इजरायलको गाजा क्षेत्रमा नाकाबन्दीपछि मानवीय संकट

Share Icon

एजेन्सी । इजरायली बमबारी र नाकाबन्दीपछि गाजा क्षेत्रमा मानवीय संकट चुलिएको छ ।

त्यहाँका सर्वसााधारण नागरिकहरूलाई खाद्यान्न, इन्धन र पानीको अत्यावश्यक आपूर्तिको अनुमति दिन संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले आग्रह गर्नुभएको हाे । महासचिव गुटेरेसले गाजा क्षेत्रमा हजारौं बालबालिका र निहत्था सर्वसाधारणको जिवन रक्षाको लागि मानवीय सहायता अपरिहार्य भएको बताउनुभयो ।

अमेरिकाले इजरायल, संयुक्त राष्ट्रसंघ र इजिप्टसँग केही सहायता समग्र गाजा क्षेत्रमा पठाउने र त्यहाँका बासीन्दाहरूलाई बाहिर जान दिने विकल्पमाथि छलपल गरिरहेको जनाएको छ । इजरायलले औषधि, खाना, इन्धन र पानीलगायतका बिजुली आपूर्ति बन्द गरेपछि गाजा क्षेत्रमा मानवीय संकट गहिरिएको छ ।

साथै इजरायली सेनाले गाजा नजिकै हजारौंको संख्यामा भेला भएको र आफूलाई सुम्पिएको मिसन पूरा गर्न तयार अवस्थामा रहेको जनाएको छ। शनिबार भएको हमासको आक्रमणबाट इजरायलमा मृत्यु हुनेकाे संख्या १२ सय पुगेको छ भने गाजामा इजरायली पक्षबाट भएको जवाफी हमलामा ११ सय भन्दा बढी मानिसकाे मृत्यु भएकाे छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.