Uncategorized

उच्च शिक्षाका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने आर्थिक बहाव’ रोक्नुपर्छ : प्रधानमन्त्री

उच्च शिक्षाका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने आर्थिक बहाव’ रोक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका छन् । भारतीय विश्वविद्यालय सङ्घ (एआइयु)–उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोतहरु स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा उनले भने–‘शिक्षाका लागि नेपालजस्ता मुलुकबाट ठूलो आर्थिक बहाव हुने गरेको छ । यो प्रवृत्ति अब उल्टो हुनुपर्छ । हामीले विश्वव्यापी रूपमा अवसर खोज्नेहरुका लागि अनुकूल हुने वातावरण सिर्जना गर्नुपर्छ ।’ उनले उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण बारेमा पुनः मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औंल्याए । विश्वव्यापी शक्तिहरुले ल्याएका चुनौतिहरुसँग शैक्षिक…
Read More
दुर्गा प्रसाईंसँग वार्ता गर्दै राप्रपा

दुर्गा प्रसाईंसँग वार्ता गर्दै राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानका नाममा कार्यक्रम गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको टोलीसँग संवाद गर्न वार्ता समिति बनाएको छ। प्रसाईले आजमात्रै काठमाडौंमा आफ्नो शक्ति प्रदर्शन गरेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले प्रसाईंसँग संवादका लागि उपाध्यक्ष हेमजङ्ग गुरूङ र महामन्त्री धवलशमशेर राणा रहेको वार्ता समिति गठन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। श्रेष्ठले प्रसाईं पक्षबाट पनि वार्ता टोली बनेपछि औपचारिक रूपमा छलफल अघि बढ्ने बताए । प्रसाईंले भृकुटीमण्डपमा कार्यक्रम गर्नुअघि मंगलबार भक्तपुरस्थित एक रिसोर्टमा राप्रपा महामन्त्री राणालगायतसँग कुराकानी पनि गरेका थिए। प्रसाईंले सोमबार अध्यक्ष लिङ्देनसँग भक्तपुरस्थित सोही रिसोर्टमा भेटेका…
Read More
नेपाल र चिनियाँ युवा टोलीबिच मैत्रीपूर्ण खेल आज

नेपाल र चिनियाँ युवा टोलीबिच मैत्रीपूर्ण खेल आज

काठमाडौँ । नेपालको युवा फुटबल टोली र नेपाल भ्रमणमा आएको चीनको चिङ्घाई फुटबल क्लबको युवा टोलीबिच शनिबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल हुँदै छ । खेल नेपाली समय अनुसार, दिउँसो ३ः०० बजे सुरु हुनेछ । प्रतियोगिता चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आयोजना हुन लागेको हो । प्रतियोगिताको आयोजकमा नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद्(राखेप) र नेपाल पर्यटन बोर्ड रहेका छन् । प्रतियोगिताको सह–आयोजकमा भने एन्फा र नेपाल ओभरसिज चिनियाँ सङ्घ रहेका छन् । मैत्रीपूर्ण खेलअघि आयोजना गरिने उद्घाटन समारोह पनि विशेष हुने बताइएको छ । पहिलो हाफको खेल सकिएपछि पनि चिनियाँ कलाकारले स्थानीय संस्कृति झल्कने विशेष प्रस्तुति दिनेछन् । मैत्रीपूर्ण खेलमा सहभागी…
Read More
पाकिस्तान निर्वाचन : शरिफमाथि इमरान खान भारी

पाकिस्तान निर्वाचन : शरिफमाथि इमरान खान भारी

इस्लामावाद । पाकिस्तानमा बिहीबार भएको मतगणनाको नतिजा सार्वजनिक भएको छ । बिहीबार भएको मतदानमा देशव्यापी आम निर्वाचन र ४ राज्यमा विधान सभाको चुनाव भएको थियो । चुनावी परिणामले खण्डित जनादेश देखाएको छ । डनका अनुसार ५७ सिटमा पूर्व क्रिकेटर तथा प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इंसाफ (पीटीआई) समर्थित निर्दलीय उम्मेदवारले जितेका छन् । जसमा तेहरिक–ए–इन्साफका अध्यक्ष ब्यारिस्टर गौहर अली खान, वरिष्ठ उपाध्यक्ष लतिफ खोसा, पूर्व राष्ट्रियसभा अध्यक्ष असद कैसर र पार्टी सदस्य अली अमीन गंडापुर पनि छन् । यसबाहेक, तेहरिक–ए–इन्साफले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरूले खैबर पख्तुनख्वा विधान सभामा ठुलो बहुमत पाएका छन् । पन्जाब विधान सभामा समेत स्वतन्त्र उम्मेदवारहरूले नवाज…
Read More
बीआरआईको ऋणलाई अनुदानमा परिणत गर्न पोखरामा प्रदर्शन

बीआरआईको ऋणलाई अनुदानमा परिणत गर्न पोखरामा प्रदर्शन

पाेखरा । चीनको विरोधमा पोखरामा प्रदर्शन गरिएको छ। चिनियाँ महत्त्वाकाङ्क्षी रूपमा रहेको आर्थिक सहयोग बीआरआई परियोजना मुलुकको लागी ऋण जाल भएको भन्दै पोखरामा प्रदर्शन गरिएको हो। राष्ट्रिय एकता अभियान, पोखराले ऋणमुक्त र स्वाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि सचेतना र्‍याली निकाल्दै प्रदर्शन गरेको छ। अभियानका केन्द्रीय सदस्य ईश्वर लामाको नेतृत्वमा गरिएको विरोध प्रदर्शनमा पोखरा विमानस्थललाई ऋण जालबाट मुक्त गर,विमानस्थल पूर्ण रूपले सञ्चालन गर,राष्ट्रिय स्वाधीनताको रक्षा गर, बीआरआई ऋणलाई अनुदानमा परिणत गर जस्ता नारा लगाइएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चिनियाँ ऋण अनुदानमा परिणत गरियोस् भन्दै मुख्य माग सहित निकालिएको र्‍याली पोखराको सभागृह अगाडिबाट सुरु भई नगर परिक्रमा गरी पृथ्वी चौक मा…
Read More
आज स्वदेश फर्किँदै भारतीय विदेशमन्त्री जयशंकर

आज स्वदेश फर्किँदै भारतीय विदेशमन्त्री जयशंकर

काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकर नेपालको दुईदिने भ्रमण सकेर आज स्वदेश फर्किँदै छन् । उनी दिउँसो साढे १२ बजे स्वदेश फर्किने छन्। स्वदेश फर्किनुअघि उनले आज बिहान पशुपतिनाथको दर्शन गर्ने छन्। बिहान सोढ ९ बजे त्रिवि पुस्ताकालय पुग्ने र भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल–भारत संयुक्त बैठकका लागि जययशंकर बिहीबार काठमाडौं आएका थिए । उनले विभिन्न राजनीतिक शीर्ष दलका नेतासँग भेटवर्ता गरेका थिए ।
Read More
पूर्वाधार विकासकाे धमाधाम काम भइरहेकाे छ : कार्यबाहक वडा अध्यक्ष महर्जन

पूर्वाधार विकासकाे धमाधाम काम भइरहेकाे छ : कार्यबाहक वडा अध्यक्ष महर्जन

बागमती प्रदेश काठमाडाैं जिल्लामा अवस्थित काठमाडाैं महानगरपालिका वडा नं. १६ का कार्यबाहक वडा अध्यक्ष पुष्प महर्जन स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमतका साथ निर्वाचित हुनु भएकाे हाे । कार्यबाहक वडा अध्यक्ष महर्जन वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका कार्यमा खटिरहनु भएकाे छ । महर्जन नविन ऊर्जाका साथ वडाको जिम्मेवारी सम्हालिरहेका छन् । स्थानीय तह निर्वाचन नेपालमा संघीयताको प्रयास हाे । संघीयताको एउटा मोडालिटीमा मुलुक गइसकेको छ। यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन भइसकेकाे छ । गाउँ-गाउँमा सिंहदरबारको नाराले वडाकाे मुहार व्यापक रूपमा फेरिएको छ । अघिल्लो पटकभन्दा यस पटक वडाको अधिकांश टाेलमा विकास निर्माणका कामहरू धमाधम…
Read More
भूकम्प प्रभावितलाई ५० हजार एकमुस्ट दिन सकिंदैन : गृहमन्त्री श्रेष्ठ

भूकम्प प्रभावितलाई ५० हजार एकमुस्ट दिन सकिंदैन : गृहमन्त्री श्रेष्ठ

१४ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दुई किस्तामै दिइने बताएका छन् । बिहीबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले एकमुस्ट दिन माग भए पनि त्यो सम्भव नभएको बताएका हुन् । उनले दुई किस्तामा दिइने, तर एक दिनको फरकमा समेत पाउन सक्ने जिकिर गरे । उनका अनुसार पहिलो किस्ता बिना बैंक खाता नगदै पनि प्राप्त गर्न सक्छन् । दोस्रो किस्ता प्राप्त गर्न भने दुई वटा शर्त छन् । पहिलो : कहाँ घर बनाउने हो त्यसको तयारी कुनै न कुनै रुपमा अगाडि बढेको देखाउनुपर्ने…
Read More
ललितपुरको लुभुमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु

ललितपुरको लुभुमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु

१४ मंसिर, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका-६ लुभु सानागाउँमा नम्बर नखुलेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । नम्बर नखुलेको गाडीले बा.२९ प ९४८५ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको प्रहरीलेजनाएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक महालक्ष्मी-८ लुभु घर भएका  ४३ वर्षीय दिनेश श्रेष्ठ र उनकी श्रीमती ३७ वर्षीया संगिता श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कृष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न शंकास्पद गाडीलाई लुभुस्थित खेतबाट प्रहरीले नियन्त्रणमा लिएको छ । हाल फरार गाडी चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Read More
बागमतीलाई हराउँदै आर्मी टी-२० क्रिकेटको फाइनलमा

बागमतीलाई हराउँदै आर्मी टी-२० क्रिकेटको फाइनलमा

१४ मंसिर, पोखरा । त्रिभुवन आर्मी क्लब पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा भएको खेलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै आर्मीले फाइनलमा स्थान पक्का गरेको हो । जितका लागि पाएको १२८ रनको लक्ष्य आर्मीले खेल सकिन ३० बल बाँकी छँदा नै भेट्टायो । आर्मीलाई जिताउन भीम सार्कीले ३९ तथा कुशल मल्लले २७ रन बनाए । यस्तै कप्तान विनोद भण्डारी २५ रनमा आउट भए । पहिला ब्याटिङ गरेको बागमतीले प्रतिक श्रेष्ठको अर्धशतक मद्दतमा १२७ रन बनाएको थियो । आर्मीका सहाब आलमले ४ तथा सोमपाल कामीले २ विकेट लिए ।
Read More
Page 2 of 40
1 2 3 4 … 40
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.