Uncategorized

बेल्ट एन्ड रोडले २० खर्ब डलरभन्दा बढीको सम्झौता गरेको छ– बेइजिङ

बेल्ट एन्ड रोडले २० खर्ब डलरभन्दा बढीको सम्झौता गरेको छ– बेइजिङ

२३ असोज,एजेन्सी । चीनले उसको बेल्ट एन्ड रोड इनिसिएटिभ पूर्वाधार परियोजनाले विश्वभर २० खर्ब अमेरिकी डलरको सम्झौता गरेको मङ्गलबार घोषणा गरेको छ । उक्त रकम विश्वका केही ठूला अर्थतन्त्रको आकार बराबर हो । चीनको स्टेट काउन्सिलको श्वेतपत्रमा उक्त परियोजनामा सहभागी मुलुकहरूमाथि एक्सपोर्ट–इम्पोर्ट बैंक अफ चाइना (एक्जिमबैंक) को तीन खर्ब डलरभन्दा बढी ऋण रहेको बताइएको छ । एक विज्ञका अनुसार उक्त आँकडा कम हुने बताइएको थियो तर यसले विश्वव्यापी पूर्वाधारमा भएको ठूलो ऋणलाई नजरअन्दाज गर्छ । चीनले यसै महिना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को १०औँ वार्षिकोत्सव मनाउँदै छ । यसलाई बेइजिङले राष्ट्रपति सि जिनपिङका लागि परिभाषित भूराजनीतिक परियोजनाका सन्दर्भमा विश्वभरका…
Read More
वडामा बजेट अभावका कारणले विकास निर्माणका काम गर्न कठिनाइः अध्यक्ष थापा

वडामा बजेट अभावका कारणले विकास निर्माणका काम गर्न कठिनाइः अध्यक्ष थापा

२३ असाेज, काठमाडाैं । ढकारी गाउँपालिका प्रदेश नम्बर ७ अन्तर्गत अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेकोे गाउँपालिका हो । साविक ढकारी, हिच्मा, वलाता र ढुङ्गाचाल्ना र घोडासैन गाविस मिलेर बनेको यो गाउँपालिका २२७.८८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यस क्षेत्रको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास संभावनाहरुलाई देहाय बमोजिमका शिर्षकहरुमा व्याख्या गरिएको छ । समुन्द्री सतहबाट करिब ६ सय मिटरदेखि २ हजार २ सय मिटर सम्मको उचाईमा रहेको यस गाउँपालिका भौगोगिक अवस्थितिका हिसाबले २८ डिग्री ५३ मिनेट ५ सेकेण्ड देखि २९ डिग्री ०३ मिनेट १५ सेकेण्ड उत्तरी अक्षांश र ८१ डिग्री ०३…
Read More
चीनकाे नेसनल होलिडेमा पनि बढ्न सकेन चिनियाँ पर्यटक

चीनकाे नेसनल होलिडेमा पनि बढ्न सकेन चिनियाँ पर्यटक

काठमाडाैं । पर्यटक आगमन दर सन् २०१९ कै हाराहारीमा पुगिसक्दा पनि चिनियाँ पर्यटकको आगमन दर भने अझै बढ्न सकेको छैन। पर्यटक आगमन संख्याको हिसाबले भारतपछि दोस्रो ठूलो स्रोत बजारको रुपमा चीन अगाडि आए पनि अझै २०१९ को हाराहारीमा चिनियाँ पर्यटक आएका छैनन। सन् २०२३ को सेप्टेम्बरमा ९१ हजार पर्यटकले नेपाल भ्रमण गरेकोमा २८ हजार ६ सय ९४ जना भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन् भने दोस्रो स्रोत राष्ट्र नै भए पनि चीनबाट सेप्टेम्बरमा ८ हजार १ सय ७४ जना मात्रै पर्यटकले नेपाल भ्रमण गरेका छन्। भारतबाट झन्डै साढे ३१ प्रतिशत पर्यटक नेपाल भ्रमणमा आउँदा चीनबाट भने झन्डै ९ प्रतिशत मात्रै…
Read More
के हो चीनको ग्रे जोन रणनीति ? किन प्रयोग गरिरहेको छ ताइवान माथि ?

के हो चीनको ग्रे जोन रणनीति ? किन प्रयोग गरिरहेको छ ताइवान माथि ?

एजेन्सी । गत महिना कीर्तिमानी संख्याका चिनियाँ लडाकु विमानहरुले चीन तथा ताइवानबीचको अनौपचारिक सीमा पार गरे । उक्त विषयमा ताइवानले चिन्ता व्यक्त गरेलगत्तै चीनले भने ताइवान र आफ्नो बीचमा यस्तो कुनै पनि सीमारेखा नरहेको बतायो । १०३ वटा चिनियाँ लडाकु विमानहरु ताइवानको नजिक उडाइएको थियो र त्यसमध्ये ४० वटा विमान त ताइवानको वायु प्रतिरक्षा पहिचान क्षेत्रभित्र छिरेका थिए। यो ताइवानप्रति चीनको आक्रामण रवैयाको नयाँ तरिका थियो । चीनले ताइवानमाथि आफ्नो दाबी गर्दै आएको छ । उसले अघिल्लो वर्ष धेरैपटक नै ताइवानको आकाशमा आफ्ना लडाकु जहाज उडाइसकेको छ र ताइवान टापुको नजिक आफ्नो नौसेनाको जहाजहरु लगिरहेको छ । ताइवानलाई पुनः चीनमा…
Read More
एशियन खेल अन्तर्गत महिला भलिबलमा नेपालको जित

एशियन खेल अन्तर्गत महिला भलिबलमा नेपालको जित

२० असाेज,काठमाडौं । एशियन खेल अन्तर्गत महिला भलिबलमा मंगोलियामाथि नेपालले जित हासिल गरेको छ । शनिबार ११ औं स्थानका लागि भएको खेलमा नेपालको महिला टिमले मंगोलियालाई ३–२ को सेटमा पराजित गरेकाे हाे । पहिलो सेट १७–२५ ले गुमाएको नेपालले दोस्रो र तेस्रो सेट २५–१८ र २५–२१ ले हात पारेको थियो । चौथो सेट २५-१८ ले गुमाएको नेपालले अन्तिम सेटमा १५–१२ को स्कोर निकाल्दै रोमाञ्चक जित दर्ता गरेको हो । मंगोलियालाई पराजित गर्दै नेपालको महिला भलिबल टिमले एशियानमा ११ औं स्थान हासिल गरेको छ ।
Read More
स्वास्थ्य क्षेत्रमा दक्ष कर्मचारीकाे अभावः अध्यक्ष दुर्गा राई

स्वास्थ्य क्षेत्रमा दक्ष कर्मचारीकाे अभावः अध्यक्ष दुर्गा राई

१९ असाेज, काठमाडाैं । माहाकुलुङ गाउँपालिका नेपालका ७ सय ५३ स्थानीय तहमध्ये एक हो । यो प्रदेश नं‍. १ को सोलुखुम्बु जिल्लामा पर्छ । तत्कालिन बुङ, छेस्काम र गुदेल गाविस समेटेर माहाकुलुङ गाउँपालिका बनाइएको हाे । मेरापिक, सिलुछो डाँडा, केन्पा डाँडाको तीनतिर सीमा रहेको यो गाउँपालिका ६४८.०५ वर्ग किलो मिटरमा फैलिएर २७‌.३७' देखि २७‌.६२' उत्तरी अक्षांश र ८६.५०' देखि ८६.८४' पूर्वी देशान्तरमा अवस्थित रहेको छ । वि.सं. २०६८ को जनगणना अनुसार ११ हजार ४ सय ५२ जनसंख्या रहेको यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सीमाना पूर्वमा संखुवासभा जिल्ला, पश्चिममा खुम्बु पासाङल्हामु र सोताङ गाउँपालिका, उत्तरमा खुम्बुपासाल्हामु…
Read More
कैद माफीमा सर्वोच्चले सरकारसँग कारण माग्यो

कैद माफीमा सर्वोच्चले सरकारसँग कारण माग्यो

काठमाडाैं । सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपतिले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका रिगल ढकाललाई आम माफी मिनाह दिएको विषयमा कानुनी जटिलता देखाउँदै कारण माग गरेको छ। न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले के कारणले कैद माफी मिनाहा गरेको हो भन्ने विषयमा बिहीबार सरकारलाई कारण देखाऊ आदेश जारी गरेको हो। नेपालगन्जमा ढकालको समूहले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले माफी मिनाहा बदर माग गर्दै रिट दर्ता गरेकी थिइन्। सोही रिटमा सुनुवाइपछि इजलासले ढकाललाई आमा माफी दिनुको कारण सरकारसँग सोधेको हो। भारतीले कैद माफी मिनाहाविरुद्ध असोज १४ गते रिट दर्ता गरेकी थिइन्। उनले सरकारको निर्णयविरुद्ध रिले अनशनसमेत सुरु गरेकी छिन्।…
Read More
स्मार्ट सेलको ऋण एनसेललाई सकार्न लाउने गरी चलखेल

स्मार्ट सेलको ऋण एनसेललाई सकार्न लाउने गरी चलखेल

काठमाडौं । दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली संशोधन गरी एनसेल एक्जियता कम्पनीलाई स्मार्ट सेलको ऋण दायित्व सकार्न लगाउने र एनसेलको लाइसेन्स अवधि थपी दिनेगरी चलखेल भएको छ । अनुमतिपत्र बहाल नरहेको दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली संशोधन गरेर स्मार्ट सेलको लाइसेन्स एनसेललाई दिलाउन सरकारी निकाय र एउटा व्यापारिक झुन्ड सक्रियतापूर्वक लागि परेको हो । लाइसेन्स खारेजीमा गइसकेको स्मार्टसेलको लाइसेन्स ऋण दायित्व सकार्ने कम्पनीलाई दिने भनेर नीतिगत निर्णय गरेकामा अहिले फेरि पब्लिक कम्पनीमा जानुपर्ने बाध्यतामा रहेको एनसेललाई पब्लिक कम्पनीमा जान नपर्नेगरी चलखेल गरिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नियमावली संशोधन गर्दै राजपत्रमा सूचना प्रकाशित गरेपछि यससम्बन्धमा सामाजिक…
Read More
महानगरको स्वर्णिम स्वास्थ्य योजना-९८ प्रकारका औषधी निःशुल्क वितरण गर्ने तयारी

महानगरको स्वर्णिम स्वास्थ्य योजना-९८ प्रकारका औषधी निःशुल्क वितरण गर्ने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरवासीलाई ओपीडी सेवासहित ९८ प्रकारका औषधी निःशुल्क वितरण गर्ने भएको छ । कामपाको स्वर्णिम योजनाअन्तर्गत सबै वडामा शहरी स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना गरी औषधी उपलब्ध गर्न लागेको हो । प्रवर्धन केन्द्रहरू वडा कार्यालयले सञ्चालन गर्नेछ । कामपाले पहिलो चरणमा ८ वटा वडाबाट शुरु गर्ने तयारी गरेको छ । ती केन्द्रको पूर्वाधार तयार भइसकेको छ । कामपा वडानम्बर १ को सत्यसाई केन्द्र नक्साल, ७ को मैजुवहाल, ८ को जयवागेश्वरी, ९ को गौशाला, १४ को गणेश मन्दिरसँगै कुलेश्वर, १९ को कंकेश्वरी, २६ को लैनचौरस्थित वडा कार्यालय र ३० को ज्ञानेश्वरबाट सेवा दिएको छ । ती केन्द्रको सेवा थप…
Read More
सुन तस्करी प्रकरण-जाँचबुझ आयोगको कार्य प्रारम्भ

सुन तस्करी प्रकरण-जाँचबुझ आयोगको कार्य प्रारम्भ

काठमाडौं । राजनीतिक वृत्तमा हलचल हुने गरी तस्करी भएको अवैध सुन कारोबार प्रकरणको छानबिनका लागि बनाइएको उच्चस्तरीय जाँचबुझ आयोगले कार्य प्रारम्भ गरेको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा कार्यालय स्थापना गरेर काम थालेको हो । असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित आयोगलाई तीन महिनाको समय तोकिएको छ । तीन महिनाभित्र आयोगले आवश्यक अनुसन्धान गरी सोको प्रतिवेदन सरकारलाई बुझाउनुपर्ने छ । आयोगको सदस्यमा पूर्वसहसचिवद्वय किशोरजंग कार्की र प्रेमराज जोशी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा सुन तस्करी भएको विषयको…
Read More
Page 9 of 40
1 … 7 8 9 10 11 … 40
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.