युवालाई स्वदेशमै राेक्ने अभियान संचालन गरेकाे छुः अध्यक्ष बस्नेत
९ असोज, काठमाडौं । रामेछाप जिल्लाको उत्तरी भू-भागमा अवस्थित उमाकुण्ड गाउँपालिका रामेछाप जिल्लाको प्रचुर सम्भावनाले भरिएको गाउँपालिका हो। यो गाउँपालिका भौगोलिक हिसाबले रामेछाप जिल्लाकै सबै भन्दा ठूलो गाउँपालिका हो। जम्मा सात वटा वडा रहेको यो गाउँपालिकाको जनसंख्या १७ हजार ६ सय १ रहेको छ । यो गाउँपालिका ४५१.९९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। उमाकुण्ड गाउँपालिकाको केन्द्र हाल वडा नम्बर ४ प्रितीको च्यादलुमा रहेको छ । उमाकुण्ड गाउँँपलिकाको पूर्वमा सोलुखुम्बु र ओखलढुङ्गा जिल्ला,पश्चिममा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका उत्तरमा सोलुखुम्बु र दोलखा जिल्लाा र दक्षिणमा ओखलढुङ्गा र रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका पर्दछ। भौगोलिक विकटताको कारण यो गाउँपालिकाको समृद्धिमा निकै ठूलो चुनौती…
