१० कात्तिक, काठमाडौं । त्रिकोणात्मक टी-२०आई शृङ्खलाको फाइनलमा कुशल भुर्तेलले यूएईविरुद्ध अर्धशतक बनाएका छन् । टीयू मैदानमा जारी खेलमा भुर्तेलले २८ बलमा ३ छक्का र ६ चौका मद्दतमा ५० रन बनाएका हुन् । अर्धशतक बनाएपछि थप एक बलको सामना गरेका उनी आउट भए ।
३० असाेज,काठमाडौं । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा आज नेदरल्याण्ड्स र दक्षिण अफ्रिका भिड्नेछन् । यो खेल हिमाञ्चल प्रदेशको धर्मशालामा दिउँसो सवा २ बजे सुरु हुनेछ । जारी विश्वकपमा नेदरल्याण्ड्स पहिलो जितको खोजीमा छ भने दक्षिण अफ्रिका दोस्रो जितको खोजीमा छ । यसअघि हिजोको खेलमा श्रीलंकालाई ५ विकेटले हराउँदै अष्ट्रेलियाले पहिलो जित हात पारेको थियो । जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ३५ ओभर २ बलमा ५ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरेको थियो । लिग चरणको चाैथो खेलमा अष्ट्रेलियाले शुक्रबार पाकिस्तानसँग खेल्नेछ । लगातार तिन खेल हारेको श्रीलंकाको भने शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।
१७ असोज, काठमाडौँ । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गरेसँगै १९औँ एसियाली प्रतियोगितामा नेपालले कबड्डीमा पदक पाउने निश्चित भएको छ । चीनको हाङझाउमा जारी प्रतियोगिताअन्तर्गत केहीबेरअघि सम्पन्न खेलमा इरानले बङ्गलादेशलाई ५४–१६ अङ्कले पराजित गरेसँगै नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । सेमिफाइनलमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तीमा कास्य पदक प्राप्त गर्ने टुङ्गो लागेको हो । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ । महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो । “पहिलो सहभागितामै आफ्नो देशलाई पदक दिलाउन सफल भएका छौँ”, नेपाली…
१४ असोज,काठमाडौँ । तीव्र गतिका बलर अभिनाश बोहराले कीर्तिमानी ६ विकेट लिएसँगै नेपाल १९औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपालले माल्दिभ्सलाई एक सय ३८ रनले पराजित गरेको हो । नेपालले अब समूह ‘ए’ को विजेताका रुपमा क्वाटरफाइनलमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीङ्लका र अफगानिस्तानमध्ये एउटासँग खेल्ने छ । चीनको हाङ्झाउमा आज टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय १२ रन बनाएको थियो । दुई सय १३ रनको विजय लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सको पारी १९ दशमलव चार ओभरमा मात्र ७४ रनमा समेटियो । यस क्रममा नेपालका तीव्र गतिका…
१८ भदौ, काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा भइरहेको खेलमा नेपालले दोस्रो विकटको रुपमा भिम सार्कीलाई गुमाएको हो । सार्कीले १७ बलमा ७ रन बनाएर आउट भए । त्यसअघि नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेलाई गुमाएको थियो । खेलको ९ दशमलव ५ ओभरमा कुशललाई शार्दुल ठाकुरले विकेटकिपर इशान किशनबाट क्याच गराएका थिए । कुशलले २५ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३८ रन बनाएका थिए । कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ६५ रनको साझेदारी गरेका थिए । अहिले क्रिजमा आसिफ सेख र कप्तान रोहित पौडेल…
२५ असार,काठमाडौँ । राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा न्यू डायमन्ड स्पोर्टस क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा आज भएको खेलमा न्यू डायमन्डले एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । न्यू डायमन्डले एभरेस्ट क्बललाई खेलको पहिलो सेट २५-१७ ले आफ्नो पक्षमा पा¥यो भने खेलको दोस्रो सेट २५-१२ ले जित्यो । त्यस्तै खेलको अन्तिम सेट न्यु डायमन्डले २५-१२ ले पक्षमा पार्दै विजयी हासिल ग¥यो । न्यू डायमन्डले प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको हो । हिजो भएको आफ्नो पहिलो खेलमा…
२१ जेठ,काठमाडौँ । एएफसी यू–२० महिला एशियन कप छनोटको दोस्रो चरण खेल्न नेपाली यू–२० महिला फुटबल टोलीको आज विदाई गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०द्वारा आज यहाँ आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायत एन्फा पदाधिकारीले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । नेपाली महिला फुटबल टोली आज साँझ म्यानमार प्रस्थान गर्दैछ । दोस्रो चरणको छनोट खेलका लागि नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा आयोजक म्यानमारसहित चीन र चाइनिज ताइपेई रहेका छन् । त्यस्तै समूह ‘ए’ मा अष्ट्रेलयिा, भियतनाम, इरान र लेबनान रहेका छन् । नेपालले पहिलो खेल यही जेठ २३ गते आयोजक म्यानमारसँग खेल्नेछ…
१२ जेठ,काठमाडौँ । ‘ए’ डिभिजन क्लबका प्रतिनिधिहरुले सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनका लागि अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० बाट पूर्वनिर्धारित निर्णयानुसार रकम नपाएपछि आफूहरु अन्यायमा परेको बताउनुभएको छ । तीन विभागीय टोली र जाउलाखेल युथ क्लबबाहेक ‘ए’ डिभिजन खेलिरहेका १० क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा लिग सञ्चालनका लागि तोकिएको रकम पाउनका लागि एन्फाको ध्यानाकर्षण गराएको छ । सङ्कटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले पटक–पटक एन्फासँग आग्रह गर्दा पनि आफूहरुको माग सम्बोधन नभएको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “एन्फाले न तयारी खर्च दिएको छ, न खेलिसकेको ‘म्याच मनि’ दिन सकेको छ, न त दोस्रो किस्ताको तयारी खर्च नै दिएको…
२ जेठ, मनहरि । बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता यही जेठ ७ गतेदेखि सञ्चालन हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद्ले आज हेटौँडामा पत्रकार सम्मेलन गरी दोस्रो संस्करणको सो प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगीताका लागि रु नौ करोड ४२ लाख खर्च हुने बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो । प्रतियोगितामा १३ खेलका विभिन्न विधामा खेलाडीबीच प्रतिस्पर्धा छन् । यीमध्ये उसु र जुडो काठमाडाँैमा, पौडी ललितपुरको सातदोवाटोमा तथा क्रिकेट चितवनमा खेलाइनेछ । फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, बक्सिङ, रग्वी, ब्याडमिन्टन र आइटिएफ तेक्वान्दोका खेल हेटौँडाका विभिन्न खेल मैदानमा खेलाइने सदस्य सचिव भण्डारीले बताउनुभयो । प्रतियोगिताको…
२४ पाैष,खोटाङ । ‘अनुप स्मृति आमन्त्रित गोल्डकप’को तेस्रो संस्करणको उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले जितेको छ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी)लाई २–० ले पराजित गर्दै नेर्पाले उपाधि जितेको हो । यसअघि सञ्चालन भएको दोस्रो संस्करणको उपाधि पनि नेर्पाले जितेको थियो । खेलको सुरुदेखि नै बल आफ्नो पक्षमा राखेको नेर्पाले गोल भने अन्तिम समयमा गर्न सफल भयो । दुवै गोल अन्तिम समयमा भएको हो । उपाधि विजेता नेर्पाले नगद रु दुई लाख ५१ हजारको साथमा गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताका उपविजेता डिएफसीले नगद रु एक लाख ११ हजारसहित कप,…