Uncategorized

एक घर एक धारा खानेपानीकाे अभियान यसै वर्ष सम्पन्न गर्नेछुः वडा अध्यक्ष शेर्पा 

एक घर एक धारा खानेपानीकाे अभियान यसै वर्ष सम्पन्न गर्नेछुः वडा अध्यक्ष शेर्पा 

५ कार्तिक, काठमाडौं। नेपाल विश्व मानचित्रमा सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित शान्ति क्षेत्रको रुपमा चर्चित मुलुक हो । प्राकृतिक सम्पदाको रुपमा रहेको जलश्रोतमा विश्वकै ब्राजिल पछाडीको दोस्रो धनी राष्ट्रका रुपमा सुपरिचित छ । गौतम बुद्ध, अरनिको, सीता आदि विभूतिहरुले जन्म लिएको पवित्र पावन भूमि, लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थामा रुपान्तरित कृषि प्रधान देश हो । नेपालको बदलिंदो राजनैतिक परिवर्तन पश्चात संघीय मुलुकमा रुपान्तरित भई बागमती प्रदेश अन्तर्गत पर्ने सिन्धुपाल्चोक जिल्ला उत्तरतर्फ पर्ने चीनको स्वशासित क्षेत्र तिब्बतको न्यालम काउण्टि अन्तर्गत खासा नजिक रहेको पर्यटन तथा धार्मिक, साँस्कृतिक दृष्टिकोणले पवित्र पावन भूमिको रुपमा यस क्षेत्र रहेको छ । सिन्धुपाल्चोक जिल्लाका ९ वटा गाउँपालिका र…
Read More
झुलाघाट नाका पूर्ण रुपमा खुल्यो

झुलाघाट नाका पूर्ण रुपमा खुल्यो

बैतडी । भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधवारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ । झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुंगे पुलको मर्मत सम्भार कार्य भइरहेकाले असोज ९ गतेदेखि आंशिक रुपमा मात्रै आवतजावत भइरहेको थियो । पुल मर्मत कार्य सम्पन्न भइसकेकाले आजदेखि पूर्ण रुपमा आवागमन सुचारु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । यसअघि पुल मर्मतको कामका लागि बिहान ८ बजेर ४५ मिनेटदेखि दिउँसो १ बजेर १५ मिनेटसम्म र दिउँसो २ बजेर १५ मिनेटदेखि दिउँसो ४ बजेर १५ मिनेटसम्म पुलमा आवागमन बन्द हुने गरेको थियोे । पूर्णरूपमा नाका सुचारू भएसंगै अब बिहान ६ बजेदेखि साँझ सात बजेसम्म आवागमन…
Read More
न्यूयोर्क टाइम्सले भन्यो- पोखरा विमानस्थल चीनका लागि कूटनीतिक विजय र नेपालका लागि ऋणको बोझ

न्यूयोर्क टाइम्सले भन्यो- पोखरा विमानस्थल चीनका लागि कूटनीतिक विजय र नेपालका लागि ऋणको बोझ

काठमाडौं । अमेरिकाको प्रतिष्ठित अखबार न्यूयोर्क टाइम्सले पोखरा विमानस्थल चीनका लागि कूटनीतिक विजय र नेपालका लागि ऋणको बोझ भएको टिप्पणी गरेको छ । दाइसुके वाकाबायाशी, भद्र शर्मा र क्लेरी फुको बाइलाइनमा प्रकाशित खोजमूलक समाचार सामग्रीमा भएको चिनियाँ लगानीमा चिनियाँ कम्पनीले नै निर्माण गरेको पोखरा विमानस्थल महङ्गो भएको जनाइएको छ । यस विमानस्थललाई चिनियाँ पक्षको जित र नेपालका लागि ऋणको बोझ भएकाे उल्लेख छ । न्यूयोर्क टाइम्सले विमानस्थल निर्माणमा संलग्न ६ जना सरोकारवाला र हजारौँ पृष्ठका दस्तावेजको अध्ययनपछि प्रकाशित गरेको समाचार सामग्रीमा चिनियाँ कम्पनीले विमानस्थल निर्माण गर्ने बेला मुनाफाको संरक्षण र आफ्नो स्वार्थ पूरा गर्न नेपाली पक्षको नियमनलाई समेत बेवास्ता गर्दै…
Read More
२ महिनामा भित्रियो २ खर्ब २८ अर्ब रेमिट्यान्स

२ महिनामा भित्रियो २ खर्ब २८ अर्ब रेमिट्यान्स

३० असोज, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो दुई महिनामा झण्डै साढे २ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.१ प्रतिशत धेरै हो । अघिल्लो आवको पहिलो दुई महिनामा १९.८ प्रतिशतले बढेको रेमिट्यान्स यस वर्ष अझ वृद्धि भएको हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेर १ अर्ब ७३ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीमा…
Read More
वडामा ६० प्रतिशत सडक कालाेपत्रे भएकाे छः अध्यक्ष भट्टराई

वडामा ६० प्रतिशत सडक कालाेपत्रे भएकाे छः अध्यक्ष भट्टराई

३० असाेज, काठमाडाैं । नेपालको सुदूरपूर्वमा रहेको पाँचथर जिल्ला संघीय गणतान्त्रिक संसदीय प्रणालीको नयाँ संरचना अनुसार काेशी  प्रदेशमा पर्दछ। अन्य जिल्ला भन्दा फरक पहिचान बोकेको यस जिल्लालाइ एक नगर पालिका र ७ गाउँपालिकामा विभाजन गरिएको छ । एक मात्र फिदिम नगरपालिकामा जिल्लाको सदरमुकाम रहेको छ। यो नगरपालिका समुद्र सतहबाट १ हजार ३ सय ८० फिट फिदिम-४ माझिटारदेखि १० हजार ७ सय ३७ फिट लुङरुपाको छिन्तापुडाँडा उचाइमा अवस्थित छ । पुरानो संरचनाका ८ वटा गाउँ विकास समितिलाइ मिलाएर पुनसंरचना गरिएको यसको क्षेत्रफल १९२.५० वर्ग किलोमिटर रहेको छ। राष्ट्रिय जनगणना २०६८ अनुसार २६ हजार ३४ पुरुष र महिला  २३ हजार १ सय…
Read More
सुरक्षाकर्मीलाई साधनस्रोत सम्पन्न बनाउनु आवश्यकः मुख्यमन्त्री पाण्डे

सुरक्षाकर्मीलाई साधनस्रोत सम्पन्न बनाउनु आवश्यकः मुख्यमन्त्री पाण्डे

३० असोज,गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुरक्षाकर्मीलाई साधनस्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभएको छ । ६८औँ वार्षिकोत्सवका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराद्वारा आयोजित कार्यक्रममा उहाँले सीमित साधनस्रोतका बीच पनि सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै उहाँले समयानुसार बढिरहेको सुरक्षा चुनौतीलाई सामना गर्ने गरी सधनस्रोत सम्पन्न बनाउनु जरुरी भएको बताउनुभयो । स्थापनाकालमा सात हजार पाँच सय जनशक्ति लिएर करिब ९७ लाख नागरिकको जीउधनको शान्तिसुरक्षाको जिम्मेवारीका साथ सङ्गठित नेपाल प्रहरी हाल ८० हजार जनशक्ति लिएर तीन करोड नेपालीको सुरक्षा गरिहेको मुख्यमन्त्री पाण्डेले बताउनुुभयो । देशमा शान्तिसुरक्षा कायम राख्ने सवालमा मात्र नभई विपद्का बेला पनि नेपालमा सुरक्षा संयन्त्रले निर्वाह…
Read More
गैरआवसीय नेपालीलाई  नागरिकता वितरण

गैरआवसीय नेपालीलाई नागरिकता वितरण

३० असाेज,काठमाडौं। सरकारले आजदेखि गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरण शुरु गर्ने भएको छ । आज एनआरएनको सम्मेलन उद्घाट्नको दिन पारेर सरकारले गैरआवासीय नेपाली नागरिकता वितरण सुरू गर्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले एनआरएनएका अध्यक्ष कुल आचार्यलाई पहिलो नागरिकता दिएर गैर आवासीय नागरिकता वितरणको शुरुवात गर्नुहुने छ । गत जेठमा संशोधन गरिएको नागरिकता सम्बन्धी ऐनअनुसार सरकारले नियमावली स्वीकृत गरेपछि गैरआवासीय नागरिकता वितरणको बाटो खुलेको हो । नागरिकता लिएपछि एनआरएनहरुले ईश्वर, देश र जनताको नाममा शपथ लिनुपर्ने छ । संशोधित ऐनको दफा ७ (क) मा नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिलाई तोकिए बमोजिम शपथ गराउनु पर्ने उल्लेख छ ।
Read More
एक दिवसीय विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र नेदरल्याण्ड्स भिड्दै

एक दिवसीय विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र नेदरल्याण्ड्स भिड्दै

३० असाेज,काठमाडौं । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा आज नेदरल्याण्ड्स र दक्षिण अफ्रिका भिड्नेछन् । यो खेल हिमाञ्चल प्रदेशको धर्मशालामा दिउँसो सवा २ बजे सुरु हुनेछ । जारी विश्वकपमा नेदरल्याण्ड्स पहिलो जितको खोजीमा छ भने दक्षिण अफ्रिका दोस्रो जितको खोजीमा छ । यसअघि हिजोको खेलमा श्रीलंकालाई ५ विकेटले हराउँदै अष्ट्रेलियाले पहिलो जित हात पारेको थियो । जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ३५ ओभर २ बलमा ५ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरेको थियो । लिग चरणको चाैथो खेलमा अष्ट्रेलियाले शुक्रबार पाकिस्तानसँग खेल्नेछ । लगातार तिन खेल हारेको श्रीलंकाको भने शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।
Read More
‘ताप्लेजुङ्गकाे सिदिङ्वा गाउँपालिका-७ अन्धकारमय’

‘ताप्लेजुङ्गकाे सिदिङ्वा गाउँपालिका-७ अन्धकारमय’

२८ असाेज, काठमाडाैं । ताप्लेजुङ्ग जिल्लाको पूर्वी भू-भागमा अवस्थित सिदिङ्वा गाउँपालिका स्थानीय सिदिङ्वा देवी अवस्थित सिदिङ्वा डाँडाको नामले नामाकरण गरिएको छ। साेही गाउँपालिका २ हजार ६ सय वर्ग किलाेमिटर श्रेत्रफलमा फैलिएको हाे। साविकको कालिखोला, सादेवा, आंखोप, साव्लाखु, लिम्बुदिन, मेहेले, र सुरुमखिम गाविसलाई समेटेर निर्माण गरिएको उत्त गाउँपालिकामा ७ वडा रहेको छ । कुल १२ हजार ९९ जनसंख्या रहेको यस गाउँपालिका मुख्य आय श्रोत कृषि, पशुपालन तथा जडीबुटी रहेको छ । धार्मिक स्थल तिम्बङ पोखरी र सुन्दर ढ्वाङढ्वाङे झरना रहेको यो गाउँपालिकामा बढीमा मात्रमा पर्यटकीय, जैविक, साँस्कृतिक, धार्मिक र ऐतिहासिक स्थलहरु रहेका छन् । साव्लाखु भञ्जयाङ केन्द्र रहेको यो गाउँपालिकाको केही…
Read More
निर्वाचनमा जनताले गरेका ९५ प्रतिशत माग पूरा गर्ने याेजनामा छुः वडा अध्यक्ष शेर्पा

निर्वाचनमा जनताले गरेका ९५ प्रतिशत माग पूरा गर्ने याेजनामा छुः वडा अध्यक्ष शेर्पा

२८ असाेज, काठमाडाैं । नेपालको सुदूरपूर्वी सीमानामा पर्ने साविककाे मेची अञ्‍चल अन्तर्गतका चार जिल्लाहरु मध्ये भारत र चीन दुबै देशसँग सीमाना गासिएको जिल्ला ताप्लेजुङका पश्‍चिमी भू-भागमा चार गाविसहरु खोक्लिङ, लिवाङ, साँवा र पापुङको संयोजन भई हाल १ नं. प्रदेश अन्तर्गतका मिति २०७३/११/२७ गते गठित स्थानीय तहको रुपमा मिक्वाखोला गाउँपालिका एक रहेको छ । पौराणिक कालमा तिब्बतबाट आएका एक युवतीको आँसुबाट खोला बनेको र स्थानीय लिम्बु भाषामा मिक्वाको अर्थ आँसु भएकाले यस ठाउँको नामाकरण मिक्वाखोला रहन गएको जनश्रुति रहेको छ । मिक्वाखोला कालखण्डसँगै मेवा खोलाको नामले चिनिन थालेको भएतापनि राज्य पुनसर्चनाको क्रममा मेवा खोलालाई पुनः मिक्वाखोला नामाकरण गरी यसै ऐतिहासिकतालाई मध्यनजर…
Read More
Page 7 of 40
1 … 5 6 7 8 9 … 40
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.