज बिहीबार बिहान ४ बजे त्यसतर्फ प्रस्थान गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

Facebook Comments Box

Share Icon