Uncategorized

समस्या समाधानपछि खुल्यो सेयर कारोबार

समस्या समाधानपछि खुल्यो सेयर कारोबार

१३ मंसिर, काठमाडौं । प्राविधिक समस्या हलपछि ढिलोगरी सेयर कारोबार सुरु भएको छ । बुधबार विद्युत आपूर्तिमा आएको अवरोधका कारण सिस्टम डाउन हुँदा प्रिओपनिङ कारोबार नै हुन सकेन भने नियमित कारोबार पनि करिब आधा घण्टा अवरुद्ध हुन पुग्यो । साढे ११ बजेपछि नियमित रुपमा सेयर कारोबार सुरु भएको छ । प्राविधिक समस्या समाधानपछि कारोबार भइरहेको नेप्सेले जनाएको छ । ‘निर्माण कार्यका क्रममा बिजुली अवरुद्ध हुन जाँदा सिस्टममा पावर नपुगेपछि कारोबार अवरुद्ध भएको थियो’ नेप्से स्रोतले भन्यो ।
Read More
चीनको ‘अपराधमुक्त समाज’माथि प्रश्न

चीनको ‘अपराधमुक्त समाज’माथि प्रश्न

एजेन्सी । उत्तरपूर्वी चिनियाँ सहर यान्जीका प्रहरी अधिकारीले २२ सेप्टेम्बरमा आफ्नो पेस्तोल हराए । चिनियाँ प्रहरीसँग निगरानी क्यामेराको विश्वकै विशाल सञ्जालमा नियन्त्रण छ । भिडियो फुटेजले उनको पेस्तोल एउटा तरकारी बजारमा चोरिएको देखायो । फुटेज पछ्याउँदै जादाँ चोरको गतिविधि करिब ५ सय किलोमिटर टाढाको एउटा ग्रामीण काउन्टीमा देखियो । २४ घण्टाभित्रै सो बन्दुक बरामद गरियो । चिनियाँ अधिकारीका अनुसार प्रहरीको यस्तो डरलाग्दो कार्यकुशलताले चीनलाई विश्वकै सबैभन्दा सुरक्षित देश बनाएको छ । चीनमा प्रतिलाख मानिसमा हत्याको दर विश्वव्यापी औसतको दशप्रतिशत मात्र छ । चीन सरकारका अनुसार सन् २०२१ मा चीनमा ६ हजार ५ सय २२ हत्या भयो, जुन दुई दशकअघिको तुलनामा ८० प्रतिशतले कम हो । सोही अवधिमा डकैतीका…
Read More
भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सेना-प्रहरी खटाइने

भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सेना-प्रहरी खटाइने

१३ मंसिर, काठमाडौं । सरकारले जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाउने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प पीडितका आवास निर्माणका लागि सुरक्षाकर्मीलाई खटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘अस्थायी आवास निर्माणमा समस्या भयो भन्ने आइसके पछाडि अस्थायी आवास निर्माणका लागि प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समिति बनेको हुन्छ, त्यसैको सिफारिसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाउने भन्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन् । जिल्लामा जनशक्ति अपुग भएमा प्रमुख जिल्ला अधिकारीको मागको आधारमा थप जनशक्ति उपलब्ध गराउने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ । कात्तिक १७…
Read More
सैनिक विशेष अदालतको अध्यक्षमा लेखनाथ पौडेल नियुक्त

सैनिक विशेष अदालतको अध्यक्षमा लेखनाथ पौडेल नियुक्त

१३ मंसिर, काठमाडौं । सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय गरिएको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सैनिक विशेष अदालतको अध्यक्ष न्यायपरिषदको सिफारिसमा सरकारले नियुक्त गर्ने व्यवस्था छ । सैनिक विशेष अदालतको सदस्यमा नेपाली सेनाको प्राड विवाक प्रमुख र रक्षा मन्त्रालयका सचिव हुन्छन् । आजकै मन्त्रिपरिषद बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई बढुवा गर्ने निर्णय पनि गरेको छ । भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माणका लागि सेना,…
Read More
हालसम्म ६ माइक्रोफाइनान्सको लाभांश घोषणा

हालसम्म ६ माइक्रोफाइनान्सको लाभांश घोषणा

१३ मंसिर, काठमाडौं । अहिलेसम्म माइक्रोफाइनान्स समूहका ६ वटा कम्पनीहरुले मात्रै गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका माइक्रोफाइनान्स कम्पनीहरुमा युनिक नेपाल लघुवित्त, धौलागिरि लघुवित्त, आरएसडीसी लघुवित्त, स्वाबलम्बन लघुवित्त, एनआईसी एसिया लघुवित्त र सपोर्ट माइक्रोफाइनान्स छन् । जसमध्ये आरएसडीसी लघुवित्त कम्पनीको मात्रै बुक क्लोज भइसकेको छ । बुक क्लोज भएको सो कम्पनीको सेयर खरिद गर्नेले यो वर्षका लागि लाभांश पाउने छैनन् । त्यस्तै एनआईसी एसिया लघुवित्तको मंसिर २५ गते बुक क्लोज मिति तय भएको छ । सो दिनसम्म सेयर खरिद गर्नेले यो कम्पनीको लाभांश पाउने छन् । लाभांश घोषणा गरिसकेका अरु ४ माइक्रोफाइनान्स…
Read More
धावनमार्गमा स्याल देखिएपछि भद्रपुरमा बुद्ध एयरको जहाजले गर्‍यो ओभरसुट

धावनमार्गमा स्याल देखिएपछि भद्रपुरमा बुद्ध एयरको जहाजले गर्‍यो ओभरसुट

११ मंसिर, काठमाडौं । धावनमार्गमा स्याल देखिएपछि झापाको भद्रपुरमा बुद्ध एयरको जहाजले ओभरसुट गर्नु परेको छ । चन्द्रगढी विमानस्थलका सूचना अधिकारी किशोर कुमार खत्रीका अनुसार करीव ७ बजे काठमाडौंबाट चन्द्रगढी पुगेको जहाज अवतरणका लागि तयार रहेको समयमा धावनमार्गमा स्याल देखिएको थियो । धावनमार्गमा स्याल देखिएसँगै टावरले जहाजलाई अवतरण नगर्न ‘मिस अप्रोच’का लागि अनुरोध गरेको थियो । सोही अनुसार जहाजले ओभरसुट गरेको उनले अनलाइनखबरलाई जानकारी दिए । ‘धावनमार्गमा स्याल पसेको पाइएपछि मिस अप्रोच गर्न भनेका थियौं,’ उनले भने, ‘स्याल धपाएपछि मात्रै बुद्धले नर्मल अवतरण गर्‍यो ।’ जहाजलाई ओभरसुट गराएसँगै विमानस्थलमा स्याल धपाउने काम गरिएको उनले जानकारी दिए । यो विमानस्थल जंगली…
Read More
धनुषाको आश्रममा १३ जोडीको सामूहिक अन्तर्जातीय विवाह

धनुषाको आश्रममा १३ जोडीको सामूहिक अन्तर्जातीय विवाह

१२ मंसिर, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका-२ स्थित सतलोक आश्रममा १३ जोडीको सामूहिक आदर्श तथा अन्तरजातीय विवाह सम्पन्न भएको छ । शन्त रामपाल महराजले स्थापना गरेको आश्रममा ५१०औं तीन दिवसीय दिव्य धर्म यज्ञको अवसरमा सोमबार १३ जोडीको सामूहिक विवाह गराइएको हो । असुर निकन्द रमेणी मन्त्रको उच्चारण गरी १७ मिनेटमा १३ जोडीको सामूहिक विवाह सम्पन्न गराइएको शन्त रामपालका अनुयायी इश्वरदत्त भट्टले जानकारी दिए । उनका अनुसार विवाह सम्पन्न हुने चार जोडी नेपाल र ९ जोडी भारतका छन् । असुर निकन्दन रमेणी मन्त्रको उच्चारण गरी १७ मिनेटमा सम्पन्न गरिने भएकाले यसलाई रमेणी विवाह पनि भनिन्छ । यो विवाह पूर्णतः आदर्श एवं…
Read More
उर्लाबारी आगलागी अपडेट : मृतकको संख्या ५ पुग्यो

उर्लाबारी आगलागी अपडेट : मृतकको संख्या ५ पुग्यो

१२ मंसिर, विराटनगर । मोरङको उर्लाबारीमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । २६ कात्तिकमा उर्लाबारी नगरपालिका ७ को सुनपसलमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको हो । आगो निभाउने क्रममा सिलिण्डर विस्फोट हुँदा चार प्रहरीसहित २८ जना घाइते भएका थिए । प्रहरीका अनुसार सोमबार राति उर्लाबारी नगरपालिका-७ का ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा मृत्यु भएको हो । काठमाडौं कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । योसँगै सो घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि उर्लाबारी ७ कै  ६८ वर्षीय…
Read More
सर्वोत्तम सिमेन्टको सेयरमा ‘कटअफ’ मूल्य ४०१ रुपैयाँ

सर्वोत्तम सिमेन्टको सेयरमा ‘कटअफ’ मूल्य ४०१ रुपैयाँ

११ मंसिर, काठमाडौं । संस्थागत लगानीकर्तालाई सर्वोत्तम सिमेन्टको प्राथमिक सेयरमा ‘कटअफ’ मूल्य ४०१ रुपैयाँ कायम भएको छ । बुक बिल्डिङ विधिमार्फत पहिलो पटक खुलेको सर्वोत्तमको सेयर संस्थाहरुलाई बाँडफाँटका क्रममा कटअफ मूल्य ४०१ रुपैयाँ कायम भएको हो । नेप्से स्रोतका अनुसार कम्पनीको मूल्यमा न्यूनतम ४०१ रुपैयाँदेखि अधिकतम ४०६ रुपैयाँसम्मको मूल्यमा सेयर माग गर्दै संस्थाहरुले आवेदन दिएका थिए । कुल ४१ वटा संस्थाले ३६ लाख बढी कित्ता सेयर माग गरेका थिए । संस्थाहरुलाई कटअफ मूल्य ४०१ रुपैयाँ कायम भएसँगै सर्वसाधारणलाई कम्पनीको मूल्य प्रतिकित्ता ३६१ रुपैयाँ पर्ने भएको छ । बुकबिल्डिङ निर्देशिकाअनुसार संस्थालाई ‘कटअफ’ मूल्य निर्धारण भइसकेपछि सोको १० प्रतिशत मूल्य घटाएर मात्रै सर्वसाधारणलाई…
Read More
ब्रिटिश गोर्खा भूतपूर्व सैनिकलाई भेदभाव मानवअधिकार विपरीत

ब्रिटिश गोर्खा भूतपूर्व सैनिकलाई भेदभाव मानवअधिकार विपरीत

११ मंसिर, काठमाडाैँ ।  पहिलो र दोस्रो विश्वयुद्धमा कम्तीमा पनि दुई लाख गोर्खा ब्रिगेडका जवानले त्याग र बलिदान गरेका छन्, जसको मागलाई ब्रिटेन सरकारले निषेध गर्न सक्ने नैतिक धरातलसम्म पनि देखिन्न। ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठनले गोर्खा भूतपूर्व सैनिकहरूको सेवा-सुविधा ब्रिटिश सेना समान हुनुपर्छ भनी उठाएका १३ बुँदे माग जायज छन्, त्यसलाई ब्रिटिश सरकारले सम्बोधन गर्नैपर्छ। सम्बोधन गरिनुपर्ने केही ऐतिहासिक, कानुनी र मानवीय नैतिक दायित्व रहेका छन्। इतिहासमा गोर्खा भर्ती केन्द्रको सुरुवात इष्ट-इण्डियामा अंग्रेज साम्राज्यवादको प्रत्यक्ष उपनिवेशकालमा नेपालसँग असमान सन्धि–सम्झौताको बलमा सुरु गरिएको थियो। संयुक्त राष्ट्रसंघको गठनपश्चात् प्रत्यक्ष उपनिवेशहरू समाप्त गरिएको छ। अंग्रेज स्वयं इष्ट-इण्डिया छोडेर फर्किसकेको छ। त्यस स्थितिमा…
Read More
Page 3 of 40
1 2 3 4 5 … 40
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.