Uncategorized

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च पुग्यो रिट

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च पुग्यो रिट

१ मंसिर, काठमाडौं । टिकटकलाई प्रतिबन्ध लगाउने मन्त्रिपरिषदको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । अधिवक्ता दिनेश त्रिपाठी शुक्रबार रिट लिएर सर्वोच्च अदालत गएका हुन् । उनको रिट दर्ता प्रक्रियामा छ । टिकट बन्द हुँदा संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रताहरु विधिको शासन अनुसार हुनुपर्नेम त्यसो नभएको रिट निवेदनमा जिकिर गरिएको छ । अभिव्यक्ति स्वतन्त्रताको समेत हनन हुने दाबी गर्दै त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय बदरको माग गरेका छन् । २७ कात्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटकबाट पारिवारिक सम्बन्ध र सामाजिक सद्‍भाव बिगार्ने काम भएकाले त्यसलाई बन्द गर्ने निर्णय सरकारले…
Read More
भुइँमा लत्रिएको बिजुलीको चार कुल्चिँदा मृत्यु

भुइँमा लत्रिएको बिजुलीको चार कुल्चिँदा मृत्यु

१ मङ्सिर,ढोरपाटन (बागलुङ) । बागलुङमा भुइँमा लत्रिएको बिजुलीको चार कुल्चिँदा एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको आज ज्यान गएको हो । गाउँबाट ढुवाखोर बजारतर्फ जाने क्रममा निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको भुइँमा लत्रिएको तार कुल्चिँदा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्ष मदन केसीले जानकारी दिनुभयो । उनको घटनास्थलमै मृत्यु भएको हो । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली घटनास्थलमा पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विद्युत् आयोजनाको लापरवाहीका कारण नेपालीको मृत्यु भएको स्थानीयको आरोप…
Read More
मोबाइल वालेटमा जम्मा गर्ने रकमको सीमा बढाइयो

मोबाइल वालेटमा जम्मा गर्ने रकमको सीमा बढाइयो

२४ कात्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायीरुपमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको व्यवस्थामा संशोधन गर्दै मोबाइल वालेटमा रकम जम्मा गर्ने सीमा दोब्बर बनाएको हो । “प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था रहेकामा कात्तिक २४ गतेदेखि मङ्सिर तीन गतेसम्मका लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा २० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था गरिएको छ”, राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भनेको छ । वालेट सेवा प्रदायकले त्यो समयमा भएको कारोबारको सङ्ख्या र कारोबारको कूल रकम राष्ट्र बैंकअन्तर्गतको भुक्तानी प्रणाली…
Read More
 सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन : सांसद तामाङ

 सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन : सांसद तामाङ

२४ कात्तिक,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको उपनेता एवं सांसद बुद्धिमान तामाङ सांसदको भूमिका प्रभावकारी हुन नसकेको बताउनुहुन्छ । “सङ्घीय संसद्जस्तो गरिमामय ठाउँमा विधायकले चुनावका समयमा जनतालाई दिएका आश्वासन पूरा गर्नुपर्ने बाध्यता एकातर्फ छ भने अर्कोतर्फ कानुन र नीति–निर्माण गर्ने छ । तर संसद्मा सांसदले उठाएका आवाजलाई सरकारले सुन्दैन । जुन समयमा जो बोले पनि त्यसको कार्यान्वयन हुँदैन । सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन”, उहाँ भन्नुहुन्छ । विशेषगरी सांसदले राष्ट्रको समग्र हितलाई हेरेर समयसापेक्ष आफ्नो भूमिका निर्वाह गर्नुपर्ने भए पनि संसद्मा सांसदको नै महत्व थाहा नहुँदा तथा जनताका भावना र विचारको प्रतिनिधित्वको संसद्मा सुनुवाइ हुन नसक्दा सोहीअनुसार भूमिका…
Read More
प्रधानमन्त्रीलाई कांग्रेसका २१ सुझाव-प्रदेश सरकारको नेतृत्वमा राहत र पुनर्स्थापनाको काम गरौं

प्रधानमन्त्रीलाई कांग्रेसका २१ सुझाव-प्रदेश सरकारको नेतृत्वमा राहत र पुनर्स्थापनाको काम गरौं

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जाजरकोट भूकम्प लगत्तै केन्द्र र स्थानीय सरकारले सक्रियतापूर्वक निर्वाह गरेको भूमिकाको प्रशंसा गरेको छ । साथै भूकम्प पश्चातको राहत, पुनर्स्थापना, पुनर्निर्माण कार्यलाई थप व्यवस्थित गर्न सुझाव दिएको छ । आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर सुझाव दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, नेता मीन विश्वकर्मा र योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेलसहित बालुवाटारस्थित निवास पुगेका थिए । कांग्रेसले भूकम्पपछिको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि तत्कालीन र अल्पकालीन उपायहरुबारे सुझाव दिएको छ । कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल, खाद्यान्न, औषधि, लत्ता-कपडाहरु युद्धस्तरमा उपलब्ध गराउन प्रधानमन्त्री…
Read More
जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

१९ कात्तिक,जुम्ला । जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा हिमा –१ का अटोचालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकाया रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिनुभयो । भे१ह ३१९७ नम्बरको अटो नाग्मबाट हिमा गाउँपालिका–१ देवारगाउँ जाँदै गरेको अवस्थामा आज बिहान हिमा–१ बड्कीमा दुर्घटना भएको उहाँले बताउनुभयो । दुर्घटनामा परी सोही ठाउँका अन्दाजी ४१ वर्षका नन्द रोकाया घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको प्रहरीले जनाएको छ ।
Read More
विश्वकप छनोटका लागि युएईविरुद्ध नेपालले पायो १३५ रनको लक्ष्य

विश्वकप छनोटका लागि युएईविरुद्ध नेपालले पायो १३५ रनको लक्ष्य

१७ कात्तिक, काठमाडाैँ ।   टी–२० विश्वकप छनोटका लागि नेपालले युएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पाएको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो । युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४, कप्तान मोहम्मद वासिमले २६ रन बनाए । नेपालका कुशल मल्लले ४, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१ विकेट लिए ।
Read More
सन्दीप लामिछानेले लिए तेस्रो विकेट

सन्दीप लामिछानेले लिए तेस्रो विकेट

१७ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा युएईविरुद्ध नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका छन् । लामिछानेले दशौं ओभरको अन्तिम बलमा आसिफ खानलाई एलबीडल्बु आउट गरेका हुन् । यो सँगै युएईले तेस्रो विकेट गुमाएको छ । टस जितेर ब्याटिङ गरिरहेको युएईले दश ओभरमा ६२ रन जोडेको छ । यसअघि सोमपाल कामीले एकै ओभरमा दुई विकेट लिएका थिए । उनले कप्तान मोहमद वासिम र अर्का ओपनर खालिद साहलाई आउट गरेका थिए ।
Read More
आज जसले प्रेसर ह्यान्डल गर्न सक्छ उसैले जित्छ : शरद भेषावकर

आज जसले प्रेसर ह्यान्डल गर्न सक्छ उसैले जित्छ : शरद भेषावकर

१७ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज घरेलु टोली नेपालले युएईसँग खेलिरहेको छ । खेल मुलपानी मैदानमा जारी छ । यो खेल जित्ने टिम अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ । त्यसैले दुवै टिमका लागि यो खेल महत्वपूर्ण छ । आजको खेलअघि टस, मैदानको अवस्था, दीपेन्द्र सिंह ऐरी प्लेइङ ११ मा फर्कँदाको फाइदा लगायत विषयमा अनलाइनखबरका गेष्ट एक्सपर्ट शरद भेषावकरको  विश्लेषण  यहाँको कन्डिसन अनुसार सुरुको ४–५ ओभरमा महत्वपूर्ण हुन्छ । त्यसको फाइदा उठाउनुपर्छ । कन्डिसन बुझेको भए टस जितेर पहिले बलिङ गर्थे होला । तर उनीहरुले ब्याटिङ रोजेका छन् । त्यसले…
Read More
प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

१७ कात्तिक,काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरेर गए राति स्वदेश फर्किनुभएको छ । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी सीताराम खड्काले स्वागत गर्नुभयो । प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना भएको बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी हुनुभएको थियो । बेइजिङमा उहाँ र चिनियाँ जनमुक्ति सेना, सिएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीबीच भेटवार्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भ्रमणका क्रममा प्रधानसेनापति शर्माले सियान सिटी, साङ्घाई र ग्वाङ्झाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न एकाइ तथा शिक्षण संस्थाको भ्रमण गर्नुभएको थियो । भ्रमण दलमा मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारी र प्रधानसेनापतिको सैनिक सहायक…
Read More
Page 5 of 40
1 … 3 4 5 6 7 … 40
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.