इजरायलको गाजा क्षेत्रमा नाकाबन्दीपछि मानवीय संकट
एजेन्सी । इजरायली बमबारी र नाकाबन्दीपछि गाजा क्षेत्रमा मानवीय संकट चुलिएको छ ।
त्यहाँका सर्वसााधारण नागरिकहरूलाई खाद्यान्न, इन्धन र पानीको अत्यावश्यक आपूर्तिको अनुमति दिन संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले आग्रह गर्नुभएको हाे । महासचिव गुटेरेसले गाजा क्षेत्रमा हजारौं बालबालिका र निहत्था सर्वसाधारणको जिवन रक्षाको लागि मानवीय सहायता अपरिहार्य भएको बताउनुभयो ।
अमेरिकाले इजरायल, संयुक्त राष्ट्रसंघ र इजिप्टसँग केही सहायता समग्र गाजा क्षेत्रमा पठाउने र त्यहाँका बासीन्दाहरूलाई बाहिर जान दिने विकल्पमाथि छलपल गरिरहेको जनाएको छ । इजरायलले औषधि, खाना, इन्धन र पानीलगायतका बिजुली आपूर्ति बन्द गरेपछि गाजा क्षेत्रमा मानवीय संकट गहिरिएको छ ।
साथै इजरायली सेनाले गाजा नजिकै हजारौंको संख्यामा भेला भएको र आफूलाई सुम्पिएको मिसन पूरा गर्न तयार अवस्थामा रहेको जनाएको छ। शनिबार भएको हमासको आक्रमणबाट इजरायलमा मृत्यु हुनेकाे संख्या १२ सय पुगेको छ भने गाजामा इजरायली पक्षबाट भएको जवाफी हमलामा ११ सय भन्दा बढी मानिसकाे मृत्यु भएकाे छ।







