Uncategorized

प्रधानमन्त्री दाहालको चीन भ्रमण पूर्ण रूपमा सफल भएको परराष्ट्रमन्त्री साउदको दावी

प्रधानमन्त्री दाहालको चीन भ्रमण पूर्ण रूपमा सफल भएको परराष्ट्रमन्त्री साउदको दावी

१३ असाेज, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण पूर्ण रूपमा सफल भएको दावी गर्नुभएको छ । मन्त्री साउदले आर्थिक र कूटनीतिक दृष्टिकोणले प्रधानमन्त्रीको भ्रमण सफल भएको बताउनुभएकाे हाे । चीनका राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री लि छ्याङसँग भएका द्विपक्षीय भेटवार्ता महत्वपूर्ण भएको उहाँको भनाई थियो । उहाँले दुई देशकाबीच भएका समझदारी र सम्झौताहरू पनि नेपालको हित, आर्थिक विकासका पक्षमा रहेको बताउनुभयो । उहाँले चीनले नेपाललाई उपलब्ध गराउने अनुदान कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट अघि बढाउने सहमति भएको पनि बताउनुभयो । दुई देशबीच भएका १३ वटा सम्झौता र सबै नाका खोल्ने सहमतिको परिणाम आगामी दिनमा नेपालको हितमा आउनेमा उहाँले…
Read More
२ खर्ब ६४ अर्ब बराबरको प्रत्यक्ष वैदेशिक लगानी

२ खर्ब ६४ अर्ब बराबरको प्रत्यक्ष वैदेशिक लगानी

काठमाडौं । नेपालमा ५७ मुलुकले २ खर्ब ६४ अर्ब रुपैयाँ बराबर प्रत्यक्ष रुपमा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले २०७९ असार मसान्तसम्मलाई आधार बनाएर गरेको अध्ययनमा सबै भन्दा बढी लगानी भारतबाट भित्रिएको देखाएको हाे । नेपाल राष्ट्र बैंकका अनुसार चुक्ता पुँजी स्वरुप सबैभन्दा धेरै अर्थात ५३.७ प्रतिशत वैदेशिक लगानी आएको छ । अध्ययन प्रतिवेदनले नेपालमा ६ सय ९४ ओटा कम्पनी प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालनमा रहेको देखाएको छ । ५७ मुलुकबाट भित्रियो वैदेशिक लगानी, भारतको सबै भन्दा बढी २०७९ सम्ममा भारतबाट सबै भन्दा धेरै ८८ अर्ब ६० करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी आएको हो । यसैगरी चीनबाट ३३ अर्ब…
Read More
ओलीको निर्देशन अस्वीकृत

ओलीको निर्देशन अस्वीकृत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अस्वीकृत भएको छ । अध्यक्ष ओलीको निर्देशन पार्टीका नेता मात्रै नभई सो पार्टीका सर्वसाधारण कार्यकर्ताले समेत अस्वीकार गरेका छन् । अध्यक्ष ओलीले जारी प्रदेश अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिँदैआएका छन् । सर्वसम्मत नेतृत्व चयन गर्न नसके प्यानल नबनाइ स्वच्छ रूपमा प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न ओलीले खोजेका छन् । तर, ओलीको निर्देशनविपरीत लुम्बिनी प्रदेश कमिटीको अधिवेशनमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले प्यानल बनाएरै प्रतिस्पर्धामा उत्रेका थिए । लुम्बिनीमा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न खोजेका थिए । र, सोहीनुसार जुट्न निर्देशन दिए पनि प्रतिनिधिहरूले…
Read More
घाटाको कम्पनीलाई नाफा देखाएर सोनापुरले सर्वसाधारणबाट रकम उठाउँदै

घाटाको कम्पनीलाई नाफा देखाएर सोनापुरले सर्वसाधारणबाट रकम उठाउँदै

काठमाडौं । घाटामा रहेको कम्पनीलाई नाफा देखाएर सोनापुर सिमेन्टले अर्को सातादेखि सर्वसाधारणलाई प्रिमियम भाउमा सेयर बिक्री गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७५/७६ सम्म १४ करोड ८३ लाख ३१ हजार रुपैयाँ सञ्चित घाटामा रहेको कम्पनीले साधारण सेयर निस्कासन गर्ने उद्देश्यले आव २०७६/७७ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरेर नाफामा देखाइएको छ । गलत तथ्य पेस गरेर आर्थिक वर्ष २०७६/७७, आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ मा नाफामा देखाइएको छ । कम्पनीले तीन वर्षको ८० करोड रुपैयाँ ब्याजलाई पुँजीकरण गरेर नाफामा गएको देखाएको हो । त्यसकै आधारमा नेपाल धितोपत्र बोर्डबाट प्रिमियम भाउमा आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो ।…
Read More
वन मन्त्रालयमा विकृति मौलाउँदो, कर्मचारी व्यवस्थापनमा त्रुटि नै त्रुटि

वन मन्त्रालयमा विकृति मौलाउँदो, कर्मचारी व्यवस्थापनमा त्रुटि नै त्रुटि

काठमाडौं । वन तथा वातावरण मन्त्रालयको नेतृत्व केही निश्चित व्यापारिक घराना तथा निजी क्षेत्र र स्वार्थ समूहको रुचिअनुसार सञ्चालन हुँदा वन क्षेत्रमा सुधार प्रक्रिया अवरुद्ध भएको छ । मुलुकमा रहेको समग्र वनको व्यवस्थापनमार्फत् काठदाउरामा देशलाई आत्मनिर्भर बनाउनुपर्ने मुख्य प्राथमिकतालाई छोडेर केही निजी क्षेत्रलाई खुसी पार्ने योजनाका साथ मन्त्रालयका मन्त्रीलगायतका अधिकारीहरू अगाडि बढ्न थालेपछि वन तथा वातावरण क्षेत्रको सुधार प्रक्रियामा समस्या देखिएको हो । वन मन्त्रालयले कर्मचारी व्यवस्थापनमा समेत हेलचक्र्याइँ गर्दै आइरहेको छ । मन्त्रालयका सचिव डा. दीपक खरालले कर्मचारीको उचित व्यवस्थापनमा खासै ध्यान दिन सकेका छैनन् । कतिपय संवेदनशील र महत्वपूर्ण निकायमा उपसचिव दरबन्दी रहेको ठाउमा सेटिङका आधारमा अधिकृतलाई नै…
Read More
चीन भ्रमण सोचेभन्दा फरक र सफल भयोः प्रधानमन्त्री दाहाल

चीन भ्रमण सोचेभन्दा फरक र सफल भयोः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण सोचे भन्दा पनि बढी सफल भएको आफूले महसुस गरेको बताएका छन्। आज चीनको स्वशासित क्षेत्र ल्हासा आइपुगेका प्रधानमन्त्री दाहालले ल्हासामा अवस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, “म अमेरिकादेखि नै आएँ र यस पटकको चीन भ्रमण कस्तो होला भन्ने पनि लागिरहेको थियो। तर अहिले मलाई महसुस भएको छ कि भ्रमण मैले, हामीले सोचेभन्दा पनि फरक भएको छ, सफल भएको छ।” यस पटकको आफ्नो चीन भ्रमण यसकारण पनि अन्तर्राष्ट्रियरुपमै चासो रहेको आफूले पाएको उनको भनाइ थियो। त्यसैले यो भ्रमणको सफलताका विषयमा सबैतिर चासो रहेको उनले बताए। प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको…
Read More
६ महिनाभित्र फेवाताल किनारका सबै संरचना हटाउन परमादेश

६ महिनाभित्र फेवाताल किनारका सबै संरचना हटाउन परमादेश

काठमाडौं । सर्वोच्च अदालतले फेवाताल किनारबाट ६५ मिटर क्षेत्रभित्रका सबै प्रकारका भौतिक संरचना ६ महिनाभित्र भत्काउन सरकारका नाममा दोस्रो पटक परमादेश जारी गरेको छ। सर्वोच्चले तालको जग्गा, डिल सरकारी जग्गा भएकाले त्यसवरिपरि बनेका भवनदेखि छाप्रोसम्म भत्काउन परमादेश जारी गरेको हो। न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले फेवाताल किनार क्षेत्रको सार्वजनिक सम्पत्ति मिच्ने प्रवृत्ति अन्त्य गरी हरियाली क्षेत्र घोषित गर्न ऐतिहासिक (ल्यान्ड मार्क) फैसला गरेको हो। यसअघि सर्वोच्च अदालतबाट भएको फैसला कार्यान्वयन नगरी पोखरा महानगरपालिकाले फेवाताल किनारबाट ३० मिटरसम्म मात्र तालको क्षेत्र कायम हुने निर्णय गरेको थियो। त्यसै निर्णयविरुद्ध अधिवक्ता खगेन्द्र सुवेदीलगायत चारजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश…
Read More
युवालाई स्वदेशमै राेक्ने अभियान संचालन गरेकाे छुः अध्यक्ष बस्नेत

युवालाई स्वदेशमै राेक्ने अभियान संचालन गरेकाे छुः अध्यक्ष बस्नेत

९ असोज, काठमाडौं । रामेछाप जिल्लाको उत्तरी भू-भागमा अवस्थित उमाकुण्ड गाउँपालिका रामेछाप जिल्लाको प्रचुर सम्भावनाले भरिएको गाउँपालिका हो। यो गाउँपालिका भौगोलिक हिसाबले रामेछाप जिल्लाकै सबै भन्दा ठूलो गाउँपालिका हो। जम्मा सात वटा वडा रहेको यो गाउँपालिकाको जनसंख्या १७ हजार ६ सय १ रहेको छ । यो गाउँपालिका ४५१.९९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। उमाकुण्ड गाउँपालिकाको केन्द्र हाल वडा नम्बर ४ प्रितीको च्यादलुमा रहेको छ । उमाकुण्ड गाउँँपलिकाको पूर्वमा सोलुखुम्बु र ओखलढुङ्गा जिल्ला,पश्चिममा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका उत्तरमा सोलुखुम्बु र दोलखा जिल्लाा र दक्षिणमा ओखलढुङ्गा र रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका पर्दछ। भौगोलिक विकटताको कारण यो गाउँपालिकाको समृद्धिमा निकै ठूलो चुनौती…
Read More
एशियाली खेलकुदकाे महिला फुटबलमा नेपाल पराजित

एशियाली खेलकुदकाे महिला फुटबलमा नेपाल पराजित

९ असाेज, काठमाडौं । चिनमा जारी १९ औं एशियाली खेलकुदको महिला फुटबलमा जापानले नेपाललाई ८–० ले  पराजित गरेकाे छ । पूर्वविश्वकप विजेता जापानले पहिलो हाफमा नेपालमाथि पाँच गोल गरेको हाे । दोस्रो हाफमा तिन गोल थपेको थियो । विश्वकै बलियो फुटबल टोली जापानविरुद्धको खेलमा नेपालका खेलाडीहरु पूरै समय रक्षात्मक बन्नु परेको थियो। समूहको पहिलो खेलमा नेपाललाई भिएतनामले २–० ले  पराजित गरेको थियो । जापानले भने आफ्नो पहिलो खेलमा बंगलादेशमाथि ८–० को जित निकालेको थियो। सोमबार नै भएको समूहको अर्को खेलमा भिएतनामले बंगलादेशलाई ६–१ ले पराजित गरेकाे थियाे । यो समूहबाट जापान र भियतनाम नक आउट चरणमा प्रवेश गरिसकेका छन् ।…
Read More
अकुत सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचारी ठहर

अकुत सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले पूर्वपर्यटनमन्त्री रामकुमार श्रेष्ठलाई भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले उनको सम्पत्ति र वैधानिकरूपमा आर्जन गरेको सम्पत्तिबिचमा स्रोत पुष्टि हुन नसकेको भन्दै भ्रष्टाचारी ठहर गरेको हो । विशेषले भ्रष्टाचार निवारण ऐनअनुसार ६ महिना कैद हुने फैसला गरेको छ । त्यस्तै ९८ लाख २५ हजार ५ सय रुपैयाँ बिगो र सोहीबराबर जरिमाना गर्ने फैसलासमेत सुनाएको छ । विशेष अदालले उनलाई सार्वजनिक पदमा रहँदा त्यसको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको र सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको भन्दै भ्रष्टाचार निवारण ऐन अनुसार कैद, बिगो…
Read More
Page 11 of 40
1 … 9 10 11 12 13 … 40
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.