प्रचण्डको चीन भ्रमणमा एक दर्जन बढी एजेण्डा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको महासभाको बैठक सकेर चीन पुगेका छन् ।
आठदिने चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनपिङ र चिनियाँ प्रधानमन्त्री ली छ्याङलगायत अन्य उच्च अधिकारीसँग भेट्ने कार्यक्रम रहेकोमा पहिलो दिन नै राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गरेका छन् ।
बीआरआई कार्यान्वयनमा चीनले प्रस्ताव गर्दैशनिबार साँझ नै प्रधानमन्त्री दाहाल एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी भएका छन् । साथै चिनियाँ अरबपति ज्याक माको स्वामित्वमा रहेको अलिबाबा समूहको मुख्यालय भ्रमण गरेका छन् । माले असारको अन्त्यमा नेपाल भ्रमण गरे पनि प्रधानमन्त्री दाहाललाई भेटेका थिएनन् ।
‘नेपाल र चीन असल मित्र, नजिकका छिमेकी र भरपर्दो साझेदारका रूपमा उत्कृष्ट द्विपक्षीय सम्बन्ध रहेको छ,’ परराष्ट्र मन्त्रालयले भ्रमण’दयगत जानकारी दिँदै भन्यो, ‘यस बलियो सम्बन्धको आधार संस्कृति, इतिहास र भूगोलमा धेरै समानता छन् । यो भ्रमणले हाम्रो सदियौं पुरानो द्विपक्षीय सम्बन्धलाई सुमधुर बनाउनुका साथै पारस्परिक हितका विभिन्न क्षेत्रमा सहयोगका क्षेत्रलाई विस्तार गर्नेछ ।’
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।







