Share Icon

२८ असाेज, काठमाडाैं । नेपालको सुदूरपूर्वी सीमानामा पर्ने साविककाे मेची अञ्‍चल अन्तर्गतका चार जिल्लाहरु मध्ये भारत र चीन दुबै देशसँग सीमाना गासिएको जिल्ला ताप्लेजुङका पश्‍चिमी भू-भागमा चार गाविसहरु खोक्लिङ, लिवाङ, साँवा र पापुङको संयोजन भई हाल १ नं. प्रदेश अन्तर्गतका मिति २०७३/११/२७ गते गठित स्थानीय तहको रुपमा मिक्वाखोला गाउँपालिका एक रहेको छ ।

पौराणिक कालमा तिब्बतबाट आएका एक युवतीको आँसुबाट खोला बनेको र स्थानीय लिम्बु भाषामा मिक्वाको अर्थ आँसु भएकाले यस ठाउँको नामाकरण मिक्वाखोला रहन गएको जनश्रुति रहेको छ । मिक्वाखोला कालखण्डसँगै मेवा खोलाको नामले चिनिन थालेको भएतापनि राज्य पुनसर्चनाको क्रममा मेवा खोलालाई पुनः मिक्वाखोला नामाकरण गरी यसै ऐतिहासिकतालाई मध्यनजर गर्दै मिक्वाखोला गाउँपालिका भनेर नामाकरण गरिएको हो।

भौगोलिक रुपमा विकट र दुर्गम भए तापनि मिक्‍वाखोला  गाउँपालिकाको पर्यटकीय, व्यवसायिक, वातावरणीय लगायतका विभिन्न बहुआयामिक पक्षहरुबाट महत्वपूर्ण पहिचान रहेको छ । मिक्वाखोला गाउँपालिका अलैंची खेती, पर्वतारोहण, अवलोकन भ्रमण र जडिबुटी संकलनको दृष्टिकोणबाट महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र हो ।

मिक्वाखोला गाउँपालिका-५ का वडा अध्यक्ष ग्यान्जे शेर्पाले निर्वाचन ताका जनताले गरेका ९५ प्रतिशत माग पूरा गर्ने लक्ष्यका साथ काम गरिरहेकाे बताउनुभएकाे छ। वडा खबरसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। सडक सञ्जालकाे विस्तार भएकाे बताउँदै उहाँले सडक पुल नभएका कारण बाह्रै महिना सवारी साधन संचालन नभएकाे बताउनुभयाे। हिउँदामा मात्र सवारी संचालन हुने पनि उहाँले बताउनुभएकाे हाे। यसै वर्षभित्र टाेल-टाेलमा सडक पुराउने याेजना रहेकाे पनि उहाँले जानकारी गराउनुभयाे ।

माइक्राे हाइड्राे मार्फत विद्युत वितरण भएकाे र  विद्युतकाे केन्दीय लाइकाे  पनि विस्तारकाे काम भइरहेकाे उहाँले जानकारी गराउनुभयाे । यस वडामा स्वच्छ खानेपानीकाे पूर्ण रूपमा व्यवस्थित भइनसकेकाे पनि उहाँकाे भनाइ छ। पर्यटन क्षेत्रकाे प्रचूर सम्भावना भएकाे उहाँले बताउनुभयाे । पर्यटन क्षेत्रलाईअघि बढाउने याेजना भइरहेकाे पनि उहाँकाे भनाइ छ। आन्तरिक पर्यटककाे चहल-पहल भइरहेकाे उहाँले बताउनुभयाे।

कृषि क्षेत्रमा सुधार उन्मुख भएकाे बताउँदै उहाँले यस वडाका कृषकले विशेष गरेर आलु, गहुँ, मकै र अलैंची जस्ता खेती गर्ने पनि बताउनुभयाे । साथै तरकारी खेतीतर्फ पनि कृषकलाई केन्द्रित गर्ने काम भइरहेकाे पनि उहाँकाे भनाइ छ । कृषकले उत्पादन गरेका तरकारी र अन्य फलफूलहरूकाे बिक्री वितरण गर्न बजारकाे अभाव भएका कारण समस्या भएकाे पनि उहाँले बताउनुभयाे। साथै युवा लक्षित कार्यक्रमहरू संचालन भइरहेकाे पनि उहाँले बताउनुभयाे ।

सामुदायिक विद्यालयहरू सुधार उन्मुख रहेकाे उहाँले बताउनुभयाे। सामुदायिक विद्यालयमा शिक्षक दरबन्दीकाे अभाव रहेकाे पनि उहाँले जानकारी गराउनुभएकाे हाे। अहिले करार शिक्षकबाट समस्याकाे समाधान भइरहेकाे पनि उहाँकाे भनाइ छ। शिक्षाकाे गुणस्तर सुधार्न शिक्षकलाई तालिम दिएकाे पनि उहाँले बताउनुभयाे । साथै बालमैत्री शिक्षाकाे व्यवस्था पनि गरिएकाे उहाँकाे भनाइ छ। सामुदायिक विद्यालयमा विद्यार्थीकाे संख्या न्यून रहेकाे पनि उहाँले जानकारी गराउनुभएकाे छ। साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम  रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे ।

२४ सैं घण्टा जनताकाेबीचमा रहेर काम गर्ने बताउँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा दिने प्रतिवद्धता समेत गर्नुभएकाे छ। यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभयाे । नमूना वडा बनाउनका लागि निरन्तर रूपमा लागिरहेकाे उहाँकाे तर्क छ। साथै जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँले बताउनुभयाे।

साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ५ लाई पालिकाले ७२ लाखकाे बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे।अन्त्यमा निर्वाचनकाे समयमा जनताले गरेका मागलाई पूरा गर्ने लक्ष्य रहेकाे अध्यक्ष शेर्पाकाे दावी छ।

Facebook Comments Box

Share Icon