एमाले मधेश प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि सहमतिकाे प्रयास हुँदै

Share Icon

२५ असाेज, काठमाडौं । नेकपा एमालेको मधेस प्रदेश अधिवेशनमा बिहीबारबाट नेतृत्व चयन प्रक्रिया सुरु हुने भएको छ ।

बन्दसत्र सकिएसँगै नेतृत्व चयन प्रक्रिया सुरु हुने भएको नेताहरुले  बताएका हुन् । बन्दसत्रले राजनीतिक र सांगठनिक प्रतिवेदन सुझावसहित पारित गरेको थियो ।

अधिवेशनका लागि १ हजार २७ प्रतिनिधि छनोट भएका छन् । प्रदेशको नेतृत्वका लागि सकेसम्म सहमतिको प्रयास गरिने मधेस प्रदेशको इन्चार्ज समेत रहनुभएका पार्टी सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

एमाले मधेस प्रदेश कार्यालयका उपसचिव फरमुद नदाफले पार्टीका उपलब्ध शीर्ष नेताहरूको बैठक बसेर सहमतिको प्रयास गर्ने सहमति नजुटे निर्वाचन प्रकृयामा जाने जानकारी दिनुभयो ।

ईश्वर पोखरेल, शंकर पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, पोलिटब्यूरो तथा केन्द्रीय सदस्यहरू बसेर सर्वसहमतिको प्रयास गर्ने तयारी भएकाे छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.