Uncategorized

बढ्यो सुन चाँदीको मूल्य

बढ्यो सुन चाँदीको मूल्य

१० मंसिर, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । आजका लागि छापावल सुनको मूल्य एक लाख १६ हजार ९ सय, तेजावी सुनको मूल्य एक लाख १६ हजार ३५० र चाँदीको मूल्य एक हजार ४८५ रुपैयाँ कायम भएको छ । शुक्रबार एक लाख १६ हजार ३ सय रुपैयाँमा छापावल सुन, एक लाख १५ हजार ७५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै शुक्रबार एक हजार ४ ५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
Read More
आम जनता पार्टी स्थायी समिति बैठक सोमबार

आम जनता पार्टी स्थायी समिति बैठक सोमबार

१० मङ्सिर, काठमाडौँ । आम जनता पार्टीको स्थायी समिति बैठक भोलि सोमबार बिहान ११ बजे बस्ने भएको छ । पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बस्न लागेको बैठकमा देशको समग्र राजनीति, आर्थिक र समाजिक क्षेत्रमा देखिएका अन्योलका विषयमा गहन छलफल र समीक्षा हुने केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाले बताउनुभयो । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्ने बैठकले पार्टीको आगामी रणनीतिसहितको आधिकारिक र ठोस धारणा सार्वजनिक गर्ने उहाँले जानकारी दिनुभयो । उक्त पार्टीको सङ्घीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व छ ।
Read More
चीनद्वारा चन्द्रमामा हतियार परीक्षण

चीनद्वारा चन्द्रमामा हतियार परीक्षण

एजेन्सी । गत वर्ष एकसाथ चन्द्रमाको सतहमा दुई वटा नयाँ खाडल देखिए । ती खाडलहरु चिनियाँ रकेटको ठक्करबाट बनेका हुन् । Chang’e 5-T1 मिसनमा प्रयोग गरिएको रकेटको माथिल्लो हिस्सा चन्द्रमाको सतहमा ठक्कर खाँदा ती खाडल बनेको अनुमान गरिएको छ । तर, त्यसरी ठक्कर खाँदा एउटा मात्रै खाडल बन्नुपर्नेमा दुई वटा खाडल बने । त्यसैले चीनले उक्त रकेटमा कुनै अज्ञात हतियार परीक्षणका लागि चन्द्रमामा पठाएको र सोही हतियारको परीक्षणका क्रममा सतहमा खाडल बनेको अनुमानसमेत गरिएको छ । घटना गत वर्षको हो । अमेरिकाको एलआरओ अर्थात् लूनर रिकन्सेन्स अर्बिटरले चन्द्रमाको तस्वीर पठायो। त्यसमा दुईवटा नयाF खाडल एकसाथ देखिएका थिए । आमरुपमा चन्द्रमाको…
Read More
दुर्गा प्रसाईंको कार्यक्रमस्थलमा दुई पक्षबीच ढुंगा हानाहान

दुर्गा प्रसाईंको कार्यक्रमस्थलमा दुई पक्षबीच ढुंगा हानाहान

७ मंसिर, काठमाडाैँ ।  बल्खुमा दुर्गा प्रसाईंको कार्यक्रमस्थलमा दुई पक्षबीच ढुंगा हानाहान भएको छ। बिहीबार मध्यान्हमा बल्खु पुगेका युवा संघ कार्यकर्ता र प्रसाईं पक्षबीच ढुंगा हानाहान भएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खुमा कार्यक्रम गर्न प्रसाई पक्षलाई दिएको थियो। युवा संघलाई भने तीनकुनेमा दिएको छ। यसैबीच युवा स‌ंघका कार्यकर्ताहरू बल्खु पुगेपछि झडप भएको हो।
Read More
साम अल्टमन ओपन एआईमै फिर्ता

साम अल्टमन ओपन एआईमै फिर्ता

६ असार, काठमाडौं । एक हप्ता लामो विवादपछि साम अल्टमन च्याट जिपिटीको माउ संस्था ओपन एआईमै फर्किएका छन् । ओपन एआईले एक विज्ञप्ति जारी गर्दै अल्टमन प्रमुख कार्यकारी अधिकृत सीईओकै रुपमा कम्पनीमा फर्कन लागेको बताएको छ । ब्रेट टेलर र लैरी समरसँगै साम पनि कम्पनीको बोर्ड सदस्य हुने छन् । यसअघि कम्पनीले सामलाई पदबाट हटाएको थियो । त्यसपछि उनी माइक्रोसफ्टमा आवद्ध भएका थिए । तर फेरि अहिले ओपन एआईमै फर्किएका हुन् । सामले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारी अनुसार उनी माइक्रोसफ्टका सीईओ सत्या नडेलासँगकै सहमतिमा ओपन एआईमा फर्किएको स्पष्ट पारेका छन् । उनले लेखेका छन्, ‘मलाई ओपन एआईको माया छ,…
Read More
भरतपुरमा बोरामा बाँधेर खोलामा फालिएको अवस्थामा महिला र पुरूषको शव फेला

भरतपुरमा बोरामा बाँधेर खोलामा फालिएको अवस्थामा महिला र पुरूषको शव फेला

चितवन — बोरामा बाँधेर खोलामा फालेको अवस्थामा बुधबार भरतपुरमा महिला र पुरूषको शव फेला परेको छ । भरतपुर महानगरपालिका-१२, पूर्वपश्चिम महेन्द्र राजमार्गको मिलन चोक नजिक पुल तल दिउँसो १ बजे तिर बोरामा २ वटा शव भटिएको खबर स्थानीयले प्रहरीलाई गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले बताए । जुटको बोराभित्र भेटिएकोको शव अन्दाजी ३० वर्षका महिला र पुरूषको रहेको डीएसपी पण्डितको भनाइ छ । शवको प्रकृति हेर्दा चार-पाँच दिनअघि घटना भएको हुनसक्ने देखिएको उनले बताए । शवको सनाखत भइनसकेको पनि उनले जानकारी दिए । खोलामा माछा मार्दै गरेका स्थानीयले गन्ध आएपछि खोज्ने क्रममा बोराभित्र शव भेटिएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी पण्डितले…
Read More
धार्मिक पर्यटक भित्र्याउन मनकामनामा त्रिवेणी मेला

धार्मिक पर्यटक भित्र्याउन मनकामनामा त्रिवेणी मेला

६ मङ्सिर,गोरखा। धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित गोरखाको सहिद लखन गाउँपालिका–३, मनकामनामा रहेको त्रिवेणी भगवतीको मन्दिर परिसरमा आज साँझदेखि त्रिवेणी मेला लाग्ने भएको छ । हरिबोधनी एकादशी(ठूलो एकादशी) पर्वको अवसरमा मन्दिर परिसरमा त्रिवेणी मेला आयोजना हुँदै आएको छ । स्थानीय कालिका युवा क्लबको आयोजनामा आज साँभmदेखि भोलि (बिहीबार) बिहानसम्म मेलाआयोजना गरिने क्लबका अध्यक्ष बाबु गुरुङले जानकारी दिनुभयो । स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको त्रिवेणी भगवतीको प्रचारप्रसारका लागि मेलाले सहयोग पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो । मेलामा विविध सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको अध्यक्ष गुरुङको भनाइ थियो । मेलामा चर्चित लोकदोहोरी गायक पृथ्वी गुरुङ, श्याम राना, सुजन गुरुङ चर्चित लोक तथा…
Read More
पाकिस्तानको त्यो सडक, जुन विश्वको आठौं आश्चर्य हो

पाकिस्तानको त्यो सडक, जुन विश्वको आठौं आश्चर्य हो

५ मंसिर, काठमाडाैँ । तेह्रसय किलोमिटर लामो काराकोरम राजमार्ग पृथ्वीमा रहेको आश्चर्यजनक पहाडी चट्टानको बीचबाट गुज्रिन्छ । यो कुनै सपनाको मार्ग जस्तै प्रतित हुन्छ, जसका बारेमा कममात्रै मानिसलाई थाहा छ । प्रायः यसलाई विश्वको आठौं आश्चर्य पनि भनिन्छ । यो पहाडी सडकमा यात्रा गर्ने क्रममा तीव्र गतिको हावा गाडीको झ्यालबाट छिरिरहेको थियो । गर्मीको मौसमका बाबजूत सात हजार मिटर अग्ला चुचुराहरुमा बरफ चम्किरहेको थियो र हिमनदी पग्लिएर झरनाको रुपमा पानी बग्दै हुन्जा उपत्यका हुँदै बग्ने नदीमा खसेको थियो । यो उपत्यकालाई बेलायती उपन्यासकार जेम्स हिल्टनले सांग्रिलाको उपमा दिएका छन् । कुनै जमानामा काराकोरम राजमार्ग पनि रेशम मार्गको हिस्साको रुपमा थियो…
Read More
झण्डै २ किलो कोकिनसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

झण्डै २ किलो कोकिनसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

५ मंसिर, काठमाडौं । प्रहरीले झण्डै दुई किलो अवैध लागु औषध कोकिनसहित एक भारतीय नागरिकलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । १ किलो ९७३ ग्राम कोकिनसहित दोहाबाट आएकी भारतीय राहदानी बाहक ३२ वर्षकी किमरोसांगीलाई सोमबार राति पौने १२ बजे पक्राउ गरेको प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ । हिमालय एयरलाइन्सको उडानबाट काठमाडौं अवतरण गरेकी उनको लगेज खानतलासी गर्दा सुटकेसको माथिल्लो भागमा फल्स बटम बनाई प्लास्टिकको प्याकेटमा कोकिन लुकाएको भेटिएको थियो । उनलाई लागूऔषधसम्बन्धी मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए ।
Read More
‘पशुपति प्रसाद ३’ निर्माण गरिने

‘पशुपति प्रसाद ३’ निर्माण गरिने

३ मङ्सिर,काठमाडौँ । पशुपति प्रसाद’को तेस्रो शृङ्खला निर्माण हुने भएको छ । ‘पशुपति प्रसाद २ ः भष्मे डन’पछि निर्माण कम्पनी टुकी आर्ट्सले यसको तेस्रो शृङ्खला ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरेको हो । निर्देशक दीपेन्द्रकुमार खनालले अपूरा कथा र छाडिएका पात्रलाई पूरा गर्न नयाँ शृङ्खला घोषणा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी अहिले नै चलचित्र बनाउने मनस्थितिमा थिएनौँ । यद्यपि दोस्रो शृङ्खलाले उब्जाएका प्रश्नलाई सम्बोधन गर्न पनि घोषणा गरेका हौँ । यो आउँदो वर्ष नै प्रदर्शनमा आउँछ ।” लेखक खगेन्द्र लामिछानेले तेस्रो शृङखला शीर्ष भूमिका निर्वाह गर्दै हुनुहुन्छ । “कथा लेखन र अभिनयमा मात्र म व्यस्त छु । दोस्रो शृङ्खलाको…
Read More
Page 4 of 40
1 2 3 4 5 6 … 40
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.